गोरखापत्र वस्तुगत प्रश्नोत्तर संग्रह

२०८० बैशाख ६ 


१. तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन कहिले सम्पन्न भएको हो ?

 वि.सं. २०७९ चैत २३–२५, काठमाडौँ 

– राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको ।

– सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको ।

घोषणापत्रमा समेटिएका मुख्य व्यवस्था

– सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड,

– वातावरणमैत्री कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेल अगाडि बढाउने,

– नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि, 

– विशिष्टीकृत सहकारी सङ्घमार्पmत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, 

– कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन,

– सदस्यको बचतको सुरक्षाका लागि तीनै तहका सरकारका तर्फबाट सम्बोधन गर्न सामूहिक रूपमा बहस पैरबीका लागि पहल गरिने, 

– सहकारीको स्वस्थ एवं प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानका रूपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसात् गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने, 

– सरकार मातहत रहेका कोषहरू सरकारी बैङ्कमार्पmत सहुलियतपूर्ण रूपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्ने ।


२. विश्वकप फुटबल–२०२६ मा कति समूह निर्माण गरिने भएको छ ?

 १२ (चार–चार टोली सम्मिलित) 

– सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप समूहको फम्र्याट परिवर्तन भएको ।

– विश्वकपको इतिहासमा पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुन गइरहेको । यसअघि ३२ टोलीले सहभागिता जनाउँदा चार–चार टोलीको आठ समूह विभाजित गरिएको थियो तर २०२६ को विश्वकपमा टोलीको सङ्ख्या बढेपछि फम्र्याटमा तीन–तीन टोली राखेर १६ समूह बनाउने बताइएको थियो तर अब चार–चार टोली सामेल गरेर १२ समूह बनाइने भएको ।

– १२ समूहमा शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली गरी कुल ३२ टोली दोस्रो चरणमा पुग्ने फिफाले जनाएको । प्रत्येक टोलीलाई कम्तीमा तीन खेल खेलाउनका लागि फम्र्याट परिवर्तन गरिएको 

फिफाले जनाएको । 

विश्वकपमा छनोट हुने टोली

एसियाबाट : आठ

अफ्रिकाबाट : नौ

उत्तर अमेरिकाबाट : छ 

दक्षिण अमेरिकाबाट : छ

ओसियानाबाट : एक 

युरोपबाट : १६

प्लेअफबाट : दुई 

– (युरोपबाहेक अरू क्षेत्रका लागि प्लेअफ कोटा हुने ।)


४. निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा को चयन भएका छन् ?

 चन्द्रप्रसाद ढकाल

– व्यावसायिक घराना आईएमई समूहका अध्यक्ष ढकाल २०७९ चैत ३० मा महासङ्घको अध्यक्ष बनेका । 

– महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप ढकाल अध्यक्ष बनेका । 

– महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध चयन भएका । विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठ तीन वर्षपछिको कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । अञ्जन यसअघि महासङ्घमा वस्तुगततर्फको उपाध्यक्ष थिए । पोखरामा डेरी व्यवसायबाट व्यवसायी बनेका उनी लक्ष्मी ग्रुपका निर्देशक हुन् । 

– महासङ्घको जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका । 

– कार्यसमिति सदस्यहरू प्रत्येक प्रदेशबाट एक–एक जना रहने व्यवस्थाअनुरूप कोशी प्रदेशबाट नरेन्द्रकुमार खड्का, मधेश प्रदेशबाट अरुणकुमार प्रधान, बागमती प्रदेशबाट सबिन श्रेष्ठ, गण्डकीबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीले (आधा–आधा कार्यकाल), लुम्बिनीबाट जमशेर मियाँ, कर्णालीबाट लालीमान बुढा र सुदूरपश्चिमबाट जङ्गबहादुर मल्ल निर्वाचित भएका ।


५. नेपालमा व्यक्तिगत घटना दर्ता सप्ताह कहिले मनाउने गरिएको छ ?

 हरेक वर्ष वैशाख १–७

– ‘व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदलगायतका व्यक्तिगत घटना घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयमा दर्ता गरौँ– गराऔँ’ भन्ने मूल सन्देशसाथ यो वर्ष व्यक्तिगत घटना दर्ता सप्ताह मनाइएको । 

– नेपालमा वि.सं. २०३४ वैशाख १ देखि जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को कार्यान्वयनसँगै व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात भएको ।

– व्यक्तिको कानुनी पहिचान र सेवा प्रवाह प्राप्त गर्ने अधिकार सुनिश्चित गर्ने क्रममा व्यक्तिगत घटना दर्ता 

– कार्यलाई थप व्यवस्थित बनाउन हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ कार्यान्वयनमा रहेको ।

– युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड प्यासिफिकले सन् २०१५ देखि २०२४ सम्मको दशकलाई एसिया प्रशान्त क्षेत्रमा व्यक्तिगत घटना दर्ताको दशकका रूपमा मनाउने घोषणा गरेको । 

– नेपालले सन् २०२४ सम्ममा जन्म र मृत्युजस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पु¥याउने लक्ष्य लिएको । 

– २०७८ को राष्ट्रिय जनगणनाअनुसार पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्रै जन्मदर्ता भएको देखिएको ।

– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ ले घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जन्म, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ र मृत्युजस्ता व्यक्तिगत घटना निःशुल्क दर्ता हुने व्यवस्था गरेको ।

– स्थानीय तहका छ हजार ७४३ वडामध्ये छ हजार ५७६ वडाका घटना अनलाइनमा नै दर्ता गर्ने गरिएको । हालसम्म अनलाइन माध्यमबाट करिब ४८ लाख व्यक्तिगत घटना दर्ता भइसकेका । 

– ६९७ स्थानीय तहमा व्यक्तिगत घटनाका पुराना अभिलेखहरू ‘डिजिटाइजेसन’ गर्ने कार्य 

सम्पन्न भइसकेको । 


६. नेपाल लेखक सङ्घले राष्ट्रिय लेखन पुरस्कार कसलाई प्रदान गर्ने निर्णय ग-यो ?

 वैरागी काइँला

– सङ्घद्वारा पहिलो पटक प्रदान गरिने यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।

– सङ्घले वैशाख १६ (२०८०) मा राष्ट्रिय लेखक दिवस मनाउने र सोही अवसरमा पुरस्कार प्रदान गर्ने 

निर्णय गरेको ।

– वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरेर तत्कालीन श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ बाट हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाई दण्डित गरेको स्मरण गर्दै राष्ट्रिय लेखक दिवस मनाउने निर्णय भएको ।


७. संवैधानिक परिषद्को सचिव को हुने व्यवस्था छ ?

 मुख्य सचिव


८. साहित्य कलाश्री पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

 युवराज नयाँघरे 


९. पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा मौलाकाली केबलकार कहिलेदेखि सञ्चालनमा आएको हो ?

 वि.सं. २०८० वैशाख १

– केबलकारको लम्बाइ एक हजार दुई सय मिटर रहेको ।

– छवटा टावर रहेको केबलकारमा १२ वटा डब्बा 

छन् भने एउटा डब्बामा आठ जना अट्न सक्ने । 

– मौलाकाली देवीको दर्शनसँगै यहाँको पर्यटन प्रवद्र्धन, विकास र रोजगारीका अवसर बढ्ने स्थानीयको भनाइ रहेको ।


१०. २०७८ को जनगणनाअनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?

 १५१ जना (प्रति एक लाखमा), सबैभन्दा बढी मातृ मृत्युदर भएको प्रदेश लुम्बिनी र कम भएको प्रदेश 

बागमती रहेको ।


११. सार्कस्तरीय बाल साहित्य तदर्थ समितिको गठन कहिले गरिएको हो ?

 वि.सं. २०७९ चैत ४

– बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल–साहित्यकारको एकता, सहकार्य र सार्कस्तरीय बाल साहित्य संस्था बनाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको । 

– समितिको सचिवमा बङ्गलादेश शिशु साहित्यिक फोरमका अध्यक्ष हुमायु कविर ढाली रहेका । सदस्यमा नेपालका बालसाहित्यकार विजयराज आचार्य र अनन्त वाग्ले, बङ्गलादेशका सुजन बरुवा र डा. मिजानुर रहमान कल्लोल तथा भारतका अजित पात्र र माणिक पण्डित रहेका । 


१२. वि.सं. २०८० वैशाख ३ मा (सन् २०२३ अप्रिल १६)मा आईक्यू एयरद्वारा सार्वजनिक प्रतिवदनअनुसार वायु प्रदूषण उच्च भएको सहरको सूचीको पहिलो नम्बरमा कुन सहर परेको छ ?

 काठमाडौँ 

– विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्दै आएको आईक्यू एयरका अनुसार काठमाडौँको एयर क्वालिटी इन्डेक्स २०८ रहेको ।

– एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङमाई सहर विश्वको सबैभन्दा प्रदूषण भएको दोस्रो सहरमा परेको ।


१३. सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार, २०७९ कसलाई प्रदान गरियो ? 

 उपसचिव सिर्जना बराल

– (उत्कृष्ट संसद् सेवा पुरस्कार : शाखा अधिकृत बाबुराम बस्याल एवं संसद् सेवा पुरस्कार ः खरिदार चन्द्रप्रसाद ढुङ्गाना र माली चन्द्रबहादुर नगरकोटीलाई प्रदान गरिएको ।)


१४. महालेखा परीक्षक कार्यालयले वि.सं. २०७९ चैत ३० मा प्रस्तुत ६०औँ वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु भएको मन्त्रालय कुन हो ? 

 अर्थ मन्त्रालय

 

२०८० बैशाख १३ 


१. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७९ कस–कसलाई प्रदान गरियो ?

 सङ्गीत विधातर्फ : गायक तथा सङ्गीतकार गणेश रसिक, 

– लोकसङ्गीत विधातर्फ : लोकगायक नवीनकिशोर राई,

– परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ : सङ्गीतकार विजयकुमार श्रेष्ठ,

– रङ्गमञ्च विधातर्फ : नाट्य निर्देशक भैरव क्षेत्री,

– नाटक विधातर्फ : नाट्यकर्मी प्रा. डा. रामचन्द्र पोखरेल र 

– नृत्य विधातर्फ : लोक नृत्यकार कुलमान नेपाली 


२. एकदिवसीय क्रिकेटको इतिहासमा सर्वाधिक तेज विकेट लिई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ?

 सन्दीप लामिछाने 

– सन्दीपले ४२ खेलमा एक सय विकेट हासिल गर्दै विश्व कीर्तिमान कायम गरेका । 

– यसअघि सबैभन्दा तेज एक सय विकेटको कीर्तिमान अफगानिस्तानका लेग स्पिनर रसिद खान (४४ खेलमा १०० विकेट)को नाममा थियो । 

– त्रि.वि. खेल मैदानमा २०८० वैशाख ८ (२०२३ अप्रिल २१) मा ओमानविरुद्ध भएको खेलमा आफ्नो पहिलो ओभरको तेस्रो बलमा नै आदिल सफिकलाई एलबीडब्लूको धरापमा पारेर उनले सो कीर्तिमान हासिल गरेका । उनी एकदिवसीय खेलमा एक सय विकेट लिने नेपालका पहिलो बलर पनि बनेका ।


३. वानिरा प्रज्ञा पुरस्कार (वि.सं. २०८० मा) कसलाई प्रदान गरियो ?

