No. 1 Self Learning Platform

लोक सेवा तयारी
अब झन् सजिलो!

Join thousands of students preparing for Kharidar, NaSu, and Officer exams with our comprehensive courses and daily updates.

20k+
Questions
500+
Tests
Daily
Current Affairs
Loksewa Online Exam App Interface
Premium Packages

Complete Preparation Bundles

Contains 5 Courses

Start Preparing शिक्षक सेवा : प्रथम पत्र २०८३

  • शिक्षक सेवा : प्रथम पत्र (सामान्य ज्ञान)
  • शिक्षक सेवा : प्रथम पत्र (शिक्षा सम्बन्धि आधारभूत ज्ञान)
  • शिक्षक सेवा : प्रथम पत्र (IQ)
  • शिक्षक सेवा : प्रथम पत्र (सूचना तथा सञ्चार प्रविधि )
  • शिक्षक सेवा : प्रथम पत्र (संविधान र ऐन नियम)
  • Current Affairs PDF Included
Contains 4 Courses

Start Preparing 3 Month Plan

  • Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)
  • Old Questions
  • Current Affairs Tests
  • Topic Wise English Tests
  • Current Affairs PDF Included
Contains 4 Courses

Start Preparing Yearly Plan

  • Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)
  • Old Questions
  • Current Affairs Tests
  • Topic Wise English Tests
  • Current Affairs PDF Included
Contains 4 Courses

Start Preparing Monthly Plan

  • Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)
  • Old Questions
  • Current Affairs Tests
  • Topic Wise English Tests
  • Current Affairs PDF Included
Daily Updates

Current Affairs

IMPORTANT

नोबेल पुरस्कार २०२५

👍 91 Helpful
IMPORTANT

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

👍 46 Helpful
IMPORTANT

नेपाल र साउदी अरेबिया बीच श्रम सम्झौतामा हस्ताक्षर

👍 43 Helpful
IMPORTANT

३० औं कोप सम्मेलन २०२५

👍 43 Helpful
IMPORTANT

विभिन्न सूचकांकमा नेपालको पछिल्लो स्थान

👍 41 Helpful
IMPORTANT

महिला टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा समूह चरणबाटै बाहिर

👍 37 Helpful
Promotional Banner

Popular Courses

Topic-wise notes & practice sets

Daily Test

Daily Test
102 Sets 401 Qs
16270 Students Attempted View Details

Gorakhapatra

Gorakhapatra
20 Sets 398 Qs
3638 Students Attempted View Details

Complete Topic Wise Tests (Officer, Nasu, Kharidar)

