Gorakhapatra

गोरखापत्र वस्तुगत : २०८२ माघ १४

January 28, 2026

१. कार्बन उत्सर्जन न्यूनीकरण तथा वन पैदावरमार्फत कार्बन शोषित गर्दै विश्वबजारमा कार्बन व्यापारलाई औपचारिकता दिने एसियाको पहिलो मुलुक कुन हो ?

उत्तर: नेपाल

  • सन् २०२६ जनवरी २३ मा कार्बन व्यापार तथा वन पैदावर संरक्षण गरेबापत आर्थिक लाभ पाउने 'लिफ कोलिसन' नामक ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै कार्बन व्यापारबाट औपचारिक रूपमा लाभ लिने नेपाल एसियाको पहिलो मुलुक बनेको।
  • यस सम्झौतासँगै कम्तीमा ५५ लाख अमेरिकी डलर बराबरको जलवायु वित्त नेपाल भित्रिने भएको।
  • नेपाल अहिले आफैँ कार्बन उत्सर्जन कम गर्ने मुलुक मात्र होइन, वन पैदावरमार्फत अरूले बढाएको कार्बन शोषित गरेर वातावरण स्वच्छ पार्ने मुलुकमा दरिएको छ।
  • दिगो वन व्यवस्थापनको नीति अपनाउँदै भविष्यमा ९६ लाख अमेरिकी डलरसम्मको जलवायु वित्त भित्र्याउने योजना रहेको।

२. नेपाल र साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?

उत्तर: सन् २०२६ जनवरी २५

  • नेपाल सरकार र साउदी अरब सरकारबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले जनवरी २५ मा साउदी अरबको राजधानी रियादमा हस्ताक्षर भएको।
  • सम्झौतामा श्रमिकको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको जनाइएको।

श्रम सम्झौता भएका राष्ट्रहरू :

राष्ट्रसम्झौता मिति
कतारसन् २००५
युएईसन् २००७
दक्षिण कोरियासन् २००७
बहराइनसन् २००८
जापानसन् २००९
इजरायलसन् २०१५
जोर्डनसन् २०१७
मलेसियासन् २०१८
मौरिसससन् २०१९
बेलायतसन् २०२२
रोमानियासन् २०२३
जर्मनीसन् २०२३
साउदी अरेबियासन् २०२६ जनवरी २५

३. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरिएका मुलुकको सङ्ख्या कति रहेको छ ?

उत्तर: १११ (व्यक्तिगत रूपमा खुला गरिएका : १७८ देश)

४. अफ्रिका कप अफ नेसन्स, २०२६ को उपाधि जित्ने राष्ट्र कुन हो ?

उत्तर: सेनेगल

  • सेनेगलले जनवरी १८ मा घरेलु टिम मोरक्कोलाई १–० गोल अन्तरले हराएर सो उपाधि जितेको।
  • अफ्रिकाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिताको रूपमा रहेको अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले दोस्रो पटक जित्न सफल भएको। यसअघि सन् २०२१ मा सेनेगलले इजिप्टलाई पेनाल्टी सुटआउटमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो।

५. आर्थिक वर्ष २०८२/८३ को पुसमसान्तसम्म नेपालको सार्वजनिक ऋण कति पुगेको छ ?

उत्तर: रु. २८ खर्ब ६ अर्ब ३९ करोड

  • कुल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.९५ प्रतिशत बराबर रहेको।
  • वैदेशिक ऋणको हिस्सा : ५३ प्रतिशत (रु. १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख)
  • आन्तरिक ऋणको हिस्सा : ४७ प्रतिशत (रु. १३ खर्ब १९ अर्ब १३ करोड १० लाख)
  • कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात २१.६० र बाह्य ऋणको अनुपात २४.३५ प्रतिशत रहेको।
  • सरकारले चालु आवका लागि रु. पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको।

६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

उत्तर: विसं २०८२ कात्तिक १६–१७ (काठमाडौँ घोषणापत्र जारी।)

७. सरकारले विभिन्न ६ सेवा क्षेत्रलाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय कहिले गरेको हो ?

उत्तर: विसं २०८२ कात्तिक १२

८. पछिल्लो प्रतिवेदन अनुसार एआई प्रयोगमा नेपाल कति औँ स्थानमा रहेको छ ?

उत्तर: ७६ औँ स्थान (१४७ देशमध्ये)