 प्राज्ञ वैरागी काइँला

– नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनमा निरन्तर समर्पित प्राज्ञ काइँलालाई सो पुरस्कार प्रदान गरिएको ।

– पुरस्कार राशि रु. एक लाख रहेको । 

– त्यसैगरी ५० हजार रुपियाँ राशिको ‘वानिरा पुरस्कार’ कवि गोपाल पराजुलीलाई प्रदान गरिएको । 

– वानिरा सेवा पुरस्कार (पुुरस्कार राशि ः २५,०००।–)बाट साहित्यकार भीमबहादुर बोटे सम्मानित भएका । 


४. वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन कहिले भएको हो ?

 वि.सं. २०८० वैशाख २

– सय वर्षको उमेरमा उहाँको निधन भएको ।

– यसअघि सत्यमोहन जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । 

– शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशी विगत ८३ वर्षदेखि विवाह बन्धनमा बाँधिनुभएको थियो ।

– राधादेवी जोशीको शरीर किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिएको । जोशी दम्पतीले २०७७ साल माघ ३० गते राजधानीमा आयोजित ‘शरीर दान घोषणा सभा’मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि सो कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो ।


५. विराटनगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०८० वैशाख ३


६. गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यअनुरूप संयुक्त राष्ट्रसङ्घद्वारा विश्व शान्ति वर्षका रूपमा कहिले मनाइएको हो ?

 सन् १९८६


७. मैथिली संस्कृतिमा नयाँ वर्षको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?

 वैशाख २

– मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीले विक्रम संवत् सुरु भएको दोस्रो दिन मनाउने ।

– यो पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगतिको कामनासहित ज्येष्ठ सदस्यले आपूmभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिएर पर्व मनाइने । 

– जुडशीतल पर्वलाई वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महìवपूर्ण मानिएको । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालासम्बन्धी रोगसमेत नलाग्ने विश्वास रहेको । 

– बढ्दो गर्मीका माझ आरम्भ हुने जुडशीतललाई जीवनमा शीतलता दिने पर्वका रूपमा लिइने । 

– थारू समुदायमा यो पर्व सिरुवा पर्वका नामले मनाइने । 


८. नेपाल दूरसञ्चार प्राधिकरणद्वारा एमडीएमएस सिस्टम कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?

 वि.सं. २०७९ भदौ ३०

– अवैध रूपमा राजस्व नतिरी नेपाल भिœयाइएका मोबाइल प्रयोग गर्न नदिने उद्देश्यका साथ यो प्रणाली 

सञ्चालनमा ल्याइएको । 

– नेपालमा दर्ता नभएका मोबाइल नेपालको कुनै पनि मोबाइल नेटवर्कमा सञ्चालन हुन नसक्ने विद्युतीय प्रणाली नै एमडीएमएस हो । 

– एमडीएमएसको पूरा रूप मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम हो । 


९. १५औँ संस्करणको एसिया कप क्रिकेट, २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?

 श्रीलङ्का 

– प्रतियोगिता सञ्चालन मिति : सन् २०२२ अगस्ट २७–सेप्टेम्बर ११

– आयोजक राष्ट्र : युएई

– सहभागी राष्ट्र : छ (भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र हङकङ)

– श्रीलङ्कामा हुने भनिएको यो प्रतियोगिता 

युएईमा सारिएको ।

– चौधौँ संस्करणको विजेता भारत तथा उपविजेता बङ्गलादेश रहेका । 


१०. नेपाल राष्ट्र बैङ्कले सुन निक्षेपको व्यवस्था कहिले गरेको हो ?

 वि.सं. २०७६ फागुन २२

– व्यक्तिसँग भएको सुनलाई बैङ्कमा डिपोजिट गरी ब्याज प्राप्त गर्न सकिने । 

– ‘क’ वर्गका वाणिज्य बैङ्कमा सुन निक्षेप गर्न सकिने । 

– ब्याजदर सुन निक्षेप स्वीकार गर्ने बैङ्कले नै गर्ने । 

– सुनको परिमाण न्यूनतम २५ ग्राम हुनुपर्ने । 

– निक्षेपको अवधि : न्यूनतम तीन वर्षदेखि अधिकतम पाँच वर्ष । 


११. ब्रेन पुलिङ भनेको के हो ?

 नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा विदेशमा रहेका नेपाली प्राविधिक÷वैज्ञानिकलाई नेपाल बोलाई देश विकासमा सरिक गराउन ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ भन्ने आह्वानका साथ सञ्चालित कार्यक्रम । 


१२. सन् २०२२ मेमा भएको विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधातर्पm स्पेसल मेन्सन अवार्डबाट सम्मानित नेपाली वृत्तचित्र कुन हो ?

 लोरी (अविनाशविक्रम शाहद्वारा निर्देशित) 


१३. ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तकका लेखक को हुन् ?

 भीमनारायण रेग्मी


१४. सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक को हुन् ?

 डा. प्रीति भुसाल (वि.सं. २०७९ वैशाख २९)

– ग्रान्डी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रीति भुसालले सो आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेकी । 

– जलवायु परिवर्तनको असर कम गर्नुपर्ने र हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश विश्वभर पु¥याउन भन्दै उनीसहितको टोली गत २९ चैतमा सगरमाथा यात्रामा निस्किएको थियो । 


१५. नेपालको प्रतिनिधि सभाले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन कहिले गरेको हो ?

 वि.सं. २०७८ फागुन १५ (सन् २०२२ फेबु्रअरी २७)


१६. ‘ज्येष्ठ पत्रकार वृत्ति’ वितरणको सुरुवात कहिलेदेखि गरिएको हो ?

 वि.सं. २०७९ साउन ९

– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्पmत ज्येष्ठ पत्रकार वृत्ति वितरण 

सुरु गरेको । 

– पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पद्मभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको । 

– सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वृत्ति वितरणको प्रारम्भ गरेका । 

– पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड, २०७८ बमोजिम वृत्ति वितरण गरिएको । 

– ३० वर्ष निरन्तर पत्रकारिता गरेका तथा ६५ वर्ष उमेर पुगेका पत्रकारलाई मासिक रूपमा वृत्ति प्रदान गरिने । 

उमेर समूह रकम (मासिक)

६५–६९ वर्ष रु. ५०००

७०–७५ वर्ष रु. ७०००

७६–८० वर्ष रु. १०,०००

८१ वर्षभन्दा माथि रु. १५,०००


१७. प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड–२०२३ मा बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफी अवार्ड जित्न सफल नेपाली वृत्तचित्र कुन हो ?

 द साइलेन्ट इको (निर्देशक : सुमन सेन)

– बलिउड अभिनेता राजकुमार रावले निर्माता रामकृष्ण पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड 

प्रदान गरेका । 

– अवार्ड फिल्म क्रिटिक्स गिल्ड अफ इन्डियाले बर्सेनि प्रदान गर्ने । 


१८. ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?

 सीमाविद् बुद्धिनारायण श्रेष्ठ 

– यो पुस्तक अङ्गे्रजी भाषाबाहेक अन्य आठ भाषामा लातिभिया ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले 

प्रकाशित गरेको । 

– फ्रेन्च, स्पेनिस, जर्मन, डच, इटालियन, रुसी, पोर्चुगिज र पोलिस भाषामा प्रकाशन गरिएको । 


१९. राष्ट्रिय जनगणना, २०७८ अनुसार नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कति रहेको छ ?

 ६६.२ प्रतिशत (गाउँपालिका : ३३.८ प्रतिशत), राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०७९ चैत १० मा प्रकाशित नतिजाअनुसार नगरपालिकाको जनसङ्ख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३.८३ प्रतिशत रहेको उल्लेख गरेको ।

– राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८० वैशाख १० मा सार्वजनिक गरेको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्या विवरणअनुसार (कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये) ः 

– नगरपालिकाको जनसङ्ख्या ः एक करोड ९२ लाख ९६ हजार ७८८

– गाउँपालिकाको जनसङ्ख्या : ९८ लाख ६७ हजार ७९०

– नगरपालिकाको जनसङ्ख्या वृद्धिदर : १.३६ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर : ०.११ प्रतिशत रहेको । 

– नगरपालिकाको जनघनत्व : ३७३/व.कि.मि.

– गाउँपालिकाको जनघनत्व : १०५/व.कि.मि.

– नगरपालिकामा अक्सर बसोबास गर्ने प्रतिपरिवार 

औसत सदस्य : ४.३१

– गाउँपालिकामा अक्सर बसोबास गर्ने प्रतिपरिवार 

औसत सदस्य : ४.५१

– २०६८ सालको जनगणनाअनुसार सहरी क्षेत्रको जनसङ्ख्या १७.१ र ग्रामीण क्षेत्रको जनसङ्ख्या ८२.९ प्रतिशत रहेको । 

– सङ्घीय संरचनापछि समायोजित हुँदा नगरपालिकाको जनसङ्ख्या ६३.१९ र गाउँपालिकाको जनसङ्ख्या ३६.८१ प्रतिशत रहेको थियो ।

२०. नेपालले पहिलोपल्ट एकदिवसीय क्रिकेटको मान्यता कहिले प्राप्त गरेको हो ?

 सन् २०१८

क्रिकेट खेलमा नेपालको उपलब्धि 

सन् २०१० : विश्व डिभिजन–५ विजेता 

सन् २०१२ : आईसीसी विश्व डिभिजन–४ विजेता

सन् २०१२ : एसीसी ट्रफी च्याम्पियन 

सन् २०१३ : आईसीसी विश्व डिभिजन–३ विजेता 

सन् २०१३ : विश्वकप छनोट (डिभिजन २ बाट)

सन् २०१३ : टी–२० विश्वकप छनोट 

सन् २०१४ : टी–२० विश्वकपमा सहभागी

सन् २०१४ : विश्वकप छनोटमा नवौँ स्थान

सन् २०१५ : एसीसी टी–२० कपमा सहभागी

सन् २०१८ : एकदिवसीय मान्यताप्राप्त 

सन् २०१८ : आईसीसी विश्वकप छनोटमा आठौँ स्थान

सन् २०२३ : एकदिवसीय मान्यता पुनः प्राप्त 

सन् २०२३ : आईसीसी विश्वकप छनोटमा स्थान

२०८० बैशाख २० 


१. एसीसी प्रिमियर कप क्रिकेट २०२३ को उपाधि कसले जित्यो ?

