2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
✍ ललितकुमार बस्नेत , prashashan.com
नेपालमा मानव अधिकारको संरक्षण र संबर्धन सम्बन्धित व्यवस्था
संवैधानिक व्यवस्था
– नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो पटक राष्ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक निकायको रूपमा स्वीकार गरिएकोमा नेपालको नयाँ संविधानमा पनि यसलाई निरन्तरता दिइएको ।
– संविधानको भाग ३ मा धारा १६ देखि ४६ सम्म गरी ३१ वटा हकको व्यवस्था गरी मानव अधिकारको पहिलो पुस्ता तथा दोस्रो पुस्ता अन्तर्गत पर्ने विभिन्न अधिकारहरुलाई समेटिएको । साथै धारा ४७ मा तीन वर्षभित्र मौलिक हकको कार्यान्वयनको लागि आवश्यक कानून निर्माण गरिने कुरा उल्लेख गरिएको छ ।
– उपरोक्त मौलिक हकहरुको अतिरिक्त संविधानद्वारा नेपाल सरहदभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपाली नागरिकता पाउने, १८ वर्ष उमेर पुगेको नेपाली नागरिकलाई मतदान गर्न पाउने हक सुरक्षित गरिएको छ ।
– राज्यका नीति, सिद्वान्त तथा दायित्व सम्बन्धी व्यवस्था गरी मानव अधिकारको दोश्रो पुस्ता तथा तेस्रो पुस्तालाई पनि राज्यको सकारात्मक दायित्वको रूपमा स्वीकार गरिएको पाइन्छ ।
कानूनी व्यवस्था
विद्यमान नेपाल कानूनहरुले विभिन्न मानव अधिकारहरुको सृजना, संरक्षण र प्रवर्द्धन गरेका छन् । ती प्रमुख कानूनहरु स्
-मानव अधिकार आयोग ऐन, २०६८: यसले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चितता प्रदान गरेको छ ।
-नागरिक अधिकार ऐन, २०१२ : यसले प्रत्येक नेपाली नागरिकको स्वतन्त्रता, धर्म, सम्पति आदिको हकलाई सुनिश्चित गरेको छ ।
-जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ : यसले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध विभिन्न हक सुनिश्चित गरेको छ ।
-आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ , आइएलओ महासन्धी १६९ लगायतले आदिवासी जनजातिको संस्कृति र पहिचान सम्बन्धी हक प्रदान गरेको छ ।
-घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४, राष्ट्रिय महिला आयोग ऐन, २०६३ ले महिला सम्बन्धी विभिन्न हकहरुको सृजना तथा संरक्षण गरेको छ ।
-श्रम ऐन, २०७४, ट्रेड यूनियन ऐन, २०४९ लगायतका कानूनहरुले श्रमिकहरुको हक सुनिश्चित गरेको छ ।
-सामाजिक अपराध तथा सजाय ऐन, २०३२, उपभोक्ता संरक्षण ऐन, २०५४, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ , आवश्यक सेवा सञ्चालन ऐन, २०१४, खाद्य ऐन, २०२३ लगायतले उपभोक्ताको हक संरक्षण गरेको छ ।
-प्रतिलिपि अधिकार ऐन, २०५९ ले सर्जकको अधिकार सुनिश्चित गरेको छ ।
-नेपाल मानव अधिकार सम्बन्धी मुख्य दस्तावेजहरु र नौ मुख्य महासन्धीहरुमध्ये सात समेत गरी मानव अधिकार सम्बन्धी २२ अन्तराष्ट्रिय महासन्धीहरुको पक्ष राष्ट्र भएको छ ।
यसैगरी चालु आवाधिक योजना, बजेट सबैतिर मानव अधिकारको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिइएको छ भने यस सम्बन्धी कामलाई प्रभावकारी एवं योजनाबद्ध ढंगले अघि बढाउन पाँचौ रणनीतिक योजना २०१५ देखि २०२० निर्माण गरी हाल कार्यान्वयनमा रहेको छ ।
संस्थागत व्यवस्था
- अदालत : असाधारण अधिकार क्षेत्र सहितको सर्वोच्च अदालत, अन्य विभिन्न तहका अदालतहरु, विषयगत मुद्दाहरु हेर्न श्रम अदालत, प्रशासकीय अदालत, राजश्व न्यायाधीकरण, वैदेशिक रोजगार न्यायाधीकरण, ऋण असुली न्यायाधीकरण, विभिन्न अर्धन्यायिक निकायहरु आदि ।
- संवैधानिक निकायको रुपमा राष्ट्रिय मानव अधिकार आयोग,
- अन्य संवैधानिका निकायको रुपमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोग आदि ।
- विभिन्न समिति, प्रतिष्ठान,
