3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
✍ nijamatikhabar.com
सामान्य रुपमा सरकार अन्तर्गतका कर्मचारीहरुको सेवालाई निजामति सेवा भन्ने गरिन्छ । शव्दकोषिय अर्थमा यो राज्यको कर्मचारी हो । प्रशासकीय शव्दकोषले यसलाई सिमिति रुपमा परिभाषित गर्दै निजामति कर्मचारीलाई सरकार अन्तर्गत काम गर्ने व्यक्ति जसको नियुक्ती राजनैतिक संरक्षकत्वका आधारमा नभै योग्यताका आधारमा गरिएको हुन्छ । बेलायतले निजामति सेवाको परिभाषा अनुसार सरकारका तर्फबाट नागरिक हैसियतमा काम गर्ने कर्मचारी जसको
निश्चित कार्यअवधि र तलव हुन्छ, त्यो निजामति सेवा हो भनेको छ । बिभिन्न घटनाक्रमहरुले निजामति सेवालाई सरकारको व्यवसायीक , राजनैतिक मूल्य मान्यता, तटस्थता, व्यवस्थित र संस्थागत समयन्त्नका रुपमा स्थापित गर्न
प्रशस्त आधार दियो भने पछिल्ला दिनहरुमा राज्यको केन्द्रिय मुकाम देखि स्थानीय र राष्ट्रिय देखि अन्तराष्ट्रिय तहसम्म निजामति सेवा बिस्तारित भै सकेको छ ।
तसर्थ निजामति सेवा राज्यको ईच्छा निर्माणमा सरकारलाई सहयोग गर्ने र सरकारका तर्फबाट नागरिक सेवा प्रदान गर्ने व्यवस्थित संस्थागत समयन्त्न हो । राज्यको स्थापनापछि यो बिकल्प बिहिन साधनको रुपमा रहँदै आएको छ भने
'लोकतन्त्, मानवअधिकार, उदारबाद पछि यसको स्वरुप र संरचनामा केही परिवर्तन हुने क्रम पनि अघिबढेको छ । वास्तवमा Civil Service भनेको सरकारलाई सार्वजनिक नीति तर्जुमा गर्न आवश्यक सल्लाह, सुझाव, सूचना एवं
विशेषज्ञताको सेवा उपलव्ध गराउने, नीतिको विशलेषण गर्ने, कार्यान्वयन गर्ने र समग्र सार्वजनिक प्रशासन सञ्चालन गर्ने स्थायी ससंयन्त्वको रुपमा स्थापित राष्ट्र सेवकहरुको केन्द्रमा रहेको सेवा हो ।
यसलाई स्थायी सरकार पनि भनिन्छ । नेपाल लगायत विश्वका धेरै जसो मुलुकहरुमा सैनिक तथा प्रहरी बाहेकको सरकारी सेवालाई निजामती सेवा भन्ने गरिएको छ । अर्थात “निजामती सेवा स्थायी, तलव प्राप्त गर्ने, दक्ष कर्मचारीरुको
व्यवसायिक समूह हो ।” नि.से.ऐन, २०४९ को दफा ३ अनुसार निजामती सेवामा निम्न दश सेवाहरुको व्यवस्था गरिएको छ -
- १ नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा
- २ नेपाल ईजिनियरिङ्ग सेवा
- ३नेपाल कृषि सेवा
- ४ नेपाल न्यायसेवा
- ५नेपाल परराष्ट्र सेवा
- ६ नेपाल प्रशासन सेवा
- ७ नेपाल लेखापरीक्षण सेवा
- ८ नेपाल वन सेवा
- ९नेपाल विविध सेवा
- १० नेपाल शिक्षा सेवा
त्यस्तै दफा ४ मा निजामती सेवामा राजपत्रांकित तर्फ विशिष्ट, प्रथम, द्वितीय, तृतीय र राजपत्र अनंकित तर्फ प्रथम, द्वितीय, तृतिय, चतुर्थ, पाचौं श्रेणीहरु रहने व्यवस्था ।
एकिकृत निजामती सेवा प्रणाली:
ऐनको दफा ४क अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मिति देखि निजामती सेवाको श्रेणीगत व्यवस्थालाई तहगत प्रणालीमा रुपान्तरणगरी एकिकृत निजामती सेवा प्रणाली लागु गर्ने छ भनी व्यवस्था