 नेपाल

–  २०२३ अप्रिल १८ देखि मार्च २ सम्म नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको । फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको । 

– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । 

– नेपाली खेलाडी गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए । यस्तै नेपालका कुशल भुर्तेल एक, आसिफ शेख आठ र कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भएका थिए । युएईका रोहन मुस्ताफाले दुई र आयन अफजल खानले एक विकेट लिएका थिए ।

– मार्च १ मा वर्षाले खेल स्थगित भएपछि मार्च २ मा खेललाई निरन्तरता दिइएको थियो । मार्च १ मा सुरु खेलमा नेपालले टस जितेपछि ब्याटिङमा आएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो । त्यही स्कोरबाट सुरु गरेको युएई ५.४ ओभर मात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो ।

– यस प्रतियोगितामा कुल १० राष्ट्रको सहभागिता थियो । जसमा समूह ‘ए’अन्तर्गत नेपाल, ओमन, मलेसिया, साउदी अरब र कतार तथा समूह ‘बी’ तर्फ युएई, कुवेत, हङकङ, बहराइन र सिङ्गापुर थिए । 


२. केन्द्रीय तथ्याङ्क विभागको नाम परिवर्तन गरी के बनाइएको छ ?

 राष्ट्रिय तथ्याङ्क कार्यालय

– वि.सं. २०७९ कात्तिक ३

– तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्क सङ्कलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत रूपमा ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’ नामकरण गरिएको । 

– राष्ट्रिय योजना आयोग मातहत रहेको सो निकाय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत रहने ।

– राष्ट्रिय योजना आयोगअन्तर्गत रहे पनि तथ्याङ्क विभाग प्राविधिक रूपले स्वायत्त निकायका रूपमा स्थापित भएको सम्बन्धित अधिकारीहरूको भनाइ रहेको । 

– साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीका रूपमा नेपाल सरकारका सचिव रामप्रसाद थपलिया (२०७९ फागुन २९)ले जिम्मेवारी पाएका ।

– तथ्याङ्क ऐन, २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐनअनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था गरिएको । 


३. प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कहिले सम्पन्न भएको हो ? 

 वि.सं. २०८० वैशाख १०

–  वि.सं. २०८० वैशाख १० मा सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका । 

– चितवन क्षेत्र नं. २ बाट सो दलका सभापति रवि लामिछाने र तनहुँ–१ बाट सोही दलका उम्मेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएका । 

– रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका । लामिछाने आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ४२ हजार ९६२ मतान्तरले निर्वाचित भएका । ४ मङ्सिरको चुनावमा सबैभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका । 

– निर्वाचन आयोगका अनुसार तनहुँ क्षेत्र नं. १ मा स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका । 

– बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका । 


४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई–पासपोर्ट पु-याउने लक्ष्य रहेको छ ? 

 सन् २०३०


५. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त एवं प्रभावकारी बनाउने उद्देश्यका साथ कति वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ? 

 १० वर्षे (वि.सं. २०७७ चैत २५ मा)


६. सबैभन्दा बढी विप्रेषण भित्र्याएबापत राष्ट्र बैङ्कबाट सम्मानित (वि.सं. २०८० वैशाखमा) वाणिज्य बैङ्क कुन हो ?

 हिमालयन बैङ्क

– वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी विप्रेषण 

भिœयाउन सफल । 

– बैङ्कले आ.व. २०७८÷७९ मा कुल विप्रेषणको १६.९० प्रतिशत रकम भिœयाएको । 

– विगत लामो समयदेखि हिमाल रेमिटमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको । 


७. चलचित्र पत्रकार सङ्घ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’बाट कसलाई सम्मानित ग-यो ?

 शान्तिप्रिय (पुरस्कार राशि रु. ५५,५५५।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान (२०८०) : पत्रकार तुलसी गिरी भावुक र श्रीराम सिग्देल

– राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (२०८०) : कुवेर डङ्गोल र दीपज्योति थापा

– राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : 

सृष्टि पोखरेल 

– राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (मोफसल) : 

रवि अधिकारी


८. विश्वको सबैभन्दा अग्लो मूर्ति कुन हो ? 

 स्टेच्यु अफ युनिटि (भारत)

– उचाइ : १८२ मिटर (५९७ फिट)

– आइरन म्यान अफ इन्डिया भनेर चिनिने स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री एवं गृहमन्त्री सरदार बल्लभभाइ पटेलको उक्त मूर्ति विश्वकै अग्लो मूर्तिका रूपमा रहेको । 

– मूर्ति गुजरात राज्यको नर्वदा नदीमा बाँध बनाउँदा बनेको ठूलो तलाउ सरदार सरोवरको निकटमा रहेको । 

– मूर्तिका डिजाइनर राम भि. सुतार रहेका । 

– मूर्तिको निर्माण अवधि सन् २०१३ अक्टोबर–२०१८ अक्टोबर रहेको ।


९. बिम्स्टेकको हालका महासचिव को हुन् ?

 तेन्जिन नेकफेल (भुटान)

– उनी सन् २०२० नोभेम्बर ६ मा नियुक्त भएका । 

– बिम्स्टेक महासचिवको कार्यकाल तीन वर्षको हुने ।

– सचिवालय बङ्गलादेशको ढाकामा रहेको ।

बिम्स्टेकको हालसम्मका महासचिवहरू

१०. नेपालमा लेखक दिवस कहिले मनाइन्छ ?

 वैशाख १६

–  (वि.सं. २०८० देखि मनाउन सुरु गरिएको ।)


११. पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकाली केबलकारको औपचारिक रूपमा उद्घाटन कहिले गरिएको हो ?

 वि.सं. २०८० वैशाख १८ (वि.सं. २०७० वैशाख १ मा परीक्षण सञ्चालनमा ल्याइएको ।)


१२. सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपियाँँ राहत दिने कार्यविधि कहिले पास गरेको हो ?

 वि.सं. २०८० वैशाख ६

– कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिने । 

– लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइने ।

– पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाइने र विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अयोग्य लडाकुलाई राहत रकम उपलब्ध गराउने । 

– अयोग्य लडाकु पहिचानको आधार अनमिनले तयार गरेको प्रतिवेदनलाई मानिने ।


१३. वसुन्धराश्री पुरस्कार, २०८० बाट सम्मानित व्यक्तित्व को हुन् ?

 डा. सन्दुक रुइत

– यस पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको । 

– पहिलो पटक यो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको । त्यस्तै मानश्री पुरस्कार, २०८० महावीर पुनलाई प्रदान गरिएको ।

– वसुन्धरा मान प्रतिष्ठानद्वारा प्रदान गरिने दुवै पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको । 


१४. १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) को मध्यावधि समीक्षाअनुसार लक्ष्य पूरा हुन कठिन देखिएको क्षेत्र कुन हो ?

 सुशासन 

– आवधिक योजनाको मध्यावधि समीक्षाले तीन आर्थिक वर्षसम्म चार लक्ष्य पूरा भएको, पाँच लक्ष्य प्राप्ति उन्मुख र एउटा लक्ष्य पूरा हुन कठिन रहेको देखिएको ।

– समीक्षामा राष्ट्रिय लक्ष्यका प्रगतिलाई हरियो, पहेँलो र रातो गरी तीन सङ्केत दिइएको । लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई हरियो, लक्ष्य प्राप्ति उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई पहेँलो र लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकको लक्ष्य प्राप्त गर्न कठिन) भएकोलाई रातो सूचक दिइएको । जसअनुसार १० राष्ट्रिय लक्ष्यमध्ये चारवटाले हरियो, पाँचवटाले पहेँलो र एउटाले रातो सङ्केत प्राप्त गरेका । 

हरियो : लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)

पहेँलो : लक्ष्य उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)

रातो : लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकहरूको लक्ष्य प्राप्त गर्न कठिन)   

२०८० बैशाख २७ 


१. बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्याभिषेक कहिले भएको हो ?

 सन् २०२३ मे ७

चाल्र्सलाई सेन्ट एड्वर्ड्ज ब्राउन नामक राजमुकुट पहिर्याएर राज्याभिषेक गरिएको । 

वेस्ट मिनिस्टर एवीमा आयोजित विशेष समारोहबिच चाल्र्सले राजमुकुट ग्रहण गरेका । 

राजा चाल्र्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् । 

राजा चाल्र्ससँगै रानी क्यामिला चाल्र्सलाई क्विन मेरिज ब्राउन पहिर्याइएको । 

राज्याभिषेक समारोहमा नेपालसहित विश्वका अधिकांश मुलुकबाट प्रतिनिधित्व रहेको ।

२. विसं २०८० वैशाख २२ मा कति औँ बुद्ध जयन्ती मनाइयो ?

 २५६७ औँ

३. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आब्रामण’ कहिले भएको हो ?

 सन् २०२३ मे २

‘ड्रोन आव्रmमण’ गरी आफ्नो देशका राष्ट्रपतिको हत्या प्रयास गरेको आरोप रुसले लगाएको । 

ड्रोनलाई विद्युतीय उपकरण प्रयोग गरी नष्ट गरिएको र कुनै हताहती वा क्षति नभएको बताइएको ।

युक्रेनले भने घटनामा आफ्नो संलग्नता नभएको जनाएको ।

४. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ ?

 वैशाख २४

विसं २०८० मा ८ औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइएको ।

नारा : पत्रकारितामा खोज र नवीनता: लोकतान्त्रिक गणतन्त्रको सफलता

विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशनको दिनलाई नेपाली पत्रकारिताको प्रारम्भिक दिन मानेर यो दिवस मनाउँदै आइएको ।

५. अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कारबाट सम्मानित हुने कलाकार को हुन् ?

 गीतकार किरण खरेल

नेपाली राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उनको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको ।

पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको । 

फिल्म ‘माइतीघर’ को ‘यो हो मेरो प्राणभन्दा प्यारो’ गीतका रचयिता किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसकेका ।

६. इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आइएफसी) तथा संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष (युएनसिडिएफ) ले प्रकाशन गरेको नेपाल वित्तीय समावेशीकरण रिपोर्ट २०२३ अनुसार कति प्रतिशत नेपालीसँग बुढेसकालका लागि कुनै बचत योजना छैन ?

 ६० प्रतिशत

७. सिरियालाई अरब लिगमा पुनस्र्थापित गर्ने निर्णय कहिले भएको हो ?

 सन् २०२३ मे ७

इजिप्टको राजधानी कायरोमा भएको अरब लिग राष्ट्रका विदेशमन्त्रीहरूको बैठकले १२ वर्षको निलम्बनपछि अरब लिगमा सिरियाको सदस्यता पुनस्र्थापित गर्ने निर्णय गरेको । 

अरब लिग राष्ट्रका विदेशमन्त्रीहरूले ‘सिरियालाई सङ्कटबाट बाहिर निकाल्ने’ प्रयासलाई तीव्र पार्नुपर्ने आवश्यकतामा सहमति जनाएका । 

उनीहरूले सिरियाको सार्वभौमिकता, एकता, स्थिरता र क्षेत्रीय अखण्डतालाई ‘अरब लिग बडापत्र’ र यसको सिद्धान्तका आधारमा संरक्षण गर्ने प्रतिबद्धता जनाएका । 

जोर्डन, साउदी अरब, इराक, लेबनान, इजिप्ट र अरब लिगका महासचिव सम्मिलित एक समिति गठन गर्न पनि सबै देशका विदेशीमन्त्री सहमत भएका । 

८. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा कहिले गरेको हो ?