- प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
- नेपाल सरकारका विषयगत मन्त्रालयहरु,
- विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु,
- सञ्चार जगत,
- विभिन्न दवाव तथा हित समूहरु आदि ।
मानव अधिकारको संरक्षण र विकाससँग सम्बन्धित समस्या तथा चुनौतिहरु
मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि सरकार र सार्वजनिक निकाय, नागरिक समाज, राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था तथा सञ्चार माध्यमलाई प्रमुख सरोकारवाला निकाय मान्न सकिन्छ । मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि यी हरेक निकायको भूमिका प्रभावकारी हुनुपर्छ । यी क्षेत्रहरु मानव अधिकाररुपी टेवलका चार खुट्टाको रुपमा लिन सकिन्छ ।
सरकार र अन्तर्गतका निकायमा विद्यमान समस्या तथा चुनौतिहरु :
- शान्ति सम्झौता भएको लामो समयसम्म सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन हुन नसक्नु र धेरै लामो समय पछि यसको गठन गरिए तापनि यसले प्रभावकारी रुपमा काम गर्न नसकेको ।
- राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हुनु ।
- संविधान प्रदत्त मौलिक हकहरुको प्रचलन गराउन आवश्यक पूर्वाधार तयार नगरिएको ।
- सरकारी पदाधिकारी तथा कर्मचारीहरुमा मानव अधिकारका विश्वव्यापी मूल्य, मान्यता र आदर्शलाई आधार मानि कार्य गर्ने संस्कृतिको अभाव देखिएको ।
- मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ हुन नसकेको ।
- राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन नगरिनु ।
- जथाभावी मुद्दा फिर्ता लिने तथा माफि दिने प्रचलन बढेकोले दण्डहीनता बढेको ।
- द्वन्दको समयमा वेपत्ता परिवारहरूलाई अझै पूर्ण रुपमा राहत उपलव्ध गराउन नसक्नु ।
राष्ट्रिय मानव अधिकार आयोगसँग सम्वन्धित समस्या तथा चुनौतिहरु :
- राष्ट्रिय मानव अधिकार आयोगका सुझावहरु सरकारले कार्यान्वयन गर्ने बाध्यकारी व्यवस्था नहुनु ।
- मावन अधिकारको उल्लंघन गर्नेलाई आयोगले नाम सार्वजनिक गर्ने बाहेक अरु कुनै कारवाही गर्न नसक्नु । आयोगले नाम सार्वजनिक गर्ने काम समेत गर्न नसकेको ।
- मानव अधिकारको संरक्षण र सम्बर्द्धनको लागि आयोगलाई आवश्यक कानूनी लगायत अन्य पूर्वाधार नहुनु ।
- राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी समेत राजनैतिक भागवण्डाको आधारमा नियुक्ति गर्ने संस्कार रहेको ।
- लामो समयसम्म राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरु र कर्मचारीहरु नियुक्त हुन नसक्नु ।
- आयोगको कार्यालयको लागि आफ्नो भवन नहुनु , जोखिमपूर्ण भवनमा बस्न बाध्य हुनु तथा अन्य भौतिक पूर्वाधारको समेत अभाव हुनु ।
आम जनतासँग सम्बन्धित समस्या तथा चुनौतिहरु :
- जनताहरुमा सचेतनाको अभाव ।
- जनताहरुमा अत्यधिक सहनशिलताको भावना ।
- जनताहरु आर्थिक, सामजिक हिसावले निकै कमजोर भएकोले उनीहरुले मानव अधिकारका कुराहरुमा चासो दिन नसकेका ।
- हाम्रो मान्छे, राम्रो मान्छे भन्ने नागरिक संस्कार विकास हुँदै गएको ।
सञ्चार माध्यम, पैरवी गर्ने संस्थाहरुसँग सम्वन्धित समस्याहरु :
- उनीहरुका गतिविधिहरु शहर केन्द्रित हुनु ।
- वास्तविक पिडितको पक्षमा कार्य गर्नुभन्दा सस्तो लोकप्रियता र प्रचारबाजीमा केन्द्रित हुनु ।
अन्य कारणहरु
- हुँदा खाने र हुने खाने बीचको खाडल वढ्दै जानु ।
- मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा उल्लेखित दायित्व पूरा गर्न नसक्नु ।
- नेपाल रोम महासन्धिको हाल सम्म पक्ष राष्ट्र नवन्नु ।
- कतिपय मौलिक हकहरू कार्यान्वयनको दृष्टिकोणले कमजोर अवस्थामा रहनु ।
- भएका कानूनहरूको कार्यान्वयन पक्ष कमजोर रहनु आदि ।