गरिएको । निजामती सेवामा बर्ग विभेद तथा असमानता हटाई निजामती सेवाका सबै पदलाई समग्र सेवामा आवद्ध गर्न सबै भन्दा तल्लो पददेखि सबैभन्दा माथिल्लो पदसम्म पदक्रम मिलाई सोझो रेखा कायम गर्नुलाई एकिकृत निजामती सेवा भनिन्छ । जसले गर्दा राजपत्रांकित र राजपत्र अनंकितको विभेद हटी योग्यता, क्षमता, जेष्ठता र अनुभवको आधारमा पद र तह कायम हुन्छ ।
निजामति सेवाका प्रमुख विशेषताहरु ;
- योग्यता प्रणालीमा आधारितः-
निजामति सेवामा नियुक्तीका लागि गरिने भर्ना छनौट देखि नियुक्ती पछि शुरु हुने बृत्ति विकासका सबै चरणमा योग्यता र क्षमता बाहेक कुनै अन्य गैह्र योग्यताकारहरुको भूमिका रहनु हुँदैन भन्ने मान्यता नै योग्यता प्रणाली हो । - सेवाको कानूनी आधार - निजामति सेवालाई कानूनी रुपमा आधार दिने र व्याख्या गर्ने गरिएको हुन्छ । संविधानतः निजामति सेवा भन्नाले “सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी र प्रहरी कर्मचारी तथा कानूनले निजामति होईन भनि तोकिदिएका पदहरु बाहेक अन्य सेवा वा पद” लाई निजामति सेवा भनि स्पष्ट पारेको छ ।
- निश्चित वृत्तिपथ- निजामति सेवा भित्र प्रवेश गरी सकेपछि कुनैपनि कर्मचारीले निश्चित बृत्तिपथ अवलम्वन गर्दछ । उसको सरुवा तालीम बढुवा अवकाश जस्ता पक्षहरु पहिलना नै सुनिश्चित गरिएका हुन्छन ।
- व्यवसायीक समूह - निजामति सेवामा खास क्षमता योग्यता भएका व्यक्तिहरुले मात्र भर्ना गरिन्छ।
- समूह भवनामा आधारित - निजामति सेवाको अर्को विशेषता यसले समूह भावनामा आधारित भएर काम गर्न पनि हो । यो राज्यको संगठित सेवा हो, जहाँ जिम्मेवार व्यक्तिगत रुपमा दिने गरिएतापनि सामुहिक भावना, सहयोग र अन्तर सम्बन्धका आधारमा रहेर कर्मचारीहरु आफ्नो जिम्मेवारी र भूमिका बहन गर्दछन ।
- गैरसैनिक - निजामती कर्मचारीलाई आधारभूत रुपमा नै फौजी र सैनिक स्वभाव र अनुशासनबाट अलग गरिएको हुन्छ ।
- निश्चित सुविधा र वेतनमान - निजामती सेवालार्य स्वायत्त रुपमा कार्यसम्पादन गर्न प्रेरित गर्न र संधै उर्जाशील बनाई राख्न उसले पाउने सेवा सुविधा र क्षतिपूर्तिका कुराहरु (जस्तो तलव, भत्ता, अन्यसुविधा, पेन्सन, उपदान, बिमा, औषधि उपचार, विदा आदी) पूर्व निर्धारित हुन्छन् ।
- राजनैतिक रुपमा तटस्थ - सरकारको संस्थागत संयन्त्र र बहुलवादी समाजको अंग भएकोले राजनैतिक बिचार आग्रह र संलग्ताबाट दुर रहनु निजामती सेवाको आदर्श हो
- जीवित संविधानः-संविधानका प्रावधानहरुलाई संविधानको भावना अनुरुप क्रियाशील बनाउने र राज्यको प्रभावकारिता पुष्टि गर्ने आधार भनेको त्यहाको निजामती सेवा हो ।
