1.2 शासनको प्रशासनिक संरचना
परिचय :
शासनको राजनैतिक संरचनाले निर्माण गरेका सार्वजनिक नीतिहरुको कार्यान्वयनमा केन्द्रित रहने संस्था तथा संयन्त्रहरुको समष्टि नै शासनको प्रशासनिक संरचना हो ।
यसभित्र खासगरी कार्यपालिका तथा त्यस अन्तर्गतका विभिन्न मन्त्रालय, विभाग र क्षेत्रीय तथा स्थानीय स्तरका कार्यालयहरु पर्दछन् ।
पूर्णतः स्वतन्त्र र स्वायत्त सरकारको अंगका रुपमा रहने न्यायपालिका, विभिन्न संवैधानिक अंगहरु, आयोग तथा समितिहरु र विभिन्न सुरुक्षा निकायहरु पनि शासनको प्रशासनिक संरचनाभित्रै पर्दछन् ।
प्रशासनिक संरचनाका सिद्धान्तहरु
१. आदेशको सृंखला (Chain of command): व्यक्ति वा समुहले कस्को आदेश मान्ने र कसलाई प्रतिवेदन गर्ने ।
२. नियन्त्रणको दायरा (Span of Control) : एक जना सुपरीवेक्षकले कति जना सहायकलाई निर्देशन र नियन्त्रण गर्ने ।
३. केन्द्रीकरण (Centralization): निर्णय गर्ने अधिकार कहाँ रहने ।
४. विशिष्टिकरण (Specialization): क्रियाकलापहरुलाई विशिष्टताका आधारमा कति पदहरुमा विभाजन गर्ने ।
५. औपचारिकीकरण (Formalization) कर्मचारी तथा प्रवन्धकलाई निर्देशित गर्ने कति ऐन नियम हुने ।
६. विभागीयकरण (Departmentalization): समान क्रियाकलाप र प्रकृतिका पदहरुलाई समुहिकीकरण गरी एक विभाग वा इकाई बनाउने ।
प्रशासनिक संरचना निर्धारण गर्दा ध्यान दिनुपर्ने कुरा
१. गैर खष्डिकरण (Non-fragmentation): एउटा सिंगो काम सम्भव भएसम्म एउटै ईकाईलाई दिने
२. गैर दोहोरोपना (Non-overlap): एकै अवस्थामा एकैखाले कार्य गर्न दुई निकायलाई उस्तै अधिकार दिइनु हुन्छ ।
३. नियन्त्रणको दायरा (Span of Control): कामहरुलाई व्यवस्थापन गर्न सम्भव हुने किसिमका संगठनात्मक आकारमा समुहिकरण गर्नु पर्छ ।
४. समरुपता (Homogeneity): एउटै प्रशासनिक इकाईले धेरै कार्य गर्नु हुन्न ।
शासनको प्रशासनिक संरचनाका अंगहरु
1. राष्टपति तथा उपराष्टपतिको कार्यालय
2. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
3. विषयगत मन्त्रलयहरु,
4. तीनै तहका अदालतहरु,
5. संवैधानिक निकायहरु,
6. सुरक्षा निकायहरु,
7. विभिन्न आयोग तथा समितिहरु,
8. मन्त्रालय अन्तर्गतका विभागहरु,
9. क्षेत्रीय, अञ्चल, जिल्ला तथा इलाका कार्यालयहरु ।
नेपालको शासनको प्रशासनिक संरचना
· प्रशासनिक क्षेत्रका रुपमा एउटा संघ, सातवटा प्रदेश र ७५३ वटा स्थानीय निकायहरु
· राष्टपति तथा उपराष्टपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषको कार्यालय ।
· तीन तहका अदालतहरु (जिल्ला, उच्च र सर्वोच्च) ।
· विभिन्न संवैधानिक निकायहरु ।
· २१ वटा मन्त्रालयहरु र ती मातहतका विभागहरु ।
· विभिन्न सुरक्षा नियकाय र ती मातहतका संगठनहरु ।
· विभिन्न आयोग, समिति, र वोर्डहरु ।
· अञ्चल, जिल्ला र इलाकास्तरीय कार्यालयहरु ।
नेपालको प्रशासनिक संरचनाका समस्याहरु
· कामको बोझ र सांगठनिक संरचनाबीच तादम्यता कायम गर्न नसकिएको ।
· प्रशासनिक संरचनाहरुबीचमा कार्यगत दोहोरोपना व्यप्त रहेको ।
· पर्याप्त business दिन नसकिएका क्षेत्रीय कार्यालय जस्ता संरचनाहरु पनि अस्थित्वमा रहिरहँदा सरकारलाई अनावश्यक आर्थिक बोझ परेको ।
· प्रशासनिका संरचनालाई समय सापेक्ष सुधार गरी चुस्त, दुरुस्त र प्रभावकारी तुल्याउन नसकिएको ।
· संरचनाहरुबीचमा पारस्परिक सञ्चार र समन्वयको अवस्था कम्जोर रहेको ।
· परिवर्तित सन्दर्भ र आवश्यकता अनुसार संगठनहरुको पुनर्संरचना र सुधार गर्न नसकिएको ।
नमुना प्रश्नहरु
१. शासनको राजनैतिक तथा प्रशासनकि संरचना भन्नाले के बुझ्नुहुन्छ ? नेपालको सन्दर्भमा उदाहरणसहित चर्चा गर्नुहोस् । (१०)
२. नेपालको शासनका राजनैतिक संरचनाहरुमा रहेका कमजोरीहरु औंल्याउँदै तिनमा सुधार गर्न के गर्नु पर्ला सुझाव दिनुहोस् । (५+५ = १०)
३. नेपालको प्रशासनिक संरचनाहरुमा रहेका समस्याहरु केलाउँदै तिनमा सुधार गर्न के गर्नु पर्ला ठोस सुझावहरु प्रस्तुत गर्नुहोस् । (५+५=१०)