 सन् २०२३ मे ४

सङ्कटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको घोषणा गरिएको ।

डब्लुएचओले सङ्कटकाल अन्त्यको घोषणालाई महामारीकै समाप्तिका रूपमा नलिन चेतावनी दिएको । सङ्गठनले कुनै पनि मुलुकले यसलाई कोभिडविरुद्ध सतर्कता हटाउने कारण बनाउन नहुने सुझाव दिएको ।

डब्लुएचओका अनुसार कोभिड महामारीमा कम्तीमा ७० लाख मानिसको मृत्यु भएको ।

डब्लुएचओले पहिलो पटक सन् २०२० जनवरी ३० मा कोभिडलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।

९. नेपाल र नाउरुबिच कूटनीतिक सम्बन्ध स्थापना कहिले भएको हो ?

 सन् २०२३ मे ५

नेपालसँग दौत्य सम्बन्ध कायम हुने नाउरु १७९ औँ सदस्य राष्ट्र हो ।

१०. सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० अनुसार विसं २०९० (आगामी दशक) सम्ममा सेवा क्षेत्रमा करिब कति जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ?

 ८४ लाख

सो नीतिअनुसार कृषिमा विसं २०८० मा एक करोड तीन लाख ५४ हजार र २१०० सम्ममा ७६ लाख ६१ हजार मात्रै जनशक्ति आवश्यक पर्ने अनुमान । 

कृषिमा अनुमानित जनसङ्ख्या घट्दो क्रममा रहेको सरकारी प्रक्षेपण रहेको । 

उद्योगमा क्रमशः विसं २०८० मा ३० लाख २४ हजार र विसं २०२१ मा ५५ लाख ३० हजार जनशक्ति आवश्यक पर्ने अनुमान रहेको । 

११. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?

 १४ प्रतिशत

कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो व्रmममा रहको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।

पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।

राष्ट्रिय सूक्ष्म पोषक तìव सर्वेक्षण, २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर–किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।

कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।

पहिलो योजना सम्पन्न भएपछि दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।

१२. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ? 

 सन् २०२१ जुलाई ८

छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका । 

गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको । 

पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने । 

१३. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? 

 छिमेकी चरा

सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको । 

सो एपमार्फत चराको सङ्ख्या, जिल्ला अनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको । 

यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बरहरू पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आपूmले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने । 

विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको । 

१४. नेपालको ‘माउन्ट फुजी’ भनी कुन हिमाललाई चिनिन्छ ?

 मनास्लु 

१५. हाल अति कम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

 अफ्रिका 

१६. सबैभन्दा अग्लो स्थानमा निर्मित सबस्टेसन कुन हो ?

 ३३-११ केभीको स्यार्कु सबस्टेसन, (मनाङ)

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत २७०० मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन सञ्चालनमा ल्याइएको ।

गत वर्ष (२०७८) को असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो ।

१७. सन् २०२३ मा आयोजना हुने साफ च्याम्पियनसिपमा दक्षिण एसियाली क्षेत्रबाहिरबाट सहभागी हुने राष्ट्र कुन कुन हुन् ?

 कुवेत र लेबनान

भारतको बेङ्गलुरुमा सन् २०२३ जुन २१–जुलाई ४ सम्म आयोजना हुने । 

सहभागी राष्ट्र: भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बङ्गलादेश, कुवेत र लेबनान ।

दक्षिण एसियाली देशहरूबिचको प्रतियोगितामा प्रतिस्पर्धा स्तर बढाउन भन्दै आमन्त्रित टिमहरूलाई सहभागी गराउने नीति साफले लिएको । 

माल्दिभ्समा सन् २०२१ मा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

१८. आयात–निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?

 नेपाल ट्रेड (नेपाल सरकारद्वारा ल्याइएको)

१९. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

 ब्राउजर

२०. मिटरब्याज (अनुचित लेनदेन) लाई अपराध कायम गर्ने फौजदारी कानुन कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

 विसं २०८० वैशाख २०

नयाँ कानुनअनुसार यससम्बन्धी अपराधमा संलग्नलाई सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिबाना हुने । 

मिटरब्याजकै आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएमा त्यस्तो हक हस्तान्तरण बदरसमेत हुने प्रावधान रहेको ।

अध्यादेशमार्पmत मुलुकी अपराध संहिता, २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र यससम्बन्धी कार्यविधि संशोधन गरिएको । 

लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दाकै बखतमा ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने एवं ब्याजलाई साँवामा जोडी लिखत तयार गरे मिटर ब्याज कसुर ठहर हुने ।

ऋणीले तिरे–बुझाएको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने वा हिंसा गर्ने वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीमा अचल सम्पत्ति हस्तान्तरण गरी लिएमा पनि अनुचित लेनदेन गरेको मानिने प्रावधान रहेको ।

२१. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?

 चीन

२२. नेपालमा डिजिटल भिसा प्रणालीको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७८ असार १४

२०८० जेठ ३ 


१. छैटौँ हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२३ मे १२–१३, बङ्गलादेश 

नारा : ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी।’

नेपालका तर्पmबाट परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रतिनिधित्व गरेका। 

सम्मेलनमा हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने, हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने, हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महìवमा जोड एवं तटीय र दुर्गम क्षेत्रको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिइएको। 


२. विसं २०८० वैशाख २५ को संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गरेको हो ?

 हरिकृष्ण कार्की 

पद रिक्त भएको पाँच महिनापछि कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरिएको। संसदीय सुनुवाइ प्रक्रिया  पूरा भएपश्चात् कार्कीको नियुक्ति हुने।

उमेर हदका कारण २०८० साउन १९ सम्म उहाँको कार्यकाल रहने। 

तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनमा रहेकै अवस्थामा अवकाश पाएपछि २०७९ मङ्सिर २७ यता प्रधान न्यायाधीश पद रिक्त थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा कार्की २०७२ आश्विन २८ देखि फागुन १८ गतेसम्म महान्यायाधिवक्ता बन्नुभएको थियो।

उहाँ २०७९ असोजदेखि कायममुकायम प्रधान न्यायाधीशको रूपमा काम गर्दै आउनुभएको। 


३. लाउरेस वल्र्ड स्पोर्ट्स अवार्ड अन्तर्गत स्पोटर्सम्यानसिप अवार्ड–२०२३ जित्ने फुटबल खेलाडी को हुन् ?

 लियोनल मेसी 

त्यसै गरी लाउरेस स्पोटर्स अवार्ड अन्तर्गत ‘टिम अफ दी इयर’ को अवार्ड अर्जेन्टिनाले जितेको। 

महिलातर्फको उपाधि (स्पोटर्स वुमन अफ दी इयर जमैकन स्प्रिन्टर) सेली फ्रेजर (दौड) ले जितेकी।

अवार्ड कार्यव्रmममा डेनमार्कका मिडफिल्डर व्रिmस्टियन इरिक्सनले कमव्याक अफ दी इयरको उपाधि जितेका। 

लाउरेस स्पोटर्स फर गुड अवार्ड बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेबान्डोस्कीले प्राप्त गरेका।

विश्वका प्रसिद्ध मिडियाकर्मीहरूले वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र क्लबस्तरीय खेलमा खेलाडीले गरेको प्रदर्शनका आधारमा मनोनयन गर्ने र सोपश्चात् लाउरेस स्पोटर््स एकेडेमीका ७१ सदस्यले मनोनयनमा परेका खेलाडीको विश्लेषण गरी विजेता छनोट गर्ने। 


४. दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन कहिले भएको हो ?

 विसं २०८० वैशाख २७

आन्दोलनको व्रmममा १४ वर्षकै उमेरमा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका मुकेस करिब १७ वर्ष अर्धचेत अवस्थामा जीवन बिताइरहेका थिए ।


५. वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ) को फ्युचर अफ जब्सको पछिल्लो (सन् २०२३) प्रतिवेदन अनुसार आगामी ५ वर्षमा कति व्यक्तिको रोजगारी गुम्ने आकलन छ ?

 एक करोड ५० लाख

डब्लुइएफका अनुसार आगामी पाँच वर्षमा विश्वभरिबाट आठ करोड ३० लाख रोजगारी समाप्त हुने छ। यसमा छ करोड ९० लाख नयाँ रोजगारीसमेत सृजना हुने छ। अर्थात् अहिलेको हिसाबमा सन् २०२७ सम्म एक करोड ४० लाख रोजगारी कम हुने । 

डिजिटल कमर्स, शिक्षा र कृषि क्षेत्रमा भने रोजगारीको अवस्था राम्रो हुने। रोजगारी गुम्नुमा प्रमुख कारण प्रविधि रहेको। ४४ प्रतिशत कर्मचारीले रोजगारीमा टिक्न सिप बढाउनुपर्ने। 


६. नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?

 वि.सं. २०८० जेठ १

सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडिएमएस लागु हुन लागेको। 

मोबाइल सेटको गैरकानुनी आयात, बिव्रmी–वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो सिस्टम लागु गरिएको। यसले मोबाइल आयातलाई व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्ने ।

भन्सार विभागका अनुसार यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ बमोजिम विदेश भएका नेपाली यात्रुले नेपाल फर्कंदा आपूmले प्रयोग गरेकोबाहेक साथमा नयाँ एक सेट मोबाइल ल्याउन सक्ने । 

विदेशबाट फर्केका नेपालीले साथमा ल्याएको मोबाइल सेट आपैmँ अनलाइनमार्पmत एमडिएमएसमा दर्ता गर्न सक्ने। 

योे सिस्टम लागु भएसँगै मोबाइल आयातकर्ताले पनि प्राधिकरणसँग अनुमति लिएर र आइएमइआई नम्बर दर्र्ता गरेर मात्रै मोबाइल आयात गर्नुपर्ने। 

प्राधिकरणले नेपाली बजारमा मोबाइल खरिद गर्दा एमडिएमएसमा दर्ता नभएको यकिन गरी सजगता अपनाएर मात्र खरिद गर्न आग्रह गरेको। प्राधिकरणको वेबसाइटमा गएर मोबाइल सेटको आइएमइआई नम्बर राखेपछि सेट एमडिएमएसमा दर्ता भए–नभएको थाहा पाउन सकिने ।

सरकारले २०७८ साउनदेखि नै यो प्रणाली लागु गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ गतेको भाका सरिएको थियो। सरोकारवालाहरूबाट विरोध भएपश्चात् स्थगित हुन पुगेको सो व्यवस्था जेठ १ बाट सुरु भएको । 


७. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘प्रत्यक्ष पहुँच एकाइ’ को रूपमा मान्यता दिने संस्था कुन हो ?

