1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
पारदर्शिताः
- सार्वजनिक पदमा आसीन पदाधिकारीहरूले सम्पादन गरेका क्रियाकलाप र त्यस क्रममा लिइएका निर्णहरुको आम नागरिक समक्ष जानकारी पुर्याउने प्रक्रिया वा धारणा नै पारदर्शिता हो ।
- सार्वजनिक कामकारबाहीमा जनताको पहुँच रहेको अवस्था वा खुलापन रहेको अवस्थालाई बुझाउँछ ।
- सार्वजनिक कामका सम्बन्धमा cause, process and result बारे आम नागरिकहरू सुसूचित हुने अवस्था ।
- पारदर्शिता यस्तो विषय हो जसको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक पदाधिकारीहरूमा जवाफदेही वृद्धि गराउँछ, भ्रष्टाचार र अनियमित नियन्त्रण गराउँछ, शासन व्यवस्थाका हरेक तहमा नागरिक सहभागितालाई अर्थपूर्ण बनाउँछ ।
- Transparency International ले पारदर्शितालाई यसरी परिभाषा दिएको छ :
‘पारदर्शिता भनेको सरकार, कम्पनी, सङ्गठन तथा व्यक्तिले सम्बन्धित सूचना, मूल्य, योजना, विधि तथा कार्यको स्पष्टसँग प्रकट हुने किसिमले खुला गर्ने गुण वा विशेषता हो ‘ (Transparency os a characteristics of government, companies, Organizationx and individuals that are open clear disclosure of information, values, plans, process and actiion.) - शासकीय प्रणालीमा सार्वजनिक सरोकारको विषयलाई नागरिक समक्ष प्रस्तुत गर्नु, सार्वजनिक निर्णय वा कार्यलाई देख्न सकिने, बुझ्न सकिने बनाउनुलाई पारदर्शिताको अर्थमा लिइन्छ । कुनै पनि विषयलाई प्रस्ट देखाउनु वा खुलाउनु, कुनै सूचनालाई सञ्चार गर्नु, सम्प्रेषण वा प्रकाशन गर्नुलाई पारदर्शिता भनिन्छ । यसले निम्न दुई अवस्थालाई समेट्छ : कुनै कुरा जान्न पाउने अधिकार (right to know) र सूचनामा आमजनताको पहुँच (public access to information) हुनु ।
- सार्वजनिक पदमा आसीन पदाधिकारीहरूले सम्पादन गरेका क्रियाकलाप र त्यस क्रममा लिइएका निर्णहरुको आम नागरिक समक्ष जानकारी पुर्याउने प्रक्रिया वा धारणा नै पारदर्शिता हो ।
- सार्वजनिक कामकारबाहीमा जनताको पहुँच रहेको अवस्था वा खुलापन रहेको अवस्थालाई बुझाउँछ ।
- सार्वजनिक कामका सम्बन्धमा cause, process and result बारे आम नागरिकहरू सुसूचित हुने अवस्था ।
- पारदर्शिता यस्तो विषय हो जसको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक पदाधिकारीहरूमा जवाफदेही वृद्धि गराउँछ, भ्रष्टाचार र अनियमित नियन्त्रण गराउँछ, शासन व्यवस्थाका हरेक तहमा नागरिक सहभागितालाई अर्थपूर्ण बनाउँछ ।
आवश्यकता र महत्व
- राज्यको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेहि र जिम्मेवार बनाउन,
- सूचनामा आम नागरिकको पहुचलाई सरल र सहज बनाउन,
- राज्य र नागरिकको प्रतिकुल असर पार्ने सवेंदनशिल सूचनाको संरक्षण गर्न,
- नागरिकको सूसुचित हुने हकलाई संरक्षण र प्रर्वद्धन गर्न,
- खुला सरकारको अवधारणालाई व्यावहारमा नै आत्मसात गर्न,
- प्रदान गरिने सेवाको मूल्य वास्तविक लागतमा आधारित गर्न,
- निर्णय प्रक्रियामा सम्बन्धित सेवाग्राहीको सहभागिता खुला गर्ने,
- अनियमित र गलत कार्यलाई सतर्क गराउन र उजागर गर्न संखघोष (Whistle Blowing)लाई प्रभावकारी बनाउने ।
- सार्वजनिक निकायमा निष्पक्षता र समानता कायम गराउन,
- सुशासनलाई व्यावहारमा उतार्न,
- नागरिकको आत्मसम्मान बढाउन,
- सेवा प्रवाहमा दक्षता र प्रभावकारीता वृद्धि गर्न,
- सूचनाको हकको ग्यारेन्टि गर्न,
सिद्धान्तहरु
- अत्याधिक सूचना प्रवाह(maximum disclosure)
- प्रकाशनको सिद्धान्त (principle of Obligation to public)
- खुला सरकारको प्रवर्धन (principle of Obligation to public)
- सूचनाको पहुचका लागि प्रक्रियागत सहजीकरण(process to facilitate actions)
- सेवा शुल्क सम्बन्धी सिद्धान्त(principle of minimum cost)
- सूचनाको खुला सार्वजिनिकरण (princiole of open meeting)
- सूचनाको प्रभाव प्रक्रियासम्मत हुनुपर्दछ (disclosure takes procedure)
- सबैका लागि शिक्षा (Education for All)
- गोप्य मनोविज्ञानको सामना गर्न (tackling the culture of secrecy)
- सूचना सम्बन्धी अपवादको सिमितता (limitation of Exception)
- सूचनादाताहरुको संरक्षणको सिद्धान्त (principle of whistle Blower Protection)