- सरकारको संस्थागत संयन्त्र - सरकार अमूर्त बस्तु हो सरकारलाई मूर्तता दिने काम र नाम निजामती सेवा हो । निजामती सेवा मार्फत नै राज्य आफनो कार्यक्षेत्रमा पहिचान कायम गर्दै फैलिएको हुन्छ ।
- सार्वजनिक सेवाप्रति समर्पित - राज्य व्यवस्थित समाजको सबै भन्दा बृहद् र बहुउद्देश्यीय संगठन हो । जसको मुख्य उद्देश्य नै सार्वजनिक हित हो ।
निजामती सेवाको मूल्य, सार्वजनिक जीवनका सात सिद्धान्त -
स्वार्थहिनता, सदाचार, बस्तुपरकता, जवाफदेहिता र पारदर्शिता, इमान्दारिता र उदाहरणनीयता, लोकतन्त्रप्रति सम्मान, सार्वजनिक चाखप्रति सम्वेदनशिलता ।
निजामती सेवा संचालनका आधारहरु:
- कानूनी अस्तित्व र मान्यता
- राजनैतिक निश्पक्षता
- निर्वैयक्तिकता
- सेवाको स्थायीत्व
- सेवा संचालन विधिको स्पष्टता
- सेवा संचालनको केन्द्रिय निकाय
निजामती सेवाको भूमिका:
- सरकारको सल्लाहाकार र परामर्शदाता
- कानूनको कार्यान्वयनकर्ता
- नीतिनिर्माणमा सहयोग र कार्यान्वयनकर्ता
- सार्वजनिक सेवाको प्रभावको माध्यम
- सरकार र नागरिक बिचको सम्बन्ध सुत्र
- संचार सुत्र साधनश्रोताको परिचालनकर्ता
- संस्थागत निरन्तरता
नेपालको निजामती सेवाको कानूनी आधार वा गठन:
- प्रत्येक देशको कानूनले आफनो कानूनमा निजामती सेवाको उल्लेख गरेको ।
- नेपालको अन्तरीम संविधान, २०६३ को धारा ३५ ले देशको शासनभार जननिर्वाचित मन्त्रीपरिषदलाई सुम्पिएको
- धारा १५३ ले सरकारको संस्थागत साधनको रुपमा निजामती सेवाको गठन गरिने उल्लेख गरेको ।
- धारा १२६ ले सैनिक तथा प्रहरी र कानूनले निजामती सेवा होईन भनेका पदहरु बाहेक अरु सबै सरकारी सेवालाई निजामती सेवामा राखेको ।
- १० वटा सेवा गठन र ५ समूह तथा राजपत्रांपकित र रावपत्र अनंकित गरी ९ श्रेणी ।
- निजामती सेवा ऐन, २०४९ को परिच्छेद २ मा गठन सम्बन्धी व्यवस्था र दफा ३ अन्तर्गत गठित सेवाहरुको समष्टि नै निजामती सेवा हो भनेको छ । यस्ता सेवा हाल दसवटा छन्
- संविधान, लोकसेवा कार्यविधि ऐन र नि.से.ऐनले निजामती सेवाका सैद्धान्तिक आधार अपनाएको
आधुनिक निजामती सेवा :
- केन्द्रिकृतबाट विकेन्द्रित हुँदै गएको छ ।
- सेवा उत्पादक र प्रभाहक नियमनकारी सहकारी बन्दै गएको छ ।
- निजीक्षेत्रका उत्कृष्ट शैलीलाई प्रत्यारोपण गर्दैछ ।
- सहभागितामूलक बन्दै गएको छ ।
- प्रतिस्प्रधि बन्दै गएको छ ।
- नागरिक सहभागितामुखी बन्दै छ ।
- कार्यप्रतिवद्धता बढ्दै छ ।
- पदसोपानका श्रृंखला टुट्दैछन ।
- स्थानीय सीमा नाघेर विश्वव्यापी कर्मचारीतन्त्र बन्दै छ ।
निजामती सेवामा पद व्यवस्थापन २ दुई प्रकारले गरिन्छ;
- कामको आधारमा पद श्रृजना गरी व्यक्तिको नियुक्ती पदस्थापन, सरुवा, बढूवा आदी गरिन्छ भने त्यो पदमूलक व्यवस्था हो।
- तर व्यक्ति कुनै खास दर्जामा नियुक्त गरी विभिन्न पदमा स्थापना र सरुवा गरिन्छ भने त्यो दर्जामुलक हुन्छ !
