1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
राज्यको स्वरुपः
- संघीय लोकतान्त्रिक गणतन्त्र ।
- यद्यपि नयाँ संविधान निर्माण भई संघीय व्यवस्था कार्यान्वयन नभइसकेको अवस्थामा एकात्मक स्वरुपकै अभ्यास भइरहेको ।
सरकारको स्वरुपः
- संसदीय सरकार ।
- बहुमतबाट निर्वाचित संसदको सदस्य प्रधानमन्त्री हुने र प्रधानमन्त्रीले अन्य मन्त्रीहरुको नियुक्ति गर्ने ।
- तर संसदीय सरकारको मान्यता विपरित संसदमा सदस्य नरहेको व्यक्ति पनि मन्त्री हुन सक्ने व्यवस्था ।
- सम्पूर्ण कार्यकारी अधिकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा हुने ।
- राष्टपति नाममात्रको राज्य प्रमुख हुने ।
शक्तिको बाडफाँडः
- शक्ति र अधिकारको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच विभाजन भई सन्तुलन र नियन्त्रणको सिद्धान्त अनुरप पारस्परिक अन्तरसम्बन्धका आधारमा कार्य गर्ने पद्धति रहेको ।
राजनैतिक दल र निर्वाचन प्रणालीः
- बहुदलीय शासन व्यवस्थाको मान्यता अनुरुप राजनैतिक दलहरुबीच स्वस्थ राजनैतिक प्रतिस्पर्धाद्धारा निर्वाचनमार्फत सत्ता हस्तान्तरण हुने प्रणाली ।
- समावेशी लोकतन्त्रको प्रवद्र्धन गर्न मिश्रित निर्वाचन प्रणालीको अभ्यास ।
नेपालको शासनको राजनैतिक संरचना
- राजनैतिक संरचनाको प्रमुख अंगका रुपमाः
- राष्टपति तथा उपराष्टपति,
- प्रधानमन्त्री तथा मन्त्रीपरिषद्,
- व्यवस्थापिका संसद र संसदीय समितिहरु,
- स्थानीय सरकारका रुपमा जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिहरु, र
- निर्वाचन आयोगमा दर्ताभएका विभिन्न राजनैतिक दलहरु तथा तिनका विभिन्न भातृ संगठनहरु ।
नेपालको राजनैतिक संरचनाका समस्याहरु
- राष्ट प्रमुख र सरकार प्रमुखका बीचमा कार्यक्षेत्र तथा अधिकारका विषमा पटक पटक विवाद सिर्जना हुने गरेको ।
- व्यवस्थापिका र न्यायपालकिका बीचमा एकले अर्काको क्षेत्राधिकारमा हस्तक्षेप गर्ने गरेको आरोप प्रत्यारोप लाग्ने गरेको ।
- दुवै संरचना आआप्mनो क्षेत्राधिकारमा सीमित रही पारस्परिक सहयोगात्मक अन्तरसम्बन्धको सिद्दान्त अनुरुप चल्न नसकेको ।
- शक्ति पृथकीकरण र सन्तुलनसम्बन्धी व्यवस्था स्पष्ट नभएको ।
- संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसदको विघटन गर्न सक्ने, संसदको सदस्य मात्र मन्त्री हुन पाउने, प्रधानमन्त्रीले आप्mनो इच्छा अनुसार मन्त्री राख्न र हटाउन सक्ने जस्ता व्यवस्थाहरु नरहेको ।
- मिश्रित निर्वाचन प्रणाली अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा थुप्रै कम्जोरी र विकृतिहरु देखा परेका ।
- स्थानीय नियकायहरु लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा स्थानीय शासन प्रणाली कम्जोर भएको ।
- राजनैतिक दलहरुको आन्तरिक प्रजातन्त्रको अवस्था कम्जोर रहेको ।
- दलहरुका बीचमा अस्वस्थ प्रतिस्पर्धा र सत्ताकेन्द्रित राजनीति हावी भएको ।