3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
✍ गजेन्द्र प्रसाद यादव, prasashan.com
विषय प्रवेश:
सार्वजनिक नीतिको क्षेत्रमा प्राय जसो तथ्यको प्रयोग गरेको पाइन्छ । वस्तुगत एवं प्रमाणका आधारमा गरिने नीति निर्णय नै तथ्यमा आधारित नीति हो । तथ्यमा आधारित अभ्यास (इभिडेन्स बेस्ड प्राक्टिस) बाट तथ्यमा आधारित नीति तिर प्रस्थान गरेको देखिन्छ । तथ्यमा आधारित नीतिको महत्त्वपूर्ण उपागमको रूपमा असल तथ्याङ्क, विश्लेषणात्मक क्षमता र वैज्ञानिक सूचनाको प्रयोगमा राजनीतिक सहयोगलाई लिन सकिन्छ ।
तथ्यमा आधारित सार्वजनिक नीति चौधौँ शताब्दीमा प्रयोगमा आएको देखिन्छ । तत्पश्चात सन् १९९६मा सर एड्रियन फ्रेडरिक एम. स्मिथले रोयल स्टाटिक सोसाइटीमा राष्ट्रपतिलाई सम्बोधन गर्दै नीति निर्माण प्रक्रिया र तथ्यमा आधारित नीतिको लागि प्रश्न गरेका थिए तर यसको लोकप्रियता भने संयुक्त अधिराज्यका टोनी ब्लेयरको सरकारले बढाएको देखिन्छ । उक्त सरकारले विचारधाराको आधारमा नीति निर्माण गर्ने निर्णयलाई अन्त गर्न चाहन्थे । तत्कालीन बेलायत सरकारले सन् १९९९मा एउटा स्वेत-पत्र जारी गर्दै सरकारको आधुनिकीकरणको अभियान नै चलाए जस अनुसार सरकारले त्यस्ता नीति निर्माण गर्नु पर्छ जो भविष्य उन्मुख, वास्तविक समस्या समाधान गर्न सक्ने हुनु पर्दछ जसको लागि उनले नीति दबाबको आधारमा नभई तथ्यको आधारमा निर्मित होस् अर्थात् नीतिले लक्षणलाई नभई कारणमा जोड गर्नु पर्छ भने थियो । हालैमा तथ्यमा आधारित नीति तर्जुमा भन्दा तथ्य द्वारा सूचित/निर्देशित शब्दको प्रयोग बढेको पाइन्छ ।
परिचय:
अपेक्षित सामाजिक रूपान्तरणका लागि सरकारले आफ्ना राजनीतिक, व्यवस्थापकीय एवं विकास सँग सम्बन्धित दृष्टिकोणलाई कार्यान्वयन गर्न बनाइने उद्देश्यमूलक, कार्यपरक वैधानिक औजार नै सार्वजनिक नीति हो ।
सार्वजनिक सरोकारका ममिला सम्बोधन गर्न बनाइएको राजनीतिक एवम् प्राविधिक दस्ताबेज नै सार्वजनिक नीति हो| तथ्य, प्रमाण, तथ्याङ्क, सूचना, खोज, अनुसन्धान, प्रयोग एवं सान्दर्भिक परिस्थितिको आधारमा तयार पारिएको औजार जसले सार्वजनिक चरित्रको कुनै मामिलालाई सम्बोधन गर्न सक्ने हुन्छ त्यो नै तथ्यमा आधारित सार्वजनिक नीति हो ।
नीतिको उपागम जसले नीति, कार्यक्रम तथा परियोजना सम्बन्धमा अनुसन्धानको तथ्य एवम् प्रमाणको आधारमा निर्णय निर्माणमा सहयोग गर्छ, त्यो नै तथ्यमा आधारित नीति हो ।
नीति प्रकार
विचारमा आधारित नीति : सार्वजनिक चरित्रको कुनै सवाललाई कसैको विचार तथा दृष्टिकोणमा आधारित भएर सम्बोधन गर्ने गरी बनाइएको नीति विचारमा आधारित नीति हो । यसमा व्यक्तिको व्यक्तिगत धारणा र मूल्यको प्रभाव रहन्छ ।
तथ्यमा आधारित नीति :सार्वजनिक चरित्रको कुनै सवाललाई तथ्य र प्रमाणित अनुभवको आधारमा सम्बोधन हुने गरी बनाइएको नीतिलाई तथ्यमा आधारित नीति भनिन्छ । यसमा अनुसन्धानबाट प्राप्त नतिजालाई नीति निर्माणको आधारको रूपमा लिइन्छ । यसलाई वैज्ञानिक उपागमको रूपमा पनि चिनिन्छ ।
सार्वजनिक नीतिको संरचना
सार्वजनिक नीतिले समेट्ने विषय वस्तु नै यसको संरचना हुन् जसलाई यस प्रकार उल्लेख गरिएको छ ।
तथ्यमा आधारित नीति किन ? आवश्यकता र महत्त्व
सार्वजनिक नीतिले जनताको आकंक्षा पुरा गर्न सक्ने हुनु पर्दछ तर कहिले काहीँ नीतिले आफ्नो उद्देश्य प्राप्त गर्न असमर्थ हुन्छ, आर्थात नीतिले अपेक्षित उपलब्धी दिन सक्दैन त्यसैले सोबाट बच्न नीति बनाउँदा प्रमाण एवं तथ्यलाई आधार लिई तर्जुमा गर्यौ भने त्यसको सार्थकता प्राप्त हुने हुँदा प्रमाणमा आधारित नीतिको महत्त्व रहन्छ जसलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ।
राजनीतिक उद्देश्य प्राप्त गर्न,
नीतिको वातावरण बुझ्न तथा परीक्षण गर्न,
नीति विकल्पहरूको लेखाजोखा गर्न,
तार्किक लिङ्क स्थापना गर्न,
वैधानिकता र मान्यता सुनिश्चित गर्न,
पारदर्शिता र उत्तरदायित्व कायम गर्न, आदि|
तथ्यमा आधारित नीतिका मुख्य सिद्धान्तहरू
तथ्यमा आधारित नीति निर्माण गर्दा नीतिमा प्रयोग गरिएका तथ्य एवम् प्रमाणहरू कस्तो हुनु पर्दछ ? जसले नीतिको प्रभावकारिता कायम गर्न सहयोग गर्छ, त्यसलाई नै यहाँ सिद्धान्तको रूपमा प्रस्तुत गरिएको छ ।
सान्दर्भिकता
स्वतन्त्रता
विश्वसनीयता
प्रोत्साहन
तथ्यमा आधारित नीति प्रमाणका स्रोतहरू
नीति निर्माण गर्दा प्रयोग गरिने प्रमाण वा तथ्य कहाँ बाट प्राप्त गर्न सकिन्छ त्यो नै यसका स्रोतहरू हुन् जुन यस प्रकार छन् ।
अध्ययन अनुसन्धानबाट निस्केका प्रमाण ,
परीक्षण र प्रयोगबाट देखिएका निष्कर्ष/प्रमाण,
प्रकाशित अनुसन्धान प्रतिवेदन ,
परिस्थितिजन्य प्रमाण,
साहित्यको पुनरावलोकन,
विज्ञको रायबाट प्राप्त ज्ञान,
सरोकारसित व्यक्ति वा समूहसँगको परामर्श निष्कर्ष ,
स्वतन्त्र नीति विश्लेषण गर्दा देखिएका परिणाम ,
वैज्ञानिक अध्ययनको निष्कर्ष,
सञ्चार जगतक अनुगमन रिपोर्टिङ्ग ,
तथ्यमा आधारित नीतिको मूल्याङ्कन गर्दा के के कुरामा ध्यान दिने त ?
तथ्यमा आधारित नीतिको मूल्याङ्कन गर्दा प्रस्तुत विषय सँग सम्बन्धित रहेर उत्तर खोज्नु पर्दछ |
• सफल नीतिको प्रभाव के हुने ?
• कार्यान्वयन भएन भने के हुन्छ ?
• प्रभावको मूल्याङ्कन ?
• नीतिको प्रत्यक्ष र अप्रत्यक्ष असर कसलाई ?
• नीतिलाई प्रभाव पार्ने तत्त्व जसले परिणाममा असर गर्छ त्यसलाई छुट्ट्याउनु पर्छ
• नीति तेस्रो पक्षबाट परीक्षण र अनुसरण गर्न सिफारिस गरिएको हुनु पर्छ ।
तथ्यमा आधारित नीतिका औजारहरू
नीति तर्जुमा गर्दा प्रयोग गरिने तथ्याङ्कहरूको विश्लेषण गरी प्रमाणको रूपमा प्रयोग हुन् बनाउने आवश्यक संयन्त्रहरू नै यसका औजारहरू हुन् जुन यस प्रकार रहेका छन् ।
• लाभ लागत विश्लेषण
• लजिकल ढाँचा
• परम्परागत आयोजना व्यवस्थापनका औजारहरू
• अन्य औजारहरू
तथ्यमा आधारित नीतिलाई कार्यन्वयनयोग्य बनाउने पूर्वशर्तहरु
निर्मित नीति तथ्य एवं प्रमाणमा आधारित भई कार्यान्वयन हुन निम्न विषयहरू अनिवार्य हुनु पर्दछ ।
• सम्बन्धित विषय वस्तु वा क्षेत्रमा उच्चस्तरको सूचना एवं जानकारी ,
• तथ्याङ्क विश्लेषण र नीति मूल्याङ्कनका सीप भएका पेशाकर्मीहरु /पेसागत विज्ञहरू,
• प्रमाणलाई निर्णय निर्माणमा सदुपयोग गर्नेलाई नीति प्रोत्साहन ,
• प्रमाणमा आधारित नीतिको लागि आवश्यक ज्ञान,
o राजनीतिक ज्ञान
o वैज्ञानिक ज्ञान
o व्यवसायिक तथा व्यवस्थापकीय ज्ञान
o सरोकारवाला तथा सेवाग्राहीको बारेमा ज्ञान
तथ्यमा आधारित नीति निर्णयका प्रक्रिया र चरणहरू
नीति निर्माण गर्दा अपनाइने प्रक्रियाहरू चरणबद्ध रूपमा अपनाउन सकिएन भने नीतिले वैधता प्राप्त नगर्ने तथा कतिपय अवस्थामा अपेक्षित उपलब्धि समेत दिन नसक्ने हुन्छ त्यसैले तल तालिकामा उल्लेखित चरणको अङ्गीकार गरी नीति तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन गरी तथ्यमा आधारित नीतिबाट लाभान्वित हुन सकिन्छ ।
तथ्यमा आधारित नीतिको कार्यान्वयन
सार्वजनिक नीतिलाई व्यवहारमा लागू गर्ने कार्य नै नीति कार्यान्वयन हो । तर्जुमा गरिएको नीति लाई तथ्य वा प्रमाणको प्रयोगबाट कार्यव्यवहारमा रूपान्तरण गर्ने काम नै तथ्यमा आधारित नीति कार्यान्वयन हो । नीतिले अङ्गीकार गरेको लक्ष्य, उद्देश्य एवं परिणाम प्राप्तिको लागि भइरहेको नीतिलाई प्रमाण एवं तथ्यको आधारमा कार्यमा लैजाँदा यसले वास्तविक प्रतिफल दिन सक्ने हुँदा हालैको दिनमा यसको प्रयोगले व्यापकता पाएको देखिन्छ ।
नीतिको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक तत्त्वहरू
नीतिको परिणाममुखी कार्यान्वयनको लागि यसले केही पूर्वशर्तहरु खोजेको हुन्छ जसलाई यहाँ आवश्यक तत्त्वको रूपमा प्रस्तुत गरिएको छ ।
• नीतिको लक्ष्य तथा उद्देश्य स्पष्ट हुनुपर्दछ ।
• जिम्मेवारी र उत्तरदायित्वको किटान गर्नुपर्दछ ।
• जोखिम मूल्याङ्कन गरी घटाउनु पर्दछ ।
• समझदारी निर्माण : राजनीतिक इछाश्क्ति र प्रतिबद्धता चाहिन्छ।
• कार्यान्वयन योग्य वातावरण : कार्यान्वयन आदेशमा एकरूपता, सञ्चार, जनसहभागिता, जनसमर्थन आवश्यक रहन्छ ।
• सक्षम कार्यान्वयन संयन्त्र : कानुन, कार्यविधि, सङ्गठन, कर्मचारी र स्रोतको व्यवस्था हुनु पर्दछ
• प्रभावकारी अनुगमन र मूल्याङ्कन संयन्त्र हुनु पर्दछ ।
• कार्यान्वयन योजना बनाउनु पर्दछ ।
• प्रोत्साहन प्रणाली
• साझेदारी
नीति कार्यान्वयनका चरणहरू
नीति कार्यान्वयन गर्दा आवश्यक शिलशिलेवर प्रक्रियाहरू नै यसका चरण हुन् जुन यस प्रकार छन् |
चरण १ कार्यान्वयन तयारीको परीक्षण
चरन २ क्षमता, इच्छा र स्रोतको प्राप्ति चरण
चरण ३ योजना र समन्वय चरण
चरण ४ नीति कार्यान्वयन
चरण ५ नीति कार्यान्वयन अनुगमन र गुणस्तर सुनिश्चित
नीति कार्यान्वयन अवरोधहरू
तर्जुमा गरिएको नीतिलाई परिणाममा रूपान्तरण गर्न आइ पर्ने बाधा वा रोकावट नै नीति कार्यान्वयनका अवरोधहरू हुन् । जसलाई निम्नानुसार राखिएको छ ।
क) संस्थागत अवरोधहरू
• नेतृत्व
• कानुन र क्षेत्राधिकार
• अधिकार र स्वायत्तता
• उत्तरदायित्व
ख) सामाजिक र संस्कृति अवरोधहरू
• स्वार्थ बाझिनु
• सामाजिक मूल्य मान्यताहरू
• सहभागितामूलक संस्कृति
• सूचना प्रवाहको संस्कृति
• उत्प्रेरणा र प्रतिबद्धता
ग) वित्तीय अवरोधहरू
• बजेट प्रणाली
• प्राथमिकता प्राप्त लगानी
• खर्च तथा लागत मापदण्ड
• सामूहिक योगदान
घ) प्रणालीगत अवरोधहरू
• रणनीतिक योजना
• कार्यसम्पादन व्यवस्थापन
• सेवा प्रवाह
• सूचना व्यवस्थापन
• अनुगमन र गुणस्तर व्यवस्थापन
उपशंहार :
सार्वजनिक चरित्रको कुनै सवालको सम्बन्धमा अपनाउनु पर्ने मुख्य-मुख्य प्रक्रिया सम्बन्धी सामान्य निर्देशन नै नीति हो । कुनै पनि मुलुकको शान्ति सुरक्षा र अमनचयन कायम गर्न राष्ट्र निर्माण अगाडि बढाउन तथा सार्वभौमसत्ता जोगाउन प्रमाण वा तथ्यको प्रयोग गरी बनाइएको नीति तथ्यमा आधारित नीति हुन् । नीति बनाएर मात्र हुँदैन त्यसको प्रयोगको औचित्य र उद्देश्य पूर्ति हुन् सक्ने हुनु पर्दछ। नीति वास्तविक समस्यालाई समाधान गर्न सक्ने बनाउन नीति तर्जुमा प्रक्रियामा तथ्याङ्क र प्रमाणको प्रयोग गरी व्यवहारिक नीति बनाउनु नै तथ्यमा आधारित नीति तर्जुमा हो । नीतिको व्यवहारिक कार्यान्वयन समेत तथ्यको आधारमा हुनु पर्ने कुराको वकालत विश्वका विकसित मुलुकले गरेको सन्दर्भमा यसमा प्रयोग हुने प्रमाण, तथ्य वा प्रतिवेदन सत्य र भरपर्दो हुन् आवश्यक छ । नीति निर्माण तथा कार्यान्वयनमा विचारको प्रभाव कम गर्दै तथ्याङ्क र प्रमाणको प्रभावलाई बलियो बनाउन सके नीतिले अङ्गीकार गरेको लक्ष्य, उद्देश्य र परिणाम प्राप्त गर्न सहज हुन्छ, त्यसैले नीतिको हरेक पक्षमा यसको प्रयोग बढाई जनउत्तरदायी नीति बनाउन तर्फ सबै तहको सकारात्मक सहयोगको अपेक्षा गरिएको हुन्छ ।