1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
शासनका आधारभूत पक्षहरु
शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।
मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन् :–
- नागरिक सर्वोच्चता :– नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ ।
- शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :– शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ । साथै, अंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।
- कानुनको शासन :– कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
- बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध :– शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ ।
- दुरदृष्ट्रियुक्त कार्यशैली :– शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।
यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्
शासनका विशेषताहरु
शासन वा शासन प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :–
- शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फत संचालन गरिन्छ ।
- सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
- शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
- राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।
- शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।
- शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको हुन्छ ।
यसप्रकार शासन सरकारको गुण, राज्यको आदर्श त्तव र राज्यशक्तिको प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका रुपमा रहेको हुन्छ ।