 हरित जलवायु कोष (जिसिएफ)

८. हुम्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कहिले गरिएको हो ?

 विसं २०८० वैशाख ३०

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित हुने ७१ औँ जिल्ला हो। 

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका। सात वटै पालिका पछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको। 

९. राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्र्याक अर्थात् द्रुत मार्गको लम्बाइ कति रहेको छ ?

 ७२.५ किलोमिटर 

यस मार्गको निर्माण व्यवस्थापनको जिम्मेवारी सरकारले विसं २०७४ वैशाख २१ मा नेपाली सेनालाई सुम्पेको। 

निर्माण लागत एक खर्ब सात अर्ब अनुमान गरिएको। 

विसं २०८० वैशाख ५ मा बसेको मन्त्रीपरिषद् बैठकले फास्ट ट्र्याक सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको। 

१०. सार्वजनिक संस्थान सुझाव समितिको संयोजकमा कसलाई नियुक्त गरियो ?

 शङ्करप्रसाद अधिकारी

विसं २०८० वैशाख ५ को मन्त्रीपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समितिको अवधारणापत्र, २०८० स्वीकृत गरेको। साथै अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको। 

११. जलवायु परिवर्तनसम्बन्धी ‘पेरिस सम्झौता’ बाट अमेरिका कहिले बाहिरिएको हो ?

 सन् २०२० नोभेम्बर ४ 

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्तिराष्ट्रहरूसँग एक सम्झौता गरेको थियो। 

त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उनले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए। 

१२. श्रमसम्बन्धी मुद्दा हेर्ने उद्देश्यका साथ श्रम अदालतको गठन कहिले गरिएको हो ?

 वि.सं. २०७७ असोज २९ 

१३. भौगोलिक खोजकर्ता व्रिmस्टोफर कोलम्बस र भास्को डी गामाद्वारा प्रयोग गरिएको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् ?

 मुहम्मद अल–इद्रिसी

१४. गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो ?

 विसं २०६२

(प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पहिलोपल्ट विसं २०६५ बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको।)

१५. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

 ‘पिजेन’

१६. नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?

 जेठ १५

(संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको।)

१७. विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण कहिले गरिएको हो ?

 सन् २०२२ जनवरी ७ 

आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्ति डेभिड बेनेट हुन्। उनको मार्च ८ (२०२२) मा निधन भएको। 

पहिलो पटक मृत व्यक्तिको मुटु ज्यँदो व्यक्तिमा प्रत्यारोपण गर्ने चिकित्सक डा. कुमुद धिताल हुन्।

मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक डा. व्रिmश्चियन बनार्ड (दक्षिण अफ्रिका) हुन्।

मुटु प्रत्यारोपण प्राप्त प्रथम व्यक्ति लुइ वास्कान्स्की हुन्।

कृत्रिम मुटु प्राप्त प्रथम व्यक्ति वार्नी क्लार्पm हुन्।

१८. नेपालमा जनगणना कार्य कहिलेदखि सुरु भएको हो ?

 विसं १९६८

विसं २०७८ मा १२ औैँ राष्ट्रिय जनगणना 

सम्पन्न भएको। 

नेपालमा प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन विसं २०७१ जेठ २२–२४ सम्म भएको। 

पहिलो विश्व जनसङ्ख्या सम्मेलन सन् १९५४ मा इटालीमा सम्पन्न भएको। 

१९. नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ?

 विसं २०७७ पुस ६

खास गरी क्यान्सर, थाइराइड एवं हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने। 

यस प्रविधिमार्पmत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवं इन्जेक्सनमार्पmत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने। 

२०. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

 सन् १९८९ 

यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको।

 स्थापना कालमा १२ देश रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन्। 

यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको। 

२१. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मा ‘स्मार्टकार्ड’ को व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७२ मङ्सिर १४

२२. ‘रानाथारू’ लाई आदिवासी/जनजातिको सूचीमा कहिले सूचीकृत गरिएको हो ?

 विसं २०७७ जेठ ५ (राजपत्रमा सूचना प्रकाशित भएसँगै), मन्त्रीपरिषद्ले विसं २०७६ माघ २० मा आदिवासी जनजाति सूचीमा समावेश गर्ने निर्णय गरेको थियो। 

आदिवासी/जनजातिमा सूचीकृत हुने जनजाति वा समुदायको सङ्ख्या ६० पुगेको।

२३. ‘रानाथारू’ जातिको मुख्य बसोबास कहाँ रहेको छ ?

 कैलाली र कन्चनपुर

यो जातिले चैत, वैशाख र जेठमा चराई पर्व मनाउने। 

यस जातिले सबैभन्दा लामो होली मनाउने। 

सरकारी स्तरबाट रानाथारूको पहिचान प्राप्त गर्ने पहिलो व्यक्ति लवरु रानाथारू रहेका।


२०८० जेठ १० 


१. नेपालमा बनेको विद्युतीय मोटरसाइकल कहिलेदेखि दर्ता गर्न थालिएको हो ?

  विसं २०८० जेठ १

– यातायात व्यवस्था कार्यालयले यात्री पी–१ मोटरसाइकल दर्ता गरेको ।

– यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१ को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५०’ नम्बरको बाइक पूर्ण रूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको । 

– विद्युतीय मोटरसाइकल बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकार मातहतको चार वटा (हेटौँडा, भरतपुर, खुर्कोट एवं गुर्जुधारा) यातायात कार्यालयमा दर्ता गर्न सकिने । 


२. सरकारले २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा कहिले गरेको हो ?

 विसं २०८० जेठ २

– मन्त्रीपरिषद्को जेठ २ को बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको ।

– जनआन्दोलन २०६२/६३ मा प्रहरीको गोली लागेर घाइते भई १७ वर्ष एक महिना अचेत अवस्थामा रहेका कायस्थको २०८० वैशाख २८ गते निधन भएको हो । 

– कायस्थलाई ‘लोकतन्त्र योद्धा सम्मान’ प्रदान गरिएको ।


३. विश्व चर्चित ‘युएन ह्युमन राइट्स प्राइज, २०२३’ बाट सम्मानित हुने नेपाली संस्था कुन हो ?

  मानव सेवा आश्रम (केन्द्रीय कार्यालय : हेटौँडा)


४. नेपाललाई कहिलेसम्म सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्य लिइएको छ ?

  विसं २०८२


५. सगरमाथाको सर्वाधिक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही को हुन् ?

 कामिरिता शेर्पा 

– उनले विसं २०८० जेठ ९ (सन् २०२३ मे २३) मा २८ औँ पटक आरोहण गरी आफ्नै रेकर्ड तोडेका । 

– उनले विसं २०८० जेठ ३ (सन् २०२३ मे १७) मा २७ औँ पटक आरोहण गरेका । 

– सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले पहिलो पटक सन् १९९४ मे १३ मा सगरमाथा आरोहण गरेका । 

– विसं २०८० जेठ ८ मा अर्का आरोही ४६ वर्षीय पासाङ दावा शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गर्न सफल भएका ।


६. श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध कहिले खारेज गरिएको हो ?

  सन् २०२३ मे १७

– (गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षेसहित अन्य व्यक्तिमाथि विदेश यात्राको प्रतिबन्ध 

लगाइएको थियो ।)


७. विसं २०८० जेठमा सम्पन्न मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३ को उपाधि जित्ने प्रतिभा को हुन् ?

  शिशिर वाग्ले र समा पराजुली

– उपाधि विजेताले मिस्टर एन्ड मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका । 

– प्रतियोगितामा रोशनी चन्द मिस ग्लोब नेपाल २०२३ र प्रज्वल ताम्राकार मिस्टर इन्टरनेसनल नेपाल २०२३ घोषित भएका ।


८. फिफा विश्वकप २०२६ को लोगो कहिले सार्वजनिक भएको हो ?

 सन् २०२३ मे १८

– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोद्वारा एक समारोहबिच सो लोगो अनावरण गरिएको । 

– लोगो सरल डिजाइनको रहेको । 

– आगामी संस्करणको विश्वकपमा पहिलो पटक ४८ टिमले प्रतिस्पर्धा गर्ने । 

– खेल अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने । 


९. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम  सङ्घीय संसद्समक्ष कहिले प्रस्तुत गरिएको हो ?

  विसं २०८० जेठ ५

– अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि र गुणस्तरीय पूर्वाधार निर्माण प्रमुख प्राथमिकतासहित सरकारले आव २०८०/८१ को नीति तथा कार्यक्रम  ल्याएकोे ।

– १८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्र र समावेशी शासन प्रणाली संस्थागत गर्नु सरकारको प्रमुख कार्यभार रहेको उल्लेख । 

– सरकारले उत्पादन र रोजगारी वृद्धि, हरित अर्थतन्त्रको विकास, पर्यावरणीय सन्तुलन, आर्थिक–सामाजिक विभेदको अन्त्य, गरिबी निवारणलाई पनि प्राथमिकतामा राखेको । 

– नीति तथा कार्यक्रममा मानव विकास सूचकाङ्कमा पछि परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखी सोही अनुसार स्रोतसाधन परिचालन गर्ने उल्लेख ।

 नीति तथा कार्यक्रमका प्रमुख विशेषता

– ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ आभियान अन्तर्गत आगामी दुई वर्षभित्र पाँच लाख आन्तरिक रोजगारी थप गर्ने । 

– २०८० को दशकलाई पर्यटन दशक र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने नीति । 

– आव २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सामाजिक र आर्थिक रूपान्तरणका लागि समतामूलक एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ढाँचामा १६ औँ आवधिक योजना तर्जुमा गरिने ।

–  राष्ट्रिय राजमार्गमा पर्ने ठुला नदीमा आवश्यकता अनुसार सिग्नेचर ब्रिज निर्माण गर्ने । 

– हरिण, मृग, बँदेल, कालिजहरूको व्यावसायिक पालन, 

– तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्व बजारमा ब्रान्डिङ,

– ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग, 

– २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु खरिद,

– वर्षायाममा मासिक ५० र हिउँदमा ३० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क,

– प्रत्येक दुई जिल्लामा एयर एम्बुलेन्स सेवा,

– दुई वर्षभित्र सबैको घरमा बिजुली, 

– हरेक स्थानीय तहमा स्मार्ट विद्यालय,

– स्वचालित ज्याला प्रणाली लागु गर्ने,

– एक टोल, एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्रको नीति, 

– हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने, 

– दोधारा–चादँनी सुक्खा बन्दरगाह तीन वर्षभित्र,

– चार ठुला नदीमा जल यातायात,

– आविष्कार कोष स्थापना,

– मुटुरोग तथा क्यान्सर निदान गर्न सबै प्रदेशमा ‘सुपर स्पेसियालिटी’ अस्पताल,

– जग्गाधनी प्रमाण पुर्जा, बैङ्क खाता, स्थायी लेखा 

नम्बर र सवारीचालक अनुमतिपत्र लिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य, 

– नयाँ हिमाल आरोहणका लागि खुला गर्ने, 

– विदेशस्थित कूटनीतिक नियोगबाट पनि व्यक्तिगत घटना दर्ता सुरु गरिने ।


१०. भारतीय रिजर्व बैङ्कले चलनचल्तीमा रहेको दुई हजारको नोटलाई बजारबाट हटाउने निर्णय कहिले गरेको हो ?

