3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
✍ खगेन्द्र साउद , prasashan.com
परिचय
राज्यले जनताको आधारभूत आवश्यकताको परिपूर्ति, शान्ति सुव्यवस्था, संरक्षण, मुलुकको विकास तथा हित प्रवर्द्धनको लागि उपलब्ध गराउने वस्तु तथा सेवा वितरणको प्रक्रिया सार्वजनिक सेवा प्रवाह हो। सार्वजनिक सेवा वितरण राज्यको दायित्व र जनताको अधिकारको विषय हो । यो सशुल्क वा निःशुल्क रूपमा प्रदान गरिन्छ। सार्वजनिक सेवा वितरण सरकारको प्रभावकारिता मापनको दरिलो आधार हो । मुलुकको सार्वजनिक प्रशासन लगायत अन्य माध्यमबाट सार्वजनिक सेवा प्रवाह गरिन्छ । शासन र प्रशासनका लाभहरूको प्रभावकारी वितरण गर्दै राज्य, सरकार, सार्वजनिक प्रशासन र जनताबिचको सम्बन्ध स्थापित गर्नमा सार्वजनिक सेवा प्रवाहको भूमिका रहन्छ।
सार्वजनिक सेवाको प्रकृति:
♦ नियमनकारी सेवा नागरिकता, पासपोर्ट, कम्पनी दर्ता, संस्था दर्ता, न्याय प्रशासन, सुरक्षा ।
♦ जीवन निर्वाहसम्बन्धी सेवा राहत वितरण, खाद्यान्न आपूर्ति, प्रकोप व्यवस्थापन, महामारी नियन्त्रण आदि।
♦ मानव सशक्तीकरण सम्बन्धी सेवा विद्युत्, यातायात, सञ्चार, खाने पानी, सिँचाइ, सडक, स्थानीय स्रोत साधन प्रशोधन ।
♦ अन्य सेवा मनोरञ्जनात्मक, कल्याणकारी, व्यावसायिक, प्रशासनिक, वस्तु वितरण सेवा ।
सार्वजनिक क्षेत्रको कार्यक्षेत्र
♦ सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन र नियमन गर्ने ।
♦ राष्ट्रिय सुरक्षा व्यवस्थापन ।
♦ स्रोत सङ्कलन तथा परिचालनः कर सङ्कलन, सार्वजनिक कोषको व्यवस्थापन, सहायता व्यवस्थापन, विकासको लागि लगानी ।
♦ कल्याणकारी कार्यहरू ।
♦ जनतालाई सशक्तीकरण ।
♦ अनुगमन र मूल्याङ्कन सेवा ।
♦ सामाजिक न्यायको निर्माण साधन स्रोतको उपभोग तथा लाभको सम न्यायिक वितरण ।
♦ भौतिक तथा सामाजिक पूर्वाधार विकास ।
♦ गैर-सरकारी क्षेत्रको परिचालनः प्रवर्द्धक, नियामक अनुगमनकारी भूमिकामा रहँदै सेवा प्रवाहमा संलग्नता अभिवृद्धि गर्ने ।
सार्वजनिक सेवा कस्तो हुनुपर्छ ?
♦ जनताको माग, वास्तविक आवश्यकता तथा इच्छाबमोजिमको ।
♦ गुणस्तरीय, भरपर्दो र टिकाउ ।
♦ न्यायोचित मूल्य । सेवा प्राप्तिको न्यून लागत ।
♦ प्रक्रियागत सरलीकरण गरिएको ।
♦ उचित व्यवहार र गुनासो सुनुवाइ ।
♦ उपयुक्त क्षतिपूर्ति र सहज प्राप्ति ।
♦ सरल, सहज तथा समयमै प्राप्त गर्न सकिने ।
♦ सेवाग्राहीमैत्री भौतिक संरचना ।
♦ कानुनी आधार ।
सार्वजनिक सेवा प्रवाह के हो ?
♦ राज्यको दायित्व
♦ जनताको अधिकार
♦ वैधानिकताको पुष्टि
♦ सरकारप्रति अपनत्वबोध गराउने आधार
♦ सरकारको अभिभावकत्व
♦ सुशासनको पाटो
♦ लोकतन्त्रको वितरण प्रक्रिया
सार्वजनिक सेवा प्रवाहका पक्षहरू
♦ सेवा वितरक निकाय, लक्षित सेवाग्राही, सेवा सर्त
♦ सेवा प्राप्त हुने विन्दु/स्थान
♦ सेवा प्रदान हुने समय
♦ सेवाको लागत
♦ सेवा प्राप्त गर्ने तरिका/प्रक्रिया
♦ सेवा प्रवाहको अनुगमन, मूल्याङ्कन र प्रतिवेदन ।
सार्वजनिक सेवा प्रवाहका चरणहरू
♦ सेवाग्राहीको पहिचान
♦ सेवाग्राहीको आवश्यकता र प्राथमिकताको पहिचान
♦ सेवा प्रवाहको मापदण्ड निर्धारण
♦ सेवा प्रवाह सुधारका क्षेत्रको पहिचान
♦ सेवा प्रवाहका लागि क्रियाशीलता
♦ सेवा प्रवाह स्तरको मापदण्ड निर्धारण
♦ सेवा प्रवाहको अनुगमन र मूल्याङ्कन
सार्वजनिक सेवा प्रवाहका तरिका/माध्यमहरू
♦ सरकारी संयन्त्र सङ्घीय र प्रादेशिक मन्त्रालयहरू, संवैधानिक निकाय, विभागहरू, सचिवालय, आयोग, न्यायालय, प्रादेशिक कार्यालयहरू, स्थानीय निकायहरू, अस्पताल, सेना, प्रहरी, आदि ।
♦ निजी क्षेत्र :
⇒ वस्तु तथा सेवाको उत्पादन, व्यापार तथा व्यवसाय
⇒ उद्योगधन्दा तथा कलकारखाना सञ्चालन
⇒ यातायात तथा सञ्चार सेवा
⇒ भौतिक पूर्वाधार निर्माण
⇒ पर्यटन व्यवसाय, होटेल व्यवसाय
⇒ बैङ्किङ तथा वित्तीय सेवा सञ्चालन
⇒ व्यावसायिक सामाजिक जिम्मेवारी
♦ गैर सरकारी संयन्त्र :
⇒ NGOs and INGOs
⇒ सचेतना, जागरण र सशक्तीकरण
⇒ समन्वय तथा साझेदारी
♦ सार्वजनिक संस्थानहरू
⇒ खाद्य संस्थान, नेपाल टेलिकम, आयल निगम, नेपाल विद्युत् प्राधिकरण ।
♦ साझेदारी, करार वा सम्झौता
⇒ सार्वजनिक निजी साझेदारी
⇒ करार
⇒ लाइसेन्सिङ्ग
♦ नागरिक समाज
⇒ खबरदारी, पक्षपोषण तथा जनदबाब
⇒ जनपरिचालन, नेतृत्व तथा क्षमता विकास
♦ विकास साझेदारहरू
⇒ अन्तर्राष्ट्रिय दातृ राष्ट्र वा विकास साझेदारहरू मार्फत पुँजी, प्रविधि र परामर्श सेवा ।