पदपूर्ति गर्ने तरिकाहरु:
पदपूर्ति अन्तर्गत जनशक्ति योजनाले औल्याएको दरवन्दी, आवश्यकता अनुसार कामको आयतन बृद्धि हुनाले बढेको दरवन्दी, नयाँ दरवन्दी श्रृजनाबाट वा भएको दरवन्दी रिक्त भै सोको पूर्ति गर्नु पर्ने अवस्थाका कारण उपलव्ध मध्ये
सम्भाव्य क्षमतावान प्रतिभालाई सेवाभित्र प्रवेश गराउने कार्यका लागि अपनाईने सम्पूर्ण प्रकृयाहरु भर्ना र उपयुक्तता परिक्षण देखि पदस्थापन सम्म पर्दछन । खासगरी खुला प्रतियोगिता र बढुवा (कार्यक्षमता मुल्यांकन, आन्तरिक
प्रतियोगीता र बढुवा समायोजन)बाट हुने निजामती सेवा ऐन, २०४९ को परिच्छेद ३ मा व्यवस्था गरिएको ।
पदपूर्ति दुई किसिमले हुने गर्दछ -
संगठन वा सेवा भित्रकै सम्भाव्य उम्मेदवारबाट क्षमतावान, सीपयुक्त र प्रतिभाशाली व्यक्तिलाई रिक्तपदमा पूर्तिगर्ने प्रकृयालाई आन्तरिक पदपूर्ति भनिन्छ । आन्तरिक पदपूर्ति कमखर्चिलो, अभिमुखिकरण आवश्यक नपर्ने, बृत्तिपद
सुनिश्चित हुने, क्षमतावान र अनुभवीलाई स्थान दिईने जस्ता सवलपक्ष छन भने यसका दुर्वल पक्षमा कम प्रतिस्पर्धिले अवसर पाउने, असमानता बढने, प्रशासन नतिजामुखी नभई सनातनी हुने गर्दछ ।
संगठनमा रिक्त पदपूर्तिका लागि खुल्ला बजार वा विश्वविद्यालयबाट योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धा गराईन्छ भने त्यस्तो पदपूर्ति बाह्य पदपूर्ति हो । प्रायसेवा भित्रका तल्ला र शुरुका पदहरुमा नियुक्तीका लागि खुल्ला पदपूर्ति तरिका अपनाईन्छ । जसमा उच्च प्रतिस्पर्धात्मक क्षमतायुक्त जनशक्ति भित्राउन सकिने, नवरक्तसंचार हुने, परिवर्तित व्यवस्थापन सहज हुने, उमेरले होईन क्षमताले महत्व पाउने र छनौटमा बस्तुनिष्टता रहने जस्ता सवल पक्ष छन भने दुर्वल पक्षमा अनुभवीहरु हतोत्साहीत हुने, खर्चिलो प्रणाली, अभिमुखीकरण आवश्यक पर्ने, झण्झटपूर्ण परीक्षण प्रकृया जस्ता दुर्वल पक्षछन ।
पदपूर्तिका चरणहरु:
१) भर्ना
२) छनौट
- (क) लिखित परीक्षा
- (ख) मौखिक परीक्षा
- (ग) प्रयोगात्मक परीक्षा
- (घ) भूमिका प्रदर्शन
(ङ)वैयक्तिकविवरणपरीक्षण
निजामती सेवाको पदमा उम्मेदवार हुन नसक्ने व्यवस्था-
निजामती सेवा ऐन, २०४९ को दफा ९० मा उल्लेख भए बमोजिम देहायका व्यक्तिहरु निजामती सेवाको दपमा उम्मेदवार हुन नसक्ने व्यवस्था रहेको छ;
- राजपत्र अनंकित र श्रेणीबिहिन पदमा १८ बर्ष उमेर पूरा नभएका,
- राजपत्रांकित पदमा २१ बर्ष उमेर पूरा नभएका,
- पुरुष उम्मेदवारको हकमा ३५ बर्ष र महिला उम्मेदवारको हकमा ४० बर्ष उमेर पूरा नभईसकेका,
- भूपू. सनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको निजामती सेवाको पदमा ४० बर्ष ननाघेको,
- रा.प. दुघितीय र प्रथम श्रेणीको खुल्ला प्रतियोगितामा ४५ बर्ष ननाघेका,
- भविष्यमा सरकारी सेवाको निमित्त अयोण्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएका
- गैह्र नेपाली नागरिक
- नैतिक पतन देखि फौजदारी अभियोगमा अदालतबाट कसुरदार॒ ठहरिएका ।
पदपूर्ति सम्बन्धमा रहेका समस्याहरु:
- - निजामती सेवाको जनशक्ति व्यवस्थापन सम्बन्धी दीर्घकालीन रणनीतिक योजना तयार छैन ।
- - क्षेत्रत जनशक्ति व्यवस्थापन योजना पनि छैन ।
- - दरवन्दी सिर्जना र स्वीकृतिका स्वीकार्य आधार स्थापित छैनन् ।
- - जनशक्तिको माग तथा आपूर्ति पक्षको विश्लेषण गर्ने गरिएको छैन ।
- - व्यवस्थापन परीक्षण प्रभावकारी छैन ।
- - पदरिक्त हुने वित्तिकै (एक दिनभित्र) लोकसेवा आयोगलाई जानकारी दिने गरिएको छैन ।
- - पदपूर्तिका आधारहरु (विशेषतः बढुवाका आधारहरु) बारम्वार बदलिने गरेकाले संगठन र व्यक्ति दुवै पक्षले
बृत्तियोजना बनाउन सकेका छैनन् । - - पाठ्यक्रम ज्ञानमूलक (सूचनामूलक) छ । व्यावहारिक छैन ।
- - आवेदनको पहुँच सहज छैन ।
- - परीक्षण प्रणाली सद्घान्तिक खालको छ । व्यक्तिको क्षमता भन्दा सूचना संकलनको स्तर परीक्षण गर्दछ ।
- परीक्षण विधिको वैधता परीक्षण गरिएको छैन । - - परीक्षाको मूल्यांकन विधि बस्तुगत भन्दा मनोगत छ ।
- - कार्य सम्पादन मूल्यांकन प्रणाली विभिन्न आग्रहबाट पीडित छ ।
- - पदस्थापन र सरुवाले स्थापित क्रचष्तबचष्ब लाई पछ्याएको छैन, त्यसैले प्रणालीभित्र योग्यता प्रणालीको
सुनिश्चितताको ग्यारेण्टी गर्दैन । - - निजामती सेवाको बिस्तृत अभिलेख तथा सूचना प्रणाली स्थापित गरिएको छैन ।
- - पदपूर्ति तथा छनौट प्रक्रिया भद्दा र खर्चिलो छ ।
सेवा सुविधा:
व्यक्तिले श्रम, समय तथा क्षमता लागय वाफत तत्कालिन अवस्थामा पाउने आर्थिक तथा गैह्र आर्थिक सुविधाहरु, क्षतिपूर्ति र कानून अनुसार व्यवस्था हुने सेवा सुविधालाई कर्मचारीको सेवा सुविधा भनिन्छ । जस अन्तर्गत आधारभूत तलव, स्वास्थ्य विमा, बृत्ति वा रोजगारी वा जागीरको सुरक्षा, पेन्सन र उपदान, आवाश र अन्य सहुलियत, सम्मान पुर्ननियुक्ति र विशेष जिम्मेवारी, बृत्ति सुरक्षा, सम्मान, सामाजिक आदरभाव, तालीम, ख्याती र विशेष सहुलियत तथा उन्मुक्तीहरु जस्ता पर्दछन । तलव निर्धारणका आवश्यक सिद्धान्तहरुमा श्रमबजारको सिद्धान्त, अपूर्ण प्रतिस्पर्धात्मक बजार सिद्धान्त, दक्षतामा आधारित श्रमसिद्धान्त, उपलव्धीमा आधारित सिद्धान्त, सामान्य सिद्धान्त, जीवन निर्वाहको सिद्धान्त, सीमान्त उत्पादकत्वको सिद्धान्त र ज्यालाकोषको सिद्धान्त पर्दछन ।
तलव सम्बन्धमा हाम्रो निजामती सेवा ऐन तथा नियमावलीले निम्न व्यवस्थाहरु उल्लेख गरेको छ
- ऐनले निजामती कर्मचारीको तलवभत्ता तथा अन्य सुविधा र प्रत्येक बर्ष उपभोक्ता मूल्यसूचीको आधारमा महंगी भत्ता समेत पुनरावलोकन गर्नको लागि नेपाल सरकारको मुख्यसचिवको अध्यक्षतामा अर्थ मन्त्रालयका सचिव र सामान्य प्रशासन मन्त्रालयको सचिव रहनेगरी तलवभत्ता पुनरावलोकन समिति रहने व्यवस्था दफा २७ ले गरेको छ ।
- निर्धारित तलवमान अनुसार तलव पाउने पदमा नयां नियुक्ति पाउने निजामती कर्मचारीले सो तलवमानको शुरु तलव पाउने ।
- माथिल्लो तलवमानको कुनै पदमा बढुवा पाउने निजामती कर्मचारीले उक्त तलवमानमा तोकिएको शुरु तलव पाउने । तर निजले हाल पाईरहेको तलव उक्त माथिल्लो तलवमानको न्यूनतम तलव बरावर वा सो भन्दा अधिक भएमा माथिल्लो तलवमानमा निजको तलव तोक्दा साविकमा खाईपाई आएको तलवमा एकतलव बृद्धि थपगरी तलमान कायम गर्ने ।