All
389 Sets 9347 Qs
3357 Students Attempted View Details

Old Questions

All
30 Sets 848 Qs
1333 Students Attempted View Details

Current Affairs Tests

All
25 Sets 562 Qs
733 Students Attempted View Details

द्वित्तीय पत्र : Topic अनुसार लेख संग्रह

Officer
0 Videos 0 PDFs
Popular Course View Details

Exam Articles & Notices

Guides, notices & preparation tips

Gorakhapatra

गोरखापत्र वस्तुगत : २०८२ माघ २८

१. साफ यु–१९ महिला च्याम्पियनसिप, २०२६ को उपाधि कुन देशले जितेको छ ? उत्तर: भारतउपविजेता : बङ्गलादेशसञ्चालन मिति : २०८२ माघ १७–२४सहभागी टोली : चार (नेपाल, भारत, बङ्गलादेश, भुटान)पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा विसं २०८२ माघ २४ मा सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अख्तरले पाएकी छिन्।उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ।२. अरनिको युवा कला पुरस्कार, २०८२ बाट कसलाई सम्मान गरिएको छ ? उत्तर: सुरेम देशारयो पुरस्कार विसं २०८२ माघ २३ गते प्रदान गरिएको हो।पुरस्कार : ५० हजार रुपैयाँसहित सम्मानपत्र३. अभिनेता सुनील थापाको निधन कहिले भएको थियो ? उत्तर: विसं २०८२ माघ २४ (६८ वर्ष)४. इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२५’ जित्न सफल नेपाली इन्स्योरेन्स कम्पनी कुन हो ? उत्तर: सूर्यज्योति लाइफ इन्स्योरेन्सअवार्डको छैटौँ संस्करण अन्तर्गत ६ फेब्रुअरी, २०२६ मा इन्डियन चेम्बर अफ कमर्सले थाइल्यान्डको बैङ्ककमा आयोजना गरेको ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२५’ मा सूर्यज्योति लाइफले बेस्ट इनोभेसन लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरेटेक–नेपाल विधामा अवार्ड हासिल गर्न सफल भएको हो।विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रियबिमाविज्ञलगायत थुप्रै प्रतिष्ठित संस्थाबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी विभिन्न वित्तीय सूचाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो।५. नेपाल बिमा प्राधिकरणको पहिलो महिला अध्यक्ष को हुन् ? उत्तर: चन्द्रकला पौडेलविसं २०८२ माघ १३ गतेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो।६. विश्व क्यान्सर दिवस कहिले मनाइने गरिन्छ ? उत्तर: फेब्रुअरी ४सन् २०२६ को थिम : युनाइटेड बाइ युनिकयो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ।सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’ बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष करिब ९० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ।७. छोरी बिमा कार्यक्रम मधेश प्रदेशले सुरु गरेको हो भने बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम कुन प्रदेशले सुरु गरेको हो ? उत्तर: कर्णाली प्रदेश८. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ? उत्तर: ९६.८५ प्रतिशतत्यस्तै सुरक्षित खानेपानी (उच्च मध्यमस्तर) सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ।९. अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको निधन कहिले भएको हो ? उत्तर: सन् २०२४ जुन ७१०. मधेश प्रदेश सरकारले नागरिक घरधुरी बिमा कहिलेदेखि सुरु गरेको हो ? उत्तर: विसं २०८२ साउन १११. ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका कति प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच विस्तार भएको छ ? उत्तर: ८२ प्रतिशतराष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०८२ माघ २६ मा सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५’ अनुसार नेपालका ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच विस्तार भएको जनाइएको छ।नेपालका घरधुरी र विभिन्न उमेर समूहका व्यक्तिबिच स्मार्टफोन र इन्टरनेटको पहुँच उच्च रहे पनि प्राविधिक सिप र डिजिटल साक्षरताको स्थिति अत्यन्तै कमजोर पाइएको।व्यावसायिक वा उत्पादनमूलक कार्यका लागि आवश्यक कम्प्युटर (डेस्कटप, ल्यापटप, ट्याबलेट) को स्वामित्व भने १६.८ प्रतिशतमा सीमित रहेको छ।सर्वेक्षण अनुसार डेटा व्यवस्थापन र व्यावसायिक कार्यका लागि आधारभूत मानिने स्प्रेडासिट (एक्सेल) मा गणितीय सूत्र प्रयोग गर्न सक्ने जनसङ्ख्या १०.२ प्रतिशत मात्र रहेको। कम्प्युटर प्रोग्रामिङ गर्न सक्ने जनसङ्ख्या त झनै कम ३.१ र डकुमेन्ट वा डिभाइसबिच तथ्याङ्क वा सामग्री कपि पेस्ट गर्न सक्ने २४.२ प्रतिशत रहेका छन्।यसले मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाली अगाडि रहे पनि सफ्टवेयर निर्माण र उच्च प्राविधिक जनशक्ति उत्पादनमा पछाडि रहेको सङ्केत गर्छ। पेनड्राइभ, क्यामेरा वा प्रिन्टर जस्ता डिभाइस जडान गर्न जान्नेहरू ९.३ प्रतिशत मात्रै छन् भने इलेक्ट्रोनिक प्रेजेन्टेसन बनाउन जान्नेहरूको हिस्सा १७.६ प्रतिशत रहेका छन्।१२. नेपालको कुन ठाउँमा कृषि आनुवंशिक केन्द्र (जीन बैङ्क) स्थापना गरिएको छ ? उत्तर: ललितपुरको खुमलटारजिन बैङ्कको स्थापनासँगै लोप हुने खतरामा रहेका विभिन्न जातका बिउ संरक्षण हुने छ।१३. सिम्बायोटिक लिङ्क भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ ? उत्तर: इन्डो–प्यासिफिक क्षेत्र१४. ‘ग्लोबल एआई एडप्सन इन २०२५ अ वाइडनिङ डिजिटल डिभाइड’ नामक प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको कति प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र ‘टुल’ प्रयोग गर्ने गरेका छन् ? उत्तर: करिब १३ प्रतिशतविश्वभर आर्थिक र सामाजिक गतिविधिको केन्द्रमा एआई प्रवेश गरिरहेका बेला नेपाललगायतका विकासोन्मुख देश भने यसको प्रयोगमा पछाडि पर्दै गएको प्रतिवेदनले देखाएको छ।प्रतिवेदन अनुसार ‘एआई डिफ्युजन’ अर्थात् एआई प्रयोगको विश्वव्यापी विस्तारमा १४७ देशमध्ये नेपाल ७६ औँ स्थानमा रहेको छ।प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको करिब १३ प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र ‘टुल’ प्रयोग गर्ने गरेका छन्। सन् २०२५ को सुरुवातको तुलनामा प्रयोग केही बढेको भए पनि एआई प्रविधि शिक्षा, व्यवसाय र सार्वजनिक सेवामा गहिरो रूपमा समावेश गरिसकेका देशहरूसँग तुलना गर्दा नेपाल अझै पछाडि देखिन्छ।संयुक्त अरब इमिरेट्स (युएई) एआई प्रयोगमा विश्वकै अग्रस्थानमा छ। सूचीमा भारत ६४ औँ र चीन ६१ औँ स्थानमा छन्। दक्षिण एसियाली देशमध्ये भुटान र माल्दिभ्स भने सूचीमै छैनन्।अमेरिका २४ औँ स्थानमा छ भने सिङ्गापुरलगायत केही विकसित देशमा एआई प्रयोगको दर नेपालभन्दा धेरै गुणा बढी छ।१५. फोर्ब्सको नयाँ तथ्याङ्क अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को रहेका छन् ? उत्तर: एलन मस्कविश्व प्रसिद्ध अमेरिकी आर्थिक म्यागेजिन फोर्ब्सका अनुसार, मस्कको कुल सम्पत्ति अहिले ८५० बिलियन डलर (करिब ११३ लाख करोड नेपाली रुपैयाँ) को ऐतिहासिक उचाइमा पुगेको छ।