 सन् २०२३ मे १९

– भारतीय रिजर्व बैङ्कले ‘क्लिन नोट’ नीति अन्तर्गत नोट फिर्ता गर्ने निर्णय गरेको जनाएको ।

– दुई हजारको नोटलाई बैङ्कमा साट्न वा आफ्नो बैङ्क खातामा जम्मा गराउन भनिएको । त्यसका लागि २३ मेबाट ३० सेप्टेम्बरसम्मको समय दिइएको । 

– एक पटकमा अधिकतम २० हजार अर्थात् दुई हजार रुपियाँका १०  वटा नोट मात्रै परिवर्तन हुने । नोटहरू एकै दिनमा धेरै पटक परिवर्तन गर्न सकिने । 

– आरबिआईले मार्च २०१७ अघि दुई हजार रुपियाँका ८९ प्रतिशत नोट जारी गरेको थियो ।

– अब आरबिआईले दुई हजारको नयाँ नोट नछाप्ने वा थप बजारमा ल्याउने छैन । यद्यपि यो कानुनी टेन्डर पैसाका रूपमा जारी रहने । अर्थात् यदि कसैसँग दुई हजार रुपियाँको नोट छ भने त्यसको वैधता कायम रहने । 

– ८ नोभेम्बर, २०१६ मा ५०० र एक हजार रुपियाँका नोट बन्द गर्ने घोषणा गरिएको थियो ।


११. बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने ‘लुम्बिनी केबुलकार’ को प्राविधिक परीक्षण सुरु कहिले गरियो ?

 विसं २०८० जेठ ५

– बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबुलकारको लम्बाइ २.६ किलोमिटर रहेको । 

– लुम्बिनी केबुलकारको कुल लागत साढे तीन अर्ब रुपियाँ रहेको । 

– केबुलकार सञ्चालनसँगै वसन्तपुर डाँडामा पाँचतारे होटल, बालउद्यान, जिपलाइनलगायत संरचना निर्माण हुने । 

– वसन्तपुरमा कामाख्या देवी मन्दिर निर्माण । 

– लुम्बिनी केबुलकारमा मोनोकेबल डिट्याचेबल सिस्टम’ का २५  वटा गोन्डोला रहेका ।

– केबुलकारको तल्लो स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४०) मिटरको उचाइमा रहेको ।

– केबुलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७७ फागुन १ मा भएको थियो ।


१२. दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको सफल आरोहण कहिले गरेका हुन् ?

 विसं २०८० जेठ ५

– यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्पुटी एभोव नी’ (घुँडामाथिबाट दुवै खुट्टा विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका । 

– कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका ।

– सगरमाथामा स्काइ ड्राइभ गर्ने ‘डबल एम्पुटी एभोब नी’ को रेकर्ड पनि बुढामगरले राख्न सफल भएका ।

–  रोल्पाको थवाङका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।


१३. ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि जित्ने प्रतिभा को हुन् ?

  स्पन्दन सुब्बा

– (उपाधिसँगै सुब्बाले नगद १५ लाख रुपियाँसहित अन्य पुरस्कार जितेका ।)


१४. बिमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९÷२०८० को चैत मसान्तसम्मको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको कति प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको छ ?

  ४४.५५ प्रतिशत (म्यादी, लघु र वैदेशिक रोजगार बिमालेखसमेत गरी ।)


१५. ग्लोबल इकोनोमिक प्रोस्पेक्टस, २०२३ अनुसार सन् २०२३ मा विश्व अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ?

 १.७ प्रतिशत

– सन् २०२४ मा २.७ प्रतिशत पुग्ने अनुमान ।

– विकसित राष्ट्रहरूको आर्थिक वृद्धिदर सन् २३ मा ०.५ प्रतिशत मात्र हुने प्रक्षेपण । 

– सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान ।


१६. नेपाल र अस्ट्रेलियाबिच जलस्रोत व्यवस्थापनसम्बन्धी सम्झौता कहिले भएको हो ?

 विसं २०७९ भदौ २३ (सन् २०२२, अगस्ट २९)

– सम्झौता अनुसार अस्ट्रेलियाका विज्ञहरूले नेपालका पानीको स्रोतको वैज्ञानिक उपयोग र व्यवस्थापनका लागि योजना निर्माणमा सहयोग गर्ने । 

– पाँच वर्षका लागि गरिएको सो सम्झौतामा नेपालको तर्फबाट जलस्रोत सचिव दिनेशकुमार घिमिरे र अस्ट्रेलियाको तर्फबाट विदेश मन्त्रालयकी सचिव जान एडम्सद्वारा हस्ताक्षर गरिएको ।

२०८० जेठ १७ 


१. विसं २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? 

 रु. १७ खर्ब ५१ अर्ब ३१ करोड

बजेट :  सङ्क्षिप्त झलक

कुल बजेट :  १७ खर्ब ५१ अर्ब ३१ करोड

चालु :  ११ खर्ब ४१ अर्ब

पुँजीगत :  तीन खर्ब दुई अर्ब

वित्तीय व्यवस्थापन :  तीन खर्ब सात अर्ब

राजस्व :  १२ खर्ब ४८ अर्ब ६२ करोड

वैदेशिक अनुदान :  ४९ अर्ब ९४ करोड

वैदेशिक ऋण :  दुई खर्ब १२ अर्ब ७५ करोड

आन्तरिक ऋण :  दुई खर्ब ४० अर्ब

प्रदेश र स्थानीय तहलाई अनुदान

वित्तीय समानीकरण :  एक खर्ब ४६ अर्ब

प्रदेश :  ५८ अर्ब ६७ करोड

स्थानीय तह :  ८७ अर्ब ३५ करोड

ससर्त अनुदान :  दुई खर्ब २७ अर्ब

प्रदेश :  ३५ अर्ब ७२ करोड

स्थानीय तह : एक खर्ब ९१ अर्ब

समपूरक अनुदान : १३ अर्ब २७ करोड

प्रदेश : छ अर्ब २२ करोड

स्थानीय तह : सात अर्ब पाँच करोड

विशेष अनुदान : १३ अर्ब २३ करोड

प्रदेश : चार अर्ब ३६ करोड

स्थानीय तह : आठ अर्ब ७२ करोड ९६ लाख

राजस्व बाँडफाँट : दुवैलाई गरी एक खर्ब ७३ अर्ब ९२ करोड

बजेटका प्रमुख विशेषता

– आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान 

– मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राखिने

– संसद् विकास कोष पुनः कार्यान्वयनमा ल्याइने

– सामाजिक सुरक्षा भत्ता यथावत्

–  गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गरिने

–  औचित्य नभएका २० वटा संस्था खारेज

– प्रोत्साहन भत्ता खारेज, नयाँ गाडी नकिन्ने, नयाँ भवन नबनाउने, आगामी वर्ष देशको सार्वभौम मूल्याङ्कन गर्ने

– ‘वाटर फ्रम द हिमालय’ नामले ब्रान्डिङ गरी पानी निर्यात गरिने

– फागुनभित्र बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिने

– नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन गर्ने

– सबै सरकारी भवन एकै डिजाइनका हुने, फरक डिजाइनलाई बजेट नदिने

–  नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, एक सय रुपियाँमा दर्ता गर्न सकिने

–  एक अर्बभन्दा बढीका कार्यव्रmममा अनुगमन समिति बनाउने

–  विद्यालयले दिवा खाजामा जङ्क फुड दिन नपाउने

–  ९८ प्रकारका औषधी निःशुल्क गरिने

–  आगामी आवमा लगानी सम्मेलन गर्ने

– सूचना प्रविधिमा वैदेशिक लगानीको सिमा हट्यो

– पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामको नाम महिला उद्यम ग्राम

– ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई लालपुर्जा

–  वातावरणी मूल्याङ्कन प्रतिवेदन ३० दिनभित्र स्वीकृति दिइने

–  दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने

–  २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने

–  ३६ प्रकारका निर्यातमा प्रदान गरिँदै आएको 

अनुदानमा निरन्तरता

– नागरिक उड्डयन प्राधिकरण टुक्रयाइने  र नेपाल वायुसेवा निगमको पुनर्संरचना

– आगामी दुई वर्षभित्र शतप्रतिशत जनतामा विद्युत् सेवा पु-याइने

–  हुलाक बचत बैङ्क खारेज

– सार्वजनिक संस्थानलाई कम्पनी ढाँचामा सञ्चालन गर्ने

–  रेमिट्यान्स बोन्ड जारी गर्ने, बैङ्क खातामा प्यान अनिवार्य

– पथलैया, सिमरा, गण्डक हुँदै वीरगन्जसम्मको कोरिडरलाई बारा पर्सा औद्योगिक कोरिडोरका रूपमा विकास गरिने

– थप १८ हजार चार सय हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गरिने

–  नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा 

थप गरिने, कुल विद्युत् उत्पादन तीन हजार छ सय मेगावाट पु¥याइने 

–  प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पु¥याइने

२. गीतकार सङ्घ नेपालले ‘गीतकार वर्ष अमर भावना सम्मान, २०७९’ बाट कसलाई सम्मानित ग-यो ?

 दुर्गालाल श्रेष्ठ

– सम्मानस्वरूप एक लाख ५१ हजार रुपियाँ र ताम्रपत्र 

प्रदान गरिएको ।


३. सरकारले राष्ट्रिय शिक्षा दिवस कहिले मनाउने निर्णय गरेको छ ?

 असोज २

– विसं २०८० जेठ ९ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको ।

– अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ प्रमाणीकरण गरिएको मितिका आधारमा सो दिवस मनाउने निर्णय गरिएको ।

– यसअघि अन्तर्राष्ट्रिय शिक्षा दिवस (सेप्टेम्बर ८ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवस मनाइन्थ्यो ।


४. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणका व्रmममा कहिले त्यसतर्फ जाँदै हुनुहुन्छ ?

 विसं २०८० जेठ १७ (भ्रमण अवधि जेठ १७–२० सम्म)


५. विसं २०८० जेठ ४ मा राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल, २०२३’ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

 मुना रिजाल

– भरतपुर चितवनकी मुनाले आगामी सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

– विश्वका ५५ देशका सुन्दरीहरूको सहभागिता रहने सो प्रतियोगितामा उहाँले नेपालको सम्पदा झल्कने सङ्क्षिप्त परिचयात्मक भिडियो प्रस्तुत गर्नुहुने छ ।


६. फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले रुसको सदस्यता कहिले रद्द गरेको हो ?

