1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
पृष्ठभूमि
लोकतान्त्रिक विधि र प्रक्रियाबाट स्थापित सरकारले जनताको हित प्रवर्द्धन गर्न राजनीतिक र कानुनी प्रक्रियाबाट आफुलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गरेर नीति बनाउने र कार्यान्वयन गर्ने प्रक्रियालाई शासन भनिन्छ ।
व्यक्ति, समाज र राज्यलाई व्यवस्थित गर्ने, नियमहरुको निर्माण गर्ने, तिनको कार्यान्वयन गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने, नियमन गर्ने, नियन्त्रण गर्ने तथा राज्यका समग्र पक्षको व्यवस्थापन गरी जनतालाई सुखी र खुसीको अनुभूति प्रदान गर्नु शासनको उद्देश्य रहेको हुन्छ।
शासन सार्वजनिक क्षेत्र, निजी क्षेत्र, गैरसरकारी सबै क्षेत्रलाई व्यवस्थित गर्न अभ्यासमा आउने गर्दछ यो एक वृहत अवधारणा हो ।
परम्परागत रुपमा शासनको सिमित विषय र कार्यक्षेत्र रहेकोले त्यो बेलामा सरकार नै शासन हो भन्ने बुझिन्थयो ।
तर सन १९८० को आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापिकरणको अवधारणाको विकास भएपश्चात शासन भन्नाले सरकारले
राष्ट्रिय, उपराज्जीय र पराराज्यीय तहका सार्वजनिक, निजी र गैरसरकारी तीनवटै क्षेत्रका शासकीय सहयात्री पात्रहरुको सहकार्य, समन्वय र साझेदारीमा मुलुकको आर्थिक, सामाजिक विकासको प्रयल गर्ने समग्र पद्धति प्रक्रिया र तरिकालाई बुझिन्छ ।
मानिस समाजमा व्यवस्थित रुपमा बसोबास गरे देखि नै शासन अस्तित्वमा आएको हो तर विभिन्न समयको कालखण्डमा शासन
सम्वन्धी अवधारणा सन्दर्भ अनुकूल परिमार्जित हुँदै आएकोले शासनको अवधारणा समय सापेक्ष परिवर्तनशील हुने गर्दछ।
शासन राजनीतिको अवयव हो l निरन्तर रूपमा विभिन्न कालखण्डमा शासनका श्रोत, शैलीमा परिवर्तन भए पनि शासन अकाट्य सत्य हो l शासनको मूल श्रोत शक्ति नै हो l शुरुवाती चरणमा शासन दैवी शक्तिलाई शासनको मूल श्रोत मानिन्थ्यो l त्यसैले राजा वा धर्म गुरु लाई दैवी शक्तिको प्रतिनिधि मानेर शासनको अधिकारी मानिन्थ्यो l
उनीहरूलाई धर्मको अधिकारी मानिन्थ्यो l धर्मका आधारमा शासन गरिन्थ्यो l भारत वर्षमा राजालाई नै विष्णुको अंश मानेर शासनको अधिकार हुन्थ्यो l युरोपमा दैवी शक्ति राजा वा धर्मगुरु कसमा हुने भन्ने ? विषय लामो समय विवादको विषय रहेको थियो l जुन विवादको संघर्षले आधुनिक लोकतन्त्रको विकास भएको पाइन्छ l ५ हजार वर्ष अगाडी मानव सभ्यताको सुरुवातसँगै शासनका केही प्रारूपहरू सुरु भएको पाइन्छ l त्यति बेला मानव जातिको अस्तित्व जोगाउनु उक्त प्रारूपको उद्देश्य रहेको थियो l पाँचौँ शताब्दीमा ग्रिसको एथेन्स नगरबाट लोकतान्त्रिक शासन प्रजातन्त्रको रूपमा उदय भएको पाइन्छ l एथेन्समा गणराज्यको अभ्यास भएको थियो l गणराज्यको सो अवधारणामा अन्ततः राजतन्त्रको रूपमा विकास भएको पाइन्छ l प्राचीन रोम साम्राज्यको उदयसँगै राजतन्त्र, सेना, चर्चद्वारा शासन गर्ने प्रणालीको विकास भएको पाइन्छ l उक्त शासनमा प्रतिरक्षा, राज्यको विस्तार, शान्ति-सुरक्षा शासनका प्रमुख प्राथमिकता थिए l समय चक्र अनुसार नयाँ प्रकृतिका शासन व्यवस्थाहरू विकास हुँदै गए l
अवधारणा
लोकतान्त्रिक विधि र प्रक्रियाबाट स्थापित सरकारले जनताको हित प्रवर्द्धन गर्न राजनीतिक र कानुनी प्रक्रियाबाट आफुलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गरेर नीति बनाउने र कार्यान्वयन गर्ने प्रक्रियालाई शासन भनिन्छ ।
- व्यक्ति, समाज र राज्यलाई व्यवस्थित गर्ने, नियमहरुको निर्माण गर्ने, तिनको कार्यान्वयन गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने, नियमन गर्ने,
नियन्त्रण गर्ने तथा राज्यका समग्र पक्षको व्यवस्थापन गरी जनतालाई सुखी र खुसीको अनुभूति प्रदान गर्नु शासनको उद्देश्य रहेको