  • प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको करिब १३ प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र ‘टुल’ प्रयोग गर्ने गरेका। सन् २०२५ को सुरुवातको तुलनामा प्रयोग केही बढेको भए पनि एआई प्रविधि शिक्षा, व्यवसाय र सार्वजनिक सेवामा गहिरो रूपमा समावेश गरिसकेका देशसँग तुलना गर्दा नेपाल अझै पछाडि देखिन्छ। प्रतिवेदनले इन्टरनेट पहुँच, उपकरणको लागत र डिजिटल साक्षरतामा असमानता रहेका मुलुकमा एआई प्रयोग सुस्त हुने उल्लेख गरेको।
  • विश्वभर आर्थिक र सामाजिक गतिविधिहरूको केन्द्रमा एआई प्रवेश गरिरहेका बेला नेपाललगायतका विकासोन्मुख देश भने यसको प्रयोगमा पछाडि पर्दै गएको ‘ग्लोबल एआई अडप्सन इन २०२५ अ वाइडेनिङ डिजिटल डिभाइड’ नामक प्रतिवेदनले देखाएको।
  • प्रतिवेदन अनुसार ‘एआई डिफ्युजन’ अर्थात् एआई प्रयोगको विश्वव्यापी विस्तारमा १४७ देशमध्ये नेपाल ७६ औँ स्थानमा रहेको। वरीयता नतोकिए पनि प्रतिवेदनले कामकाजी उमेर समूहका प्रयोगकर्ताको च्याटबट, डिजिटल एसिस्टेन्ट र कन्टेन्ट सिर्जना गर्ने प्रणाली जस्ता जेनेरेटिभ एआई प्रविधि र उपकरण प्रयोगका आधारमा मूल्याङ्कन गरेको।
  • संयुक्त अरब इमिरेट्स (युएई) एआई प्रयोगमा विश्वकै अग्रस्थानमा छ।

९. ‘जतिसुकै प्रयास गरे पनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिँदैन’ भन्ने भनाइ कसको हो ?

उत्तर: गौतम बुद्ध

१०. सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाउने निर्णय कहिले गरेको हो ?

उत्तर: विसं २०८२ माघ ८

  • स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट अब जति पनि लगानी स्वीकृत हुने भएको।
  • माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले तोकिएका व्यवसायका क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय गरेको। यसअघि स्वचालित मार्गबाट ५० करोड रुपियाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो।
  • सरकारले विसं २०८१ वैशाखदेखि अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो।
  • विदेशी लगानी गर्ने उद्योग क्षेत्रमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग रहेका छन्।

११. अमेरिकाको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?

उत्तर: विसं २०८२ पुस २८

१२. ‘सही निर्णय ज्ञानबाट आउँछ र सही ज्ञान अनुभवबाट’ भन्ने विचारक को हुन् ?

उत्तर: प्लेटो

१३. मुगु जिल्लामा अवस्थित कोइकी हिमाल (६,१६९ मि.) मा पहिलो पटक सफल आरोहण कहिले गरिएको हो ?

उत्तर: विसं २०८२ कात्तिक ३

  • ४ अष्ट्रियन र १ जर्मन गरी ५ जनाको टोलीले सो आरोहण सफलताका साथ सम्पन्न गरेका।

१४. मुगु जिल्लामा अवस्थित कोइकी हिमालमा पहिलो पटक सफल आरोहण कहिले गरिएको हो ?

उत्तर: विसं २०८२ कात्तिक ३

१५. राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको स्थापना कहिले भएको हो ?

उत्तर: विसं २०२२ माघ १०

  • यो बैङ्क विसं २०८२ माघ १० देखि स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्षमा प्रवेश गरेको।
  • हाल बैङ्कले मुलुकभर ७ प्रदेश ७७ ओटै जिल्ला सदरमुकामसँगै दुर्गम क्षेत्रमा समेत शाखा स्थापना गरी सेवा प्रवाह गरिरहेको।
  • राष्ट्रिय वाणिज्य बैङ्क लि. पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो वाणिज्य बैङ्क हो।
  • साबिक राष्ट्रिय वाणिज्य बैङ्क ऐन, २०२१ अन्तर्गत स्थापना भई बैङ्कसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैङ्क ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार विसं २०६३ वैशाख ६ गते पब्लिक कम्पनीका रूपमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त यस बैङ्कले वित्तीय संस्थाका रूपमा बैङ्किङ कारोबार गर्दै आएको।
  • बैङ्कले रणनीतिक योजना २०२०–२०२५ को सफल कार्यान्वयन गरी रणनीतिक योजना २०२५–२०३० को तर्जुमा कार्य अघि बढाएको।

१६. काठमाडौँ महानगरपालिकाद्वारा ७० वर्ष नाघेका नागरिकलाई कहिलेदेखि घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णय गरिएको हो ?

उत्तर: विसं २०८२ माघ

१७. सन् २०२६ जनवरी १ देखि कार्यकाल सुरु हुने गरी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा चयन भएका नयाँ अस्थायी राष्ट्र कुन-कुन हुन् ?

उत्तर: बहराइन, कङ्‌गो, लाइबेरिया, कोलम्बिया र लाटभिया

  • कार्यकाल समाप्त : सन् २०२७ डिसेम्बर ३१

१८. सोह्रौँ (२०८१/८२–२०८५/८६) योजनाको अन्त्यसम्म नेपालको बेरोजगारी दर कतिमा झार्ने लक्ष्य लिइएको छ ?

उत्तर: ५ प्रतिशत

१९. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि भएको प्रदेश कुन हो ?

उत्तर: गण्डकी प्रदेश

२०. विश्व भन्सार दिवस कहिले मनाइन्छ ?

उत्तर: जनवरी २६

  • सन् २०२६ (७४ औँ) को नारा : कस्टम प्रोटेक्टिङ सोसाइटी थु भिजिल्यान्स एन्ड कमिटमेन्ट।
  • ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ नाराका साथ यो दिवस मनाइएको।

Prepare Better

Get Daily Updates

Open App