 सन् २०२३ फेब्रुअरी

– युक्रेनमा रुसले गरिरहेको सैन्य कारबाही एफएटिएफको आधारभूत सिद्धान्तविपरीत भएको सदस्यता रद्द गरेको हो ।

– युक्रेन  युद्धका कारण अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । यसपछि रुसले आफ्नो अर्थतन्त्र कायम राख्न चीन, भारत, ताइवान जस्ता देशसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ । यदि एफएटिएफले रुसलाई कालो सूचीमा राखेमा यी देशलाई पनि रुससँग व्यापार जारी राख्न निकै कठिन हुने छ । यसले रुसी अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ ।


७. विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरेको स्वास्थ्य पुरस्कार (सन् २०२३) प्राप्त गर्ने नेपाली संस्था कुन हो ?

 निक साइमन्स इन्स्टिच्युट

– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा निक साइमन्स इन्स्टिच्युटले सो पुरस्कार प्राप्त गरेको हो ।

– पुरस्कार राशि २० हजार डलर रहेको छ । 

– विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष विश्वमा रहेका मानिसको स्वास्थ्य सुधार्न उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको छ ।


८. मिस नेपाल वल्र्ड, २०२३ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

 श्रीच्छा प्रधान 

– मिस नेपाल विजेता प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डिएचआई’ क्याटेगोरीमा पनि अवार्ड जित्नुभयो ।

– रैना मजगैँयाले ‘मिस नेपाल अर्थ’ को उपाधि हात पार्नु भएको थियो ।

– त्यस्तै प्रसिद्धि शाहले ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि जित्नु भयो ।


९. सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो बझाङकी आरोही को हुनुहुन्छ ?

 सङ्गीता रोकाया 

– साइपाल गाउँपालिका–४ की रोकाया छाउपडी प्रथा अन्त्यको सन्देशसहित विश्वको सर्वोच्च शिखर पुग्नुभएको हो । 

– उहाँले विसं २०८० जेठ ३ मा सगरमाथा आरोहण गर्नुभएको थियो ।


१०. बिमा समितिलाई कहिले ‘नेपाल बिमा प्राधिकरण’ मा रूपान्तरण गरिएको हो ?

 विसं २०७९ कात्तिक २२ (बिमा ऐन, २०७९ अनुसार)


११. भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड, २०२३’ बाट सम्मानित नेपाली कलाकार को हुनुहुन्छ ?

 निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेतृ करिश्मा मानन्धर

– लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दुवैलाई यो अवार्ड प्रदान गरिएको हो ।

– भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फउन्डेसन’ ले यो अवार्ड प्रदान गरेको हो ।


१२. विसं २०८० जेठमा काभा वुमन्स च्यालेन्ज कपमा नेपालले कुन स्थान हासिल गरेको हो ?

 तृतीय 

– उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक तेस्रो स्थानमा सीमित बनेको ।


१३. नेपाल हरित हाइड्रोजन सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०७९ आश्विन २४–२५

– (नारा : नेपाल हरित हाइड्रोजन सम्मेलन, पग्लँदै गरेको हिमालका लागि एन्टिडोट)


१४. सातौँ कृषि गणना कहिले सम्पन्न भएको हो ?

 विसं २०७९ वैशाख ६ देखि जेठ १९ सम्म


१५. काभ्रेको पनौती र ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने गोदावरी फुलचोकी वनलाई नयाँ संरक्षण क्षेत्र कहिले तोकिएको हो ?

 विसं २०७९ असार २

– यससँगै नेपालमा संरक्षित क्षेत्रको सङ्ख्या सात पुगेको छ ।

– विसं २०७९ जेठ ३१ को मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।


१६. नुवाकोटस्थित नेपालकै ठुलो सौर्य उत्पादनको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७९ भदौ १० (२५ मेवा)


१७. विसं २०८० जेठ १४ मा सार्वजनिक आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति वटा छन् ?

 २५ वटा

– ४४ वटा संस्थानमध्ये २५ वटा नाफामा रहेका छन् ।


१८. आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार २०७९ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या कति रहेको छ ?

 ५३ लाख ४१ हजार १७८

– जसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६४.६ प्रतिशत, व्यावसायिक लेखा नम्बर लिने ३४.९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत छ । 

– यसै गरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता तीन लाख सात हजार ७१० पुगेको । 

– अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख २० हजार २९२ पुगेको ।


२०८० जेठ २४ 

१. फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल, २०२३’ मा तीन विधामा अवार्ड प्राप्त गर्न सफल नेपाली चलचित्र कुन हो ?

 राधा

– सुवर्ण थापाद्वारा निर्देशित सो चलचित्रले उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ र उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएको छ । 

– निर्देशक थापाको लेखनसमेत रहेको चलचित्रले महिलाको सहनशक्ति चरित्रको कथालाई प्रस्तुत गरेको छ ।

– सो फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ विभिन्न सात विधामा मनोनयनमा परेको थियो । चलचित्रमा सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

– यो फेस्टिभल विशेष गरी महिला चलचित्रकर्मी र महिला चरित्रलाई उत्प्रेरित गर्ने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको छ ।


२. राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?

 जेठ १६

– विसं २०८० को महिला दिवसको नारा – ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ रहेको छ ।

– विसं २०८० जेठ १६ मा पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइयो । 

– विसं २०६३ जेठ १६ गतेका दिन तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले नेपाली महिलाको हकअधिकारसम्बन्धी महìवपूर्ण चार वटा विशेष प्रस्ताव पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । 


३. सन् २०२३ मे २२ मा बायोलोजिकल रिभ्युज नामक जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार विश्वमा कति प्रतिशत जीव प्रजातिको सङ्ख्या घट्दै गएको छ ?

 ४८ प्रतिशत

– अध्ययनले पृथ्वीका करिब आधाजसो जीव प्रजातिले आफ्नो सङ्ख्यामा तीव्र गिरावट साक्षात्कार गरिरहेको देखाएको छ । केवल ३ प्रतिशतभन्दा कम प्रजातिको मात्रै सङ्ख्यामा वृद्धि पाइएको छ । 

– अध्ययन अनुसार प्रजातिहरूको सङ्ख्यामा घट्दो प्रवृत्तिले विलोपीकरणकै खतरालाई सङ्केत गरेको छ । आइयुसिएनको रातो सूचीमा हाल खतरारहितमा वर्गीकृत ३३ प्रतिशत प्रजाति पनि लोप हुने दिशामा गइरहेका छन् । 


४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा देशकै सर्वोत्कृष्ट अस्पताल कुन बनेको छ ?

 भक्तपुर अस्पताल


५. र्टिर्कएको राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?

 रेसेप तैयप एर्दोगान 

– टर्किएमा मे १४ र २८ मा दुई चरणको निर्वाचन सम्पन्न भएको थियो । 

– मे २८ मा भएको दोस्रो चरणको मतदानमा उहाँले छ वटा विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका केमाल किलिचदारोग्लुलाई पराजित गर्नुभएको थियो । एर्दोगानले कुल खसेको मतको ५२.१४ प्रतिशतमा प्राप्त गर्नुभएको थियो । मे १४ को पहिलो चरणको निर्वाचनबाट राष्ट्रपतिको टुङ्गो नलागेपछि दोस्रो चरणको मतदान भएको थियो ।

– एर्दोगानले २० वर्षयता टर्कीएमा शासन गर्दै आउनुभएको थियो । यो निर्वाचनले आगामी पाँच वर्षका लागि उहाँलाई झनै शक्तिशाली बनाएको छ । सन् २००३ मा उहाँले प्रधानमन्त्री पद सम्हाल्नुभएको थियो । सन् २०१४ मा पहिलो पटक उहाँ राष्ट्रपति हुनुभएको थियो । उहाँ तेस्रो पटक सो पदमा निर्वाचित हुनुभएको हो । 


६. अति नै मनोरम धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजनाका लागि तय गरिएको समय कुन हो ? 

 विसं २०८० जेठ २३–२५


७. स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको नयाँ कार्यकाल कहिलेदेखि सुरु भएको हो ?

 विसं २०७९ जेठ ६


८. विश्व बैङ्कको क्षेत्रीय कार्यालय श्रीलङ्काबाट कहाँ सारिएको छ ?

 नेपाल

 – सन् २०२२ जुन १ देखि नेपालमा सारिएको हो ।

 –  यही कार्यालयबाट नेपाल, श्रीलङ्का र माल्दिभ्सको कार्य सञ्चालन हुने छ ।


९. प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ?

 सोलुखुम्बु

– प्रस्तावित क्षेत्र जैविक विविधता, पर्यापर्यटन र संस्कृतिका हिसाबले धनी रहेको छ । 

– मेरापिक हिमाल रहेको यो क्षेत्र पर्वतारोहणका लागिसमेत प्रसिद्ध रहेको छ ।


१०. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहो¥याएर आरोहण गर्न सफल विश्वकै एक मात्र आरोही को हुनुहुन्छ ?

 सानु शेर्पा

– उहाँले सन् २०२२ जुलाई २१ मा पाकिस्तानको गसेर्वरुम–२ आरोहण गरेसँगै यो कीर्तिमान कायम गर्नुभएको हो । उहाँले सन् २००७ देखि आरोहण सुरु 

गर्नुभएको थियो ।


११. दस घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको आरोहण गर्ने विश्वकै कान्छो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्न सफल आरोही को हुनुहुन्छ ? 

 निमा रिन्जी शेर्पा (१७ वर्ष) 

– निमा सन् २०२३ मे २५ (जेठ ११) का दिन बिहान २ः३० बजे ८,८४८.८६ मिटर उचाइको सगरमाथाको शिखर पुग्नुभएको थियो । त्यसपछि ८,५१६ मिटर उचाइको ल्होत्सेतर्फ उहाँ लाग्नुभएको थियो । यही दिन ११ः५० बजे हिमालको चुचुरोमा पुगेर सो कीर्तिमान उहाँले कायम गर्नुभएको थियो । 

– उहाँले यसअघि १६ वर्षको उमेरमा नै पर्वतारोहणमा विश्व कीर्तिमान बनाउनुभएको थियो । सन् २०२२ सेप्टेम्बर ३० मा उहाँले विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मि) आरोहण गरी सो हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा (१६ वर्ष पाँच महिना १२ दिन) आरोहीको रेकर्ड राख्नुभएको थियो ।


१२. आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले प्रशासनिक खर्च घटाउने भन्दै सङ्घीय सरकार मातहतका कति निकाय खारेज गर्ने जनाएको छ ? 

 २०


१३. नेपाल दुःखी देशहरूको सूचीमा कति औँ स्थानमा रहेको छ ? 

 ६३ औँ (प्राप्त गरेको अङ्क : ३७.१८)


१४. नेपालगन्जस्थित एकीकृत जाँच पोस्ट (आइसिपी) कहिलेदेखि सञ्चालनमा आएको हो ? 

 विसं २०८० जेठ १८

– भारत भ्रमणको सन्दर्भमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा उद्घाटन गरेसँगै सो आइसिपी सञ्चालनमा आएको हो । 

– यसअघि नेपाल–भारत सीमा नाका अन्तर्गत वीरगन्ज, विराटनगर र भैरहवामा आइसिपी सञ्चालनमा आइसकेका छन् । 


१५. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ? 

 सन् २०२३–२०२७

– सन् २०२३ देखि २०२७ सम्मको रणनीतिक कार्यव्रmम समावेश भएको सो फ्रेमवर्क कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, एफएओका एसिया प्रशान्त क्षेत्रका प्रमुख जोङ जिन किमर, संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।

– यसले नेपालको कृषि र वन क्षेत्रको दिगो विकास, खाद्य तथा पोषण सुरक्षा कायम गर्ने साथै दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


१६. संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ? 

 ८० प्रतिशत (सन् २०२३ मेमा प्रकाशित प्रतिवेदन अनुसार)


१७. भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी सम्झौता कहिले भएको हो ? 

 विसं २०८० जेठ १८

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण (विसं २०८० जेठ १७–२०) को सन्दर्भमा भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश घिमिरे र भारतीय ऊर्जा सचिव आलोक कुमारद्वारा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो । 

– यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको 

विद्युत् व्यापार अब दीर्घकालीन व्यापार सम्झौतामार्फत हुने छ । 

भ्रमणका व्रmममा भएका सम्झौता

– आगामी १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने । 

– नेपालबाट भारतीय विद्युत् प्रसारण लाइन प्रयोग गरेर बङ्गलादेशमा विद्युत् निर्यात गर्न दिने । सुरुमा ५० मेगावाट बिजुली नेपालले बङ्गलादेश निर्यात गर्ने । नेपालबाट बङ्गलादेशमा थप ऊर्जा व्यापारको मार्गचित्रबारे त्रिपक्षीय छलफल गर्ने सहमति । 

– ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गर्ने गरी सम्झौतामा हस्ताक्षर । 

– दुई देशका प्रधानमन्त्रीले ‘न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ को संयुक्त रूपमा शिलान्यास 

गर्नुभएको । आयोजना नेपाल विद्युत् प्राधिकरण र भारतीय विद्युत् प्राधिकरणको समान लगानी रहेको छुट्टै 

कम्पनीले बनाइने । 

– ४२६ मेगावाटको फुकोट कर्णाली आयोजना भारतीय कम्पनी एनएचपिसीसमेतको लगानीमा निर्माण हुने । आयोजनाको लागत करिब ६१ अर्ब ८६ करोड रुपियाँ हुने अनुमान छ । 

– पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर तीन महिनाभित्र सम्पन्न गर्ने र एक वर्षभित्र लगानीको मोडालिटी तय गरिने । 

– सिलिगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सहमति ।

– नेपाल र भारतबिच अन्तरदेशीय डिजिटल पेसम्बन्धी सम्झौतामा हस्ताक्षर । यसबाट नेपाल र भारतका नागरिकले अब क्युआर कोड स्क्यानबाट भुक्तानी 

गर्न सक्ने । 

– भारतीय सहयोगमा कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता । 

– समुद्रसम्म नेपालको सिधा पहुँच हुने गरी पारवहन सन्धि संशोधन गरिएको । नेपालले भारतको बनारस, साहिबगन्ज, कालुघाट जलमार्ग प्रयोग गर्न पाउने । 

– नेपालको परराष्ट्र मामिला संस्थान र भारतको सुष्मा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसबिच सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर । 

– दुई देशका प्रधानमन्त्रीद्वारा बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल्वे सेवाको उद्घाटन । 

– प्रचण्ड र मोदीद्वारा नेपालगन्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन र भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास । 

– भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि भारत सहमत ।



२०८० जेठ ३१ 

१. विसं २०८० जेठ २७ मा सम्पन्न ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन’ को उपाधि जित्ने क्लब कुन हो ?

 चर्च ब्वाइज युनाइटेड (उपविजेता : मच्छिन्द्र फुटबल क्लब)

– चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै लिग च्याम्पियन हुन सफल भएको । गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन भएर चर्च ब्वाइजले यस पटक पहिलो पल्ट घरेलु शीर्ष लिग खेलेको थियो ।

– चर्च ब्वाइज डेब्युमै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि मनाङ–मस्र्याङ्दी क्लबले २०४३ सालमा डेब्युमै लिग च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको थियो । 

– उपाधि विजेता चर्च ब्वाइजले ७५ लाख रुपियाँ पुरस्कार हात पारेको छ । त्यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले ५० लाख रुपियाँ तथा तृतीय स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ३५ लाख रुपियाँ प्राप्त गरेको छ । 


२. बैङ्किङ प्रविधि क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

 ग्लोबल आइएमई बैङ्क

– नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैङ्कहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलता जस्ता तथ्यलाई आधार मानी यो अवार्ड प्रदान गर्ने गरिएको ।

– डिजिटल ट्रान्सफर्मेसन, टेक्नोलोजीमा नवीनता एवं उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैङ्किङमार्पmत सेवा प्रवाह गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको ।


३. पहिलो पल्ट गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान कसलाई प्रदान गरियो ?

 गीतकार किरण खरेल

– त्यसै गरी तारावीरसिंह तुलाधरलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान एवं गायिका मिलन नेवारलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कार प्रदान गरिएको छ ।

– गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले पहिलो पटक अमर गायक प्रेमध्वज प्रधानको स्मरणमा गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।


४. सरकारले विसं २०८० जेठमा कतिवटा हिमचुचुरालाई आरोहणका लागि खुला गरेको छ ? 

 पाँच वटा

– योसँगै आरोहणका लागि खुला चुचुराको सङ्ख्या ४२० पुगेको छ । 

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने पाँच वटा चुचुरा आरोहणका लागि खुला भएका छन् । 


५. विसं २०८० मा प्रदान गरिने हृदयचन्द्र सिंह स्मृति पुरस्कार कसलाई प्रदान गरियो ? 

 प्रगतिवादी साहित्यकार मोहनविव्रmम सिंह


६. विश्व बैङ्कद्वारा सन् २०२३ जुन ६ मा प्रकाशित ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

 ४.१ प्रतिशत

– चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्ने छ । 

– दक्षिण एसियाली मुलुुकमध्ये चालु आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको छ । त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बङ्गलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण रहेको छ । 

– पाकिस्तानको अत्यन्त न्यून ०.४ प्रतिशत वृद्धिदर हुँदा श्रीलङ्काको वृद्धिदर ४.३ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ । 

– प्रतिवेदनमा विश्वका विकसित दशहरूले मौद्रिक नीतिमा लिएको कडाइले दक्षिण एसियाली मुलुक प्रभावित भए पनि सन् २०२२ को दोस्रो त्रैमासपछि त्यसको प्रभाव बिस्तारै कम भएको उल्लेख गरिएको छ । यद्यपि, आर्थिक वृद्धिमा भएको सुस्तताले भने निरन्तरता पाएको उल्लेख गरिएको छ । 

– खास गरी श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानले गहिरो आन्तरिक सङ्कट बेहोर्नु परेको प्रतिवेदनले उल्लेख गरेको छ । नीतिगत अनिश्चितता र आयातका लागि विदेशी मुद्रा सञ्चितिको अपर्याप्तता जस्ता सङ्कट दक्षिण एसियाली मुलुकले भोग्नु परेको पाइएको छ ।

– प्रतिवेदनले समग्रमा दक्षिण एसियाली क्षेत्रको वृद्धिदर सन् २०२३ मा औसतमा ५.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै सन् २०२४ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण छ । उच्च सरकारी र बाह्य ऋण, न्यून विदेशी मुद्राको सञ्चिति र सामाजिक आर्थिक दबाबले यस क्षेत्रको आर्थिक वृद्धिदरलाई असर पु¥याउने अनुमान रहेको छ ।


७. ‘सानै छु बढ्न देऊ : बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

 सुदूरपश्चिम प्रदेश


८. आइएसओ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो नगरपालिका कुन हो ?

 तिलोत्तमा नगरपालिका (रुपन्देही)


९. नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ अन्तरिक्षमा कति दिन रहेर खसेको हो ?

 ८४१ दिन

– नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभास मास्केले बनाएको ‘नेपाली स्याट–१’ नामक भू–उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको हो ।

– सो भू–उपग्रहले अन्तरिक्षमा रहँदा पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो ।

– नेपाली स्याटसँगै अन्तरिक्षमा छाडिएको श्रीलङ्काको राभाना–१ भू–उपग्रह पनि खसेको थियो ।

– ‘नेपाली स्याट–१’ २०७६ वैशाख ५ गते अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । 


१०. आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कति वटा निकाय खारेजी तथा गाभिने घोषणा गरिएको छ ? 

 २० वटा

११. सन् २०२४ को गृष्मकालीन ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ ?

 फ्रान्स


१२. ‘कल्पग्रन्थ’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘मैले देखेको नेपाल’ नामक कृतिका लेखक को हुन् ?

 हर्क गुरुङ


१३. गृष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर कुन हो ?

 बेइजिङ 

– सन् २०२२ मा २४ औँ शीतकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले सन् २००८ मा गृष्मकालीन खेलकुद आयोजना गरेको थियो । 

– २४ औँ शीतकालीन ओलम्पिकमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल राष्ट्र व्रmमशः नर्वे, जर्मनी 

र चीन हुन् ।

– २४ औँ शीतकालीन ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्न सफल खेलाडी थेरेसा जोहान (नर्वे) हुन् । 

– सर्वाधिक स्वर्ण पदक जित्न सफल खेलाडी नर्वेका जोहानेस बोेस (चार स्वर्ण र एक कांस्य) हुन् ।

– यस खेलकुद प्रतियोगिताको नारा : टुगेदर फर अ सेयरड फ्युचर (साझा भविष्यका लागि एकजुट) रहेको छ ।

– ९१ देशका दुई हजार ८७१ खेलाडीको सहभागिता रहेको,

– सात खेल तथा १५ इभेन्ट समावेश, 

– पदक हासिल गर्न सफल राष्ट्र ः २७ (९१ राष्ट्रमध्ये),

– अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत १५ राष्ट्रले यस ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरेका, 

– २५ औँ शीतकालीन ओलम्पिक सन् २०२६ मा इटालीको मिलान कोर्टिनामा हुने छ ।

– शीतकालीन ओलम्पिकमा हालसम्म नेपालको सहभागिता नभएको, 

– पहिलो शीतकालीन ओलम्पिक खेलकुद सन् १९२४ मा आयोजना भएको हो ।

१४. विराटनगर–जोगवनी संयुक्त भन्सार नाकामा मालवाहक रेल सेवा कहिलेदेखि सुरु भएको हो ? 

 विसं २०८० जेठ १८

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै विराटनगर–जोगवनी नाकामा रहेको संयुक्त भन्सार जाँच चौकीसम्म भारतीय मालवाहक रेलसेवा सञ्चालनमा आएको छ । 