मानव अधिकारको अवस्था सुदृढ गर्नको लागि सुझावहरु :
सरकार र अन्तर्गतका निकायमा गर्नुपर्ने सुधार
- सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद सकिन लागेको तर यी आयोगहरुले गर्नुपर्ने कामहरु धेरै बाँकी नै रहेकोले प्रभावकारी काम गर्ने वातावरण सृजना गरी पुन: एक वर्ष म्याद थप गर्ने ।
- अपराधिलाई कुनै पनि हालतमा राजनैतिक संरक्षण नदिने कुरा घोषण गरी त्यसको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने ।
- संविधान प्रदत्त मौलिक हकहरुको प्रचलन गराउन आवश्यक पूर्वाधार तयार गर्ने ।
- सरकारी पदाधिकारी तथा कर्मचारीहरुमा मानव अधिकारका विश्वव्यापी मूल्य, मान्यता र आदर्शलाई आधार मानी कार्य गर्ने संस्कृतिको विकास गर्न आवश्यक तालिम, प्रशिक्षणको व्यवस्था गर्ने ।
- मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ गराउने ।
- राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने ।
- जथाभावी मुद्दा फिर्ता लिने तथा माफि दिने प्रचलन को अन्त्य गर्ने ।
- राहत, पुनः स्थापना, पुनः निर्माण , पुनः एकीकरण आदि कार्यलाई दू्त गतिमा अघि बढाउने ।
- भन्ने गरिन्छ मानव अधिकार विनाको आर्थिक विकास अमानवीय हुन्छ र आर्थिक विकास विना मानव अधिकार असंभव छ । तसर्थ मानव अधिकारका आधारभूत मूल्य मान्यताको संरक्षण, सम्वर्द्धन गर्दै आर्थिक विकास गर्ने र मुलुकबाट गरीबी, पछौटेपन हटाउने ।
राष्ट्रिय मानव अधिकार आयोगमा गर्नुपर्ने सुधार
- राष्ट्रिय मानव अधिकार आयोगका सुझावहरु सरकारले कार्यान्वयन गर्ने बाध्यकारी व्यवस्था गर्ने ।
- मावन अधिकारको उल्लंघन गर्नेलाई आयोगले अख्तियारले भ्रष्ट्राचारको सवालमा मुद्दा चलाएजस्तै मुद्दा चलाउन सक्ने अधिकार दिनुपर्ने ।
- आयोगले पनि आफूलाई प्राप्त अधिकारको निष्पक्षता र निर्भयताको साथ प्रयोग गर्नुपर्ने । जस्तो मानव अधिकारको उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने, क्षतिपूर्तिको रकम तोकी सो दिन आदेश दिने आदि ।
- मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि आयोगलाई आवश्यक कानूनी लगायत अन्य पूर्वाधार को व्यवस्था गरिनुपर्ने ।
- राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी राजनैतिक भागवण्डाको आधारमा नियुक्ति गर्ने संस्कारको अन्त गरी योग्यता र क्षमताको आधारमा गर्ने परिपाटीको विकास गर्ने ।
- आयोगको कार्यालयको लागि भवन लगायत आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्ने ।
आम जनतासँग सम्वन्धित सुझावहरु :
- जनताहरुमा सचेतनाको विकास गर्न विभिन्न औपचारिक तथा अनौपचारिक माध्यमद्वारा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
- जनताहरुमा सत्य तथ्यको निर्भयता र निष्पक्षताको साथ राख्ने क्षमताको विकास गर्ने ।
- जनताको आर्थिक, सामाजिक सशक्तीकरण गर्ने ।
- हाम्रो मान्छे राम्रो मान्छे भन्ने नागरिक संस्कारको अन्त गर्ने ।
सञ्चार माध्यम, पैरवी गर्ने संस्थाहरुसँग सम्वन्धित सुझावहरु :
- विकट ग्रामीण वस्ती तथा दुर्गममा कार्यक्रम सञ्चालन गर्ने ।
- सस्तो लोकप्रियता र प्रचारबाजीमा नलागी मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा केन्द्रित हुने ।
निष्कर्ष :
मानव अधिकारलाई हामीले शान्ति र विकासको मूल आधारको रुपमा स्वीकार गरेको सन्दर्भमा उपरोक्त सुझावहरुलाई ग्रहण गर्दै संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप आम नागरिकलाई मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाई मुलुकमा भएको युगान्तकारी परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउनु आजको आवश्यकता र समयको माग हो ।