1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व :
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ४ ले सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्वलाई स्ष्पट गरेका छ जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
(१) नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्ने गराउने,
(२) उपरोक्त प्रयोजनको लागि देहायका काम गर्नु सार्वजनिक निकायको दायित्व हुनेछः–
(क) सूचना वर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गर्ने गराउने,
(ख) सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने,
(ग) आफ्नो काम कारबाही खुला र पारदर्शी रुपमा गर्ने,
(घ) आफ्ना कर्मचारीको लागि उपयुक्त तालीम र प्रशिक्षणको व्यवस्था गर्ने ।
(३) सार्वजनिक निकायले उपरोक्त बमोजिम सूचना सार्वजनिक, प्रकाशन वा प्रसारण गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आमसञ्चारका माध्यमबाट गर्न सक्नेछ ।
यसैगरी सार्वजनिक निकायको दायित्वमा निम्म कुराहरु पनि राख्न सकिन्छ :
- आफ्ना निकायका सूचना सहज एवं नियमित रुपबाट उपलब्ध गराउन सूचना अधिकारी, सूचना शाखाको व्यवस्था गर्ने ,
- राष्ट्रिय सूचना आयोगसँग नियमित रुपमा अन्तरक्रिया गरी सूचनाको हकलाई प्रभावकारी बनाउने ,
- कसैले सार्वजनिक निकायबाट प्राप्त गरेको सूचनाको दुरुपयोग गरेमा राष्ट्रिय सूचना आयोगसमक्ष उजुरी गर्ने आदि ।
✍ ललित कुमार बस्नेत , prashashan.com