हुन्छ। - शासन सार्वजनिक क्षेत्र, निजी क्षेत्र, गैरसरकारी सबै क्षेत्रलाई व्यवस्थित गर्न अभ्यासमा आउने गर्दछ यो एक वृहत अवधारणा हो ।
- परम्परागत रुपमा शासनको सिमित विषय र कार्यक्षेत्र रहेकोले त्यो बेलामा सरकार नै शासन हो भन्ने बुझिन्थयो ।
- तर सन १९८० को आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापिकरणको अवधारणाको विकास भएपश्चात शासन भन्नाले सरकारले राष्ट्रिय, उपराज्जीय र पराराज्यीय तहका सार्वजनिक, निजी र गैरसरकारी तीनवटै क्षेत्रका शासकीय सहयात्री पात्रहरुको सहकार्य, समन्वय र साझेदारीमा मुलुकको आर्थिक, सामाजिक विकासको प्रयल गर्ने समग्र पद्धति प्रक्रिया र तरिकालाई बुझिन्छ ।
- मानिस समाजमा व्यवस्थित रुपमा बसोबास गरे देखि नै शासन अस्तित्वमा आएको हो तर विभिन्न समयको कालखण्डमा शासन सम्वन्धी अवधारणा सन्दर्भ अनुकूल परिमार्जित हुँदै आएकोले शासनको अवधारणा समय सापेक्ष परिवर्तनशील हुने गर्दछ।
शासनको विकासक्रमका महत्त्वपूर्ण प्रयासहरू
- सन् १२१५ बेलायतमा जारी म्याग्नाकार्टाले शासनको केन्द्रबिन्दुमा नागरिक स्वतन्त्रताको मान्यता स्थापित गरेको,
- सन् १६८८/१६८९ मा बेलायतमा जारी Bill of Right ले संसदीय सर्वोच्चताको मान्यतालाई स्थापित गरेको,
- सन् १७८९ मा अमेरिकाको संविधानले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त सहित अध्यक्षात्मक, संघिय लोकतान्त्रिक शासन, गणतान्त्रिक शासन प्रणालीको आरम्भ गरेको,
- सन् १७८९मा फ्रान्सेली क्रान्तिले निरङ्कुश राजतन्त्रको अन्त्य गरी जनताको शासन स्थापित गरेको,
- १८ औँ शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तिको विकाससँगै निजी क्षेत्र पनि शासनको पात्रको रूपमा स्थापित भएको,
- सन् १९३०को आर्थिक मन्दीपछि किन्सियन अर्थशास्त्रको बजारमाथि राज्यको नियन्त्रणको मान्यतालाई शासनमा अवलम्बन गरिएको,
- सन् १९४५ दोस्रो विश्व युद्धको समाप्ति र उपनिवेशवादको अन्त्यसँगै बहुस्तरीय शासनको सुरुवात भएको,
- सन् १९८० को दशकमा विकसित उदारीकरणको मान्यताले शासनको मान्यता आएको,
- सन् १९९० को दशकमा विकसित नयाँ सार्वजनिक व्यवस्थापनले निजी क्षेत्रका सफलतम अभ्यासलाई सार्वजनिक व्यवस्थापनमा भित्राउने काम भएको,
- सन् १९९० दशक पछि लोकतान्त्रिक शासन प्रणालीको विश्वव्यापी विस्तार, नागरिक समाज,आमसञ्चारको तीव्र विकास र सुचना-प्रबिधिको उच्चतम प्रयोग र विकास भएको,
- सन् २००२ पछि नयाँ सार्वजनिक प्रशासनको मान्यताले जनताको वरिपरि पुगेर सेवा प्रवाह गर्नुपर्ने मान्यताको विकास भएको,
हाल शासन प्रणालीमा बिद्धुतीय शासन, सुशासन, सहकारितामूलक शासन,अनौपचारिक शासनजस्ता मान्यता आएको,सरकारको भूमिका सहजकर्ता, प्रवर्द्धक र नियामक रूपमा सीमित भएको l
शासनको अर्थ
- सरकार आफू प्रमुख पात्रकारूपमा रही निजी क्षेत्र र गैर सरकारी क्षेत्रसँग सहकार्य र साझेदारीको कार्य गर्ने पद्धति हो l
- सार्वजनिक मामलाहरूको व्यवस्थापनमा संलग्न सबै संरचना, पात्र र कार्यहरूको समष्टि नै शासन हो l
- राज्यको नीति निर्माण वा निर्णय गर्ने र सोको कार्यान्वयन गर्ने प्रक्रिया हो l
- शासन राज्य सञ्चालन गर्ने पद्धति हो l
- राजनीति, प्रशासन र समाजबीचको संयोजन र सम्बन्ध हो l
- कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले गर्ने समग्र क्रियाकलाप हो l
- कानुन उल्लङ्घन गर्नेलाई भय शक्तिको प्रयोग गर्ने माध्यम हो l
- राज्य नियमन, व्यवस्थापन, जनपरिचालन र सेवा प्रवाह गर्ने वैधानिक तरिका नै शासनको मूल मर्म हो l
- सरकारले गर्ने नियमित, आकस्मिक तथा विकासात्मक गतिविधिको समग्रता हो l
✍ चेतराज बजगाई , prashashan.com
✍ लक्ष्मीप्रसाद शर्मा ,Nijamatikhabar