1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
सार्वजिनक सूचना, जानकारी, तथ्यांक वा निर्णयहरुमा कुनै रोकतोक र गोप्यता बिना आम जनताको खुला पहुँच हुने अवस्थाको रुपमा लिईने पारदर्शिता र सार्वभौमसत्ता सम्पन्न जनताले राज्य संयन्त्रबाट आफ्ना लागि सम्पादित कार्य, नीति र निर्णयहरु बारेमा जानकारी लिन पाउने नैसर्गिक अधिकारकौ रुपमा रहेको सूचनाको हकबीचको अन्तरसम्बन्धलाई देहायको बुँदाबाट प्रष्ट पार्न सकिन्छ :
- पारदर्शिता र सूचनाको हक दुवैले राज्यका गतिविधिलाई खुला, जिम्मेवार र जवाफदेही बनाउन अभिप्रेरित गर्दछन् ।
- पारदर्शिता र सूचनाको हक दुवै लोकतन्त्र र सुशासन प्रवर्द्धन गर्ने औजारहरु हुन् ।
- पारदर्शिता र सूचनाको हक दुवैको कार्यान्वयनको लागि सार्वजनिक निकायले वेवसाइट, नागरिक वडापत्र, प्रवक्ता र सूचना अधिकारीको व्यवस्था लगायतका साझा उपायहरुको अवलम्बन गर्ने गर्दछन् ।
- पारदर्शिता र सूचनाको हक दुवैले सार्वजनिक सरोकारका विषय तथा सेवा प्रवाहको क्षेत्रमा सबैको सरल, सहज र अर्थपूर्ण पहुँच स्थापित गर्दछन् ।
- पारदर्शिताको माध्यमबाट सार्वजनिक सूचनामा नागरिकको पहुँचको मापन गर्न सकिन्छ भने सूचनाको हकको माध्यमबाट पारदिर्शताको स्तर मापन गर्न सकिन्छ।
- सूचनाको हकले सार्वजनिक पदाधिकारीलाई सूचना दिनुपर्ने दायित्वमा बाँधी पारदर्शिता कायम गर्न मद्धत गर्दछ भने
पादररशिताले सार्वजनिक क्षेत्रमा खुलापन कायम गरी नागरिकले नमागीकनै सूचना प्रवाह गर्ने वातावरण निर्माण गर्दछ ।
सूचनाको हकले सूचना नदिए संवैधानिक र कानूनी रुपमा दण्ड सजायको व्यवस्था गरी पारदर्शितालाई बलियो बनाउँदछ
भने पारदर्शिताले सार्वजनिक सूचनाहरुको स्वस्फुर्त प्रकाशनको वातावरण निर्माण गरी सूचनाको हकको प्रत्याभूतिलाई
बलियो बनाउँदछ।
सूचनाको हकको उदेश्य सूचनामा नागरिककको अवसर र पहुँच सुनिश्चित गर्नु हो जुन पारदर्शिताबाट मात्र सम्भब हुने
गर्दछ।
माथि उल्लिखित तथ्यका आधारमा पारदर्शिता र सूचनाको हक एक अन्योन्याश्रित सम्बन्ध बोकेका विषयहरु हुन्
यसबाट के भन्न सकिन्छ भने कुनै एकको सफलता वा असफलताले नै अर्कोको सफलता वा असफलता निर्धारित हुने
गर्दछ।