- निजामती कर्मचारीले आफनो पदमा बहाल गरेको दिनदेखी तलव भत्ता पाउने तर सरुवा बढुवा भै जाने कर्मचारीले हालको पदमा बहाल गर्दा तयारी म्याद र बाटो म्यादसमेतको तलव भत्ता हालको कार्यालयबाट पाउने ।
- निजामति कर्मचारीले निजामती सेवामा रही काम गरे वापत पाउने तलव भत्ता नेपाल सरकारले समय समयमा तोकि दिए बमोजिम हुने ।
- एक बर्षको अटुट सेवा अवधि पूरा गरेपछि एउटा तलव बृद्धि थप पाउने तर सजाय र नसिहत पाएको अवस्थामा सो नपाउने ।
- पाएको तलव जुनसुकै कारणबाट सेवाबाट अलग भए पनि पाउने र विदामा बसेको अवस्थामा पनि तलव पाउने ।
तलव बाहेक अन्य सुविधा:
- भत्ता, चाडपर्व खर्च, स्थानीय भत्ता, टेलीफोन सुविधा, आवाश सुविधा, महँगी भत्ता, खाजा भत्ता, विशेष भत्ता, परिवहन भत्ता, तलवबृद्धि (थप रकम), कार्यसम्पादन प्रोत्साहन कोष, संचय कोष र थप रकम, बिमा रकम, आदी ।
- व्यवसायीक सुरक्षा र जोखिमलाई न्यूनिकरण गर्न अवकाश पछिको सुविधा (उपदान तथा निबृत्तिभरण), औषधि उपचार सुविधा, अशक्त बृद्धि, अङ्गभङ्ग भए वा चोटपटक लागे पाउने सुविधा, असाधारण पारिवारिक बृत्ति तथा उपदान,
- शैक्षिक तथा सन्तती बृत्ति जस्ता भविश्यको सुरक्षाको लागि सुविधाको व्यवस्था हुन्छ ।
बृत्तिविकास
- सामान्य अर्थमा बृत्ति वा क्रबचबभच भन्नाले पेवा वा व्यवसायी जीवनको मार्ग वा यात्रा भन्ने अर्थ लाग्दछ । यसलाई कार्य बातावरणमा व्यक्तिको सफलताका आधारका रुपमा पनि लिने गरिन्छ । जस्तो कसैले आफुले निजामती व्यक्तिलाई अपनाउँछु भनेमा उसको जीवन बृत्ति निजामती सेवा रहेछ भन्ने बुझ्नु पर्दछ ।
- यसर्थ सामान्य बुझाईमा बृत्ति भनेको जीवन यापनका लागि अंगालिने पेशा हो भने बृत्तिविकास चांही पेशा भित्रको गतिशिलतालाई व्यवस्थीत गर्ने अवसर र सम्भावनाको संस्थागत सुनिश्चितता हो ।
- यी आधारबाट बृत्तिप्रणाली अन्तर्गत भर्ना, छनौट, नियुक्ती, पदस्थापन, सरुवा, बढुवा, तालीम शिक्षा, सेवाको सुरक्षा र तलवभत्ता,सुविधा, प्रोत्साहन जस्ता पक्षमा केन्द्रित रहन्छ ।
- वृत्ति विकासले व्यक्तिलाई क्षमता पहिचान र विकास, आवश्यकता पुरा, विशेषज्ञता विकास, उत्म्रेरणा र मनोबल तथा आफ्ना भविष्य पहिचान गर्न र संस्थालाई उत्पादकत्व वृद्धि, ख्याति वृद्धि, गुणस्तरीय जनशक्ति र मितव्ययितामा सहयोग गर्दछ ।
- २०१३ सालको नि.से.ऐनबाट वृत्ति विकासको शुरु, २०२५ सालमा वृत्ति विकास योजना लागू र हाल खुला र बन्द वृत्ति प्रणाली दबै लागू, भर्ना, छनौट, नियुक्ती, पदस्थापन, सरुवा, बढुवा, तालीम शिक्षा, सेवाको सुरक्षा र तलवभत्ता,सुविधा, प्रोत्साहन, उपदान जस्ता व्यवस्था गरिएका छन् ।
- सेवा शर्तको सुरक्षा - नि.से.ऐन २०४९ को दफा ५६ अनुसार नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, म्यादी पदमा बहालरहेको र भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भाव नभएको प्रयाप्त आधार भएको अवस्थामा बाहेक कुनैपनि निजामति कर्मचारीलाई सफाईको सवुत दिने मनासिव माफिकको मौका नदिई निजामती सेवाबाट हटाईन वा बर्खास्त गरिने छैन भनी उल्लेख भएको पाईन्छ ।
- नि.से.ऐन २०४९ को दफा ५८ अनुसार कुनैपनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुंदा तत्काल लागु रहेको तलव, उपदान, निबृत्तिभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरु निजको स्वीकृति वेगर निजलाई प्रतिकुल असर पर्ने गरी परिवर्तन गरिने छैन । पछि संशोधनले त्यस्तो शंसोधन हुन अगावै बहाल रहेको कुनै निजामती कर्मचरीको उपर्युक्त सेवाका शर्तहरुमा कुनै प्रकारले प्रतिकुल असर पर्ने भएमा त्यस्तो संशोधित व्यवस्था बमोजिम गर्न मन्जुर गरेको लिखित स्वीकृत नभई त्यस्तो व्यवस्था निजको हकमा लागु हुने छैन ।
कर्मचारीका आचरण, अनुशासन र नेपालको निजामती सेवामा रहेका बर्तमान व्यवस्थाहरु:
सार्वजनिक साधन र शक्तिको प्रयोग गरी जनतालाई सेवा, सुरक्षा र सुव्यवस्थाको प्रत्याभूति गर्ने राज्यको स्थायी संयन्त्र प्रशासन स्वच्छ, सयंमित र विवेकशील हुनुपर्छ । कर्मचारीले सेवामा प्रवेश गरेपछि खास प्रकारका विशेषाधिकार पाउने र केही आचरणहरुको अनिवार्य पालना गर्नु पर्ने हुन्छ । यस अन्तर्गत कर्मचरीले सार्वजनिक जीवनमा अपनाउने व्यवहारशैली तथा कार्यविधिलाई समेत जनाउंदछ । आचरण, पेशागत निष्ठा र नैतिकताको समग्र रुप हो । असल आचरणका रुपमा अवलम्वन गर्नु पर्ने अन्तराष्ट्रिय मापदण्ड अनुसार स्वार्थ हिनता, सदाचार, बस्तुपरकता, जवाफदेहीता, खुलापन, ईमान्दारीता र नेतृत्व हुन । त्यस्तै कर्मचारी र राजनैतिक तटस्थता, कर्मचारी र आर्थिक सदाचार र कर्मचारीको सामाजिक दायित्व र ईमान्दारीता आचरण सम्बन्धी सैद्धान्तिक पक्ष छन्
निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७ र नियमावलीको व्यवस्थानुसार पालना गर्नुपर्ने आचरणहरु, गर्न नहुने कार्यहरु र नैतिक दायित्यहरुमा वर्गीकरण गर्न सकिन्छ ।
(क) कार्यालय कार्यविधि सम्बन्धी आचरण:
- समय परिपालन र नियमितता
- अनुशासित हुने र आज्ञापालन
- सरकारी कामकाज सम्बन्धी समाचार प्रकाशमा प्रतिबन्ध
- आफनो सेवा र पदअनुरुपको आचरण पालना गर्नु पर्ने
- राजनैतिक वा अवाञ्छित प्रभाव पार्नु नहुने
- आफुभन्दा मुनीकालाई मायां र माथिकालाई आदर गर्नु पर्ने
- सरकारी कार्यालयलाई हानीनोक्सानी पुरयाउन नुहने
- सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने
- कार्यालय समयमा मादक पदार्थको सेवन र अभद्र व्यवहार गर्नु नुहने ।
(ख) राजनैतिक कृयाकलाप सम्बन्धी अचारण
- राजनीतिमा भागलिन नहुने
- सरकारको आलोचना गर्नु नहुने
- निर्वाचनमा भाग लिनु नहुने
- प्रर्दशन, हडताल, थुनछेक र घेराउ गर्न नपाईने
- कानून बमोजिम बाहेकका संस्थाको सदस्यता लिन नपाईने
- प्रतिनिधित्व गर्न प्रतिवन्ध
- देशको अखण्डता र सार्वभौमिकतामा आँच आउनेगरी कुनै कृयाकलाप गर्न नपाईने र पेशागत संगठन गठन गर्न पाउने
- र ट्रेडि युनियनको अधिकार ।
(ग) आर्थिक आचरण
- सम्पत्ति विवरण दिनुपर्ने
- व्यापार व्यवसाय गर्नु नहुने
- अन्यत्र कुनै नोकरी गर्न नपाईने
- दान उपहार चन्दा सापट आदी लिनमा प्रतिबन्ध
आफुले बुझाउनु पर्ने नगदी जिन्सी बुझाउनु पर्ने ।
(घ) सामाजिक आचरण
- बलविवाह, अनमेल विवाह, बहुविवाह गर्न नहुने
- सबै प्रति शिष्ट व्यवहार गर्नु पर्ने
- यौनजन्य दुव्र्यवहार गर्न नहुने
- कसैलाई पनि यातना दिनु नहुने
- सामाजिक व्यवहार सुधार ऐन अनुरुपको व्यवहार गर्नु पर्ने ।
नेपालको कर्मचारी प्रशासनमा आचरण सम्बन्धी व्यवस्था :
- निजामती सेवा ऐन, २०४९ ले सैद्धान्तिक व्यवस्था गरेको छ ।
- मुलुकी ऐन,
- भ्रष्टाचार निवारण ऐन, २०५९
- राजश्व चुहावट ऐन,
- अ.दुअ.आ.ऐन २०५२
- न्यायपरिषद ऐन २०४८
- सुशासन ऐन, तथा सुशासन निर्देशिका
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५
- सुशासन कार्ययोजना २०६८
उपरोक्त ऐन नियम र बिनियमका साथै सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारीहरुको आधारसंहिता २०६८ ले पनि कर्मचारीको आचरण सम्बन्धी व्यवस्था गरेको छ । जसमा पदीय आचरण निम्न छन्-
- राष्ट्रसेवक कर्मचरीले आफनो पदीय जिम्मेवारी पूरा गर्दा र आफु कार्यरत संस्थाको कार्य जिम्मेवारी निर्वाह एवं तोकिएको सेवा प्रवाह गर्दा गराउँदा सदैव राष्ट्र र बृहत्तर हितलाई ध्यान दिई राष्ट्रभक्तीलाई आत्मसम्मान गर्नु पर्दछ ।
- प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफनो कर्तव्यपालनाको प्रयोग बिना डर, मुलाहिजा र पक्षपात रहित रुपमा गर्नुपर्ने ।
- राष्ट्रसेवक कर्मचारीले नेपाल राष्ट्र, नेपाली जनता तथा सरकारप्रति बफादार रही आफनो सेवाको मयार्दा र गरिमामा आँच पुग्नेगरी कुनै काम नगर्न र हुन नदिन सचेष्ट रहनु पर्छ ।
- राष्ट्र सेवक कर्मचारी आफनो पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकारात्मक रहनु पर्ने तथा अरुको लागि अनुकरणिय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नु पर्ने छ ।
- त्यस्तै सो आचारसंहितामा व्यक्तिगत आचरणको रुपमा कर्मचारीले माथिका कर्मचारप्रति उचित आदरभाव र आफुभन्दा मुनिकाप्रति सम्मानजनक व्यवहार गर्नु पर्ने, अनावश्यक उच्चआदरार्थी र परम्परागत राजकीय सामन्ती
स्वभाव झल्कने भाषाको प्रयोग गर्न नहुने, तडक भडक नगरी सादा जीवन उच्चबिचारको मान्यतालाई अवलम्वन गर्नुपर्ने र अर्काको कुरा काट्ने लगाउने व्यक्तिगत फाईदाका लागि चाकडी र चाप्लुसी गर्न नहुने जस्ता अनुशासन र आचरणको व्यवस्था गरिएको छ ।
सजाय:-
ऐनको दफा ५९ ले उचित र प्रयाप्त कारण भएमा निजामती कर्मचारीलाई निम्न २ किसिमको बिभागिय सजाय गर्ने
व्यवस्था गरेको छ ।
क) सामान्य सजाय
- (१)नसिहत दिने,
- (२) दुई बर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा दुई तलव बृद्धि रोक्का गर्ने,
- (३) दुई बर्ष देखि पांच बर्षसम्म बढुवा रोक्का गर्ने वा दुई देखि पाँच तलव बृद्धिसम्म रोक्का गर्ने ।
(ख) विशेष सजाय:
- (१) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ।
- (२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गर्ने