4.6 सहभागितामुलक योजना र विकास
- श्रीधर गौतम, नयाँ पत्रिका
सहभागितामूलक विकासबारे चर्चा गर्दै नेपालको विकासमा जनसहभागिताको महत्व उजागर गर्नुहोस् । ४+६=१०
सहभागितामूलक विकास एक चर्चा :
विकासका लागि योजनाको पहिचान, तर्जुमादेखि विकासको प्रतिफल वितरणसम्मका हरेक चरणमा लाभग्राही नागरिक र समुदायको निर्णायक सहभागिता रहने विकास सहभागितामूलक विकास हो ।
सन् १९७० को दशकदेखि विश्वस्तरमा सुरु भएको यस अवधारणाले प्रजातान्त्रिक विकास र समावेशी विकासको लहरसँगै थप महत्व पाएको छ । नेपालमा प्रजातन्त्रको स्थापनासँगै सुरु भएको यस अवधारणाले विकेन्द्रीकरण, स्थानीय स्वायत्त शासन र संघीयतासहितको संवैधानिक प्रावधानसँगै व्यापकता पाउँदै गएको छ ।
उदाहरणका लागि नेपालमा उपभोक्ता समितिमार्फत हुँदै आएको ६० लाखसम्मको विकास निर्माणका गतिविधिलाई लिन सकिन्छ ।
समग्रतामा सहभागितामूलक विकासअन्तर्गत,
- विकास क्रियाकलापमा जनस्वामित्व र सहमति स्थापित गर्ने,
- मागमा आधारित दिगो, भरपर्दो र नागरिकमैत्री विकास,
- विकास आवश्यकता पहिचान, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन, प्रतिफलको समान वितरण र दिगोपना सुनिश्चितताका लागि निरन्तर मर्मत–सम्भारसम्मका हरेक चरणमा सरोकारवाला सबैको निर्णायक सहभागिता नागरिकका छनोटका योजना परियोजनामा सरकारको सहभागिता र सहजीकरण हुने गरी सहभागितामूलक विकास प्रक्रियालाई पूर्ण रूपमा नागरिक केन्द्रित गर्नुपर्ने नवीन अवधारणा हाल अगाडि आएको छ ।
नेपालको विकासमा जनसहभागिताको महत्व
- विकासको लोकतान्त्रीकरण गर्ने माध्यम विकासमा जनसहभागिता हो । स्थानीय नागरिक स्वयं आफ्ना समस्या पहिचान गर्दै विकासलाई छिटो, टिकाउ र कम खर्चिलो बनाउन यसको अहम् भूमिका रहन्छ । विकासमा जनसहभागिताको महत्वलाई देहायका बुदाँबाट थप प्रस्ट पार्न सकिन्छ :
- विकासलाई जनताको अधिकारका रूपमा स्थापित गराउने democratization या development को प्रक्रिया,
- विकासका हरेक क्रियाकलापलाई वैधता प्रदान गर्न,
- Citizen ownership को भावना जागृत गराउन,
- समाजका सीमान्तकृत वर्ग र समुदायलाई विकासमा mainstreaming गर्दै सामाजिक न्याय र समावेशी समाज निर्माण गर्न,
- नागरिकको संलग्नताबाट राज्यप्रति हुने परनिर्भरता कम गर्न,
- विकासका क्रममा देखिने ढिलासुस्ती र विवाद न्यूनीकरण गर्न,
- विकास गतिविधिमा पारदर्शिता प्रवद्र्धन गर्न,
- विकास कार्यहरूको निरन्तर मर्मत–सम्भार र संरक्षणमार्फत दिगोपना सुनिश्चित गर्न,
यसैगरी, सहभागितामूलक विकासले एक साथ मुलुकका हजारौँ स्थानमा विकास गतिविधि सञ्चालन गर्न सकिन्छ । उदाहरणका लागि उपभोक्ता समितिहरू गठन गरी प्रत्येक गाउँपालिका र नगरपालिकामा मात्र एउटा विकासको काम गर्न सकेमा पनि एक साथमा ७५३ विकास आयोजना निर्माण सम्भव हुन्छ ।
दूरदराजका बस्तीमा समेत सरकारको उपस्थिति देखिन्छ । सरकारी लामो प्रक्रियाका कारण विकासमा हुने ढिलासुस्तीको स्थिति हटाउँछ । नागरिकहरूको साझा संलग्नता रहने हुँदा भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सकिन्छ । नागरिकबीच विश्वास बढाएर समुदायका सदस्यबीच सहकार्यको संस्कति विकास गराउँछ । स्रोत–साधनको उच्चतम उपयोग हुने र विकास गतिविधि सञ्चालनमा आइपर्ने जटिलतामा सहमति खोज्न सहज हुन्छ ।
निष्कर्ष
सरोकारवाला नागरिकलाई विज्ञ ठानी उनीहरूको ष्लष्तष्बतष्यल बलम ष्लखयखिझभलत मा विकास गर्ने–गराउने यो एक आदर्श तरिका हो । यस सम्बन्धमा सुनौला नीतिगत र कानुनी व्यवस्था रहे पनि व्यवहार अपेक्षित हुन सकेको पाइँदैन । विकासलाई सर्वस्वीकार्य, समपहुँच र समन्यायिक बनाउने निर्विकल्प उपायका रूपमा रहेको यस किसिमको विकासलाई नियमन चुस्त बनाउँदै अगाडि बढ्न सकेमा मुलुकको विकासले निकट भविष्यमै काँचुली फेर्नेमा ढुक्क हुन सकिन्छ ।