मस्कको एक्लो नेटवर्थ नेपालको मात्र होइन, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश जस्ता दक्षिण एसियाली मुलुकको कुल अर्थतन्त्र जोड्दा हुने रकमभन्दा पनि धेरै रहेको।मस्कले एकै दिनमा मात्रै ८४ बिलियन डलर थपेर इतिहासकै सबैभन्दा धनी व्यक्तिको कीर्तिमान रचेका हुन्।फोर्ब्सका अनुसार, मस्कको यो चामत्कारिक छलाङको मुख्य कारण उनको रकेट कम्पनी ‘स्पेसएक्स’ ले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ‘एक्सएआई’ लाई खरिद गर्नु हो। पहिले दुई अलग अस्तित्वमा रहेका यी कम्पनी गाभिएर अहिले १.२५ ट्रिलियन डलरको एउटै कम्पनी बनेको छ।अक्टोबर २०२५ सम्म ५०० बिलियन डलरको आँकडामा रहेका उनी डिसेम्बरको मध्यतिर ६०० बिलियन, डिसेम्बर १९ मा ७०० बिलियन र अहिले जनवरी २०२६ सम्म आइपुग्दा ८५० बिलियन डलरको शिखरमा पुगेका छन्।१६. सन् २०२५ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने व्यक्ति को–को हुन् ? उत्तर: जोएल मोकिर (नेदरल्यान्ड्स), फिलिप अघिअन (फ्रान्स) र पिटर होविट (क्यानडा)१७. नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ? उत्तर: विसं २०६७ भदौ २८१८. नेपालमा सर्वप्रथम डिएनए परीक्षण गरिएको वनस्पति कुन हो ? उत्तर: चिराइतो१९. गोरखापत्र कहिलेदेखि प्रकाशित हुन थालेको हो ? उत्तर: विसं १९५८ वैशाख २४श्री ३ देवशमशेरले प्रकाशन प्रारम्भ गरेको ‘गोरखापत्र’ साप्ताहिक रूपमा विसं १९५८ को वैशाख २४ गते प्रकाशित भएको हो।गोरखापत्रले विभिन्न आरोहअवरोह खेप्दै १२५ वर्षदेखि अनवरत रूपमा प्रकाशित हुँदै आएको छ।प्रकाशन आरम्भ (क) विसं १९५८ वैशाख २४ (साप्ताहिक रूपमा) सोमबार (ख) विसं १९९१ वैशाख ९ देखि प्रत्येक हप्ताको शुक्रबार प्रकाशितपहिलो तस्बिर विसं १९८४ वैशाख १३ गते प्रकाशित वीरगन्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेको तस्बिर – पहिलो विशेषाङ्क – विसं १९९८ भदौ १७ उद्याङ्क।अर्ध साप्ताहिकको आरम्भ–विसं २००० असोज २९ गते सातामा मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशित।सातामा तीन पटक विसं २००३ पुस ८ गतेदेखि प्रकाशित।दैनिक प्रकाशन आरम्भ – २०१७ फागुन ७ गतेबाट।शनिबारीय परिशिष्टाङ्कको थालनी–विसं २०१९ असार ९ गतेदेखि।सायङ्कालीन प्रकाशन विसं २०१९ कात्तिक २ गतेदेखि २०२२ असोज २२ गतेसम्म बिहान र साँझ दिनमा दुई पटक प्रकाशित।रमाइलो शुक्रबार प्रकाशन आरम्भ–विसं २०४५ भदौ महिनादेखि चारपेजी अतिरिक्त अङ्क प्रकाशन।विसं २०५७ को वैशाख २४ गतेको प्रकाशनसँगै एक सय वर्ष अर्थात् शताब्दी प्रवेश।‘स्टप दी’ प्रेस–पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको समाचार।गोरखापत्रका सम्पादकगोरखापत्रको तालुकवालको रूपमा पहिलो पटक पं. नरदेव पाण्डेय रहनुभयो।व्यवस्थापकीय भूमिका रहने दोस्रो तालुकवालको रूपमा विसं १९६० भदौ २२ गतेबाट भाषासाधक जयपृथ्वीबहादुर सिंहलाई तोकियो।

Feb 11, 2026 Read Article →
News

विज्ञापन : कोशी प्रदेश, सहायक चौथो (प्राविधिक/अप्राविधिक)

कोशी प्रदेश लोकसेवा आयोगले सहायक चौथो तहको प्राविधिक र अप्राविधिक विभिन्न पदहरुको लागि नयाँ विज्ञापन आह्वान गरेको छ ! विस्तृत विवरणको लागि हेर्नुहोस विज्ञापन (Click to zoom)

Feb 09, 2026 Read Article →
News

लुम्बिनी प्रदेश लोकसेवा : सहायक चौथो विज्ञापन

लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ! हेर्नुहोस सूचना ! (click to zoom)

Feb 06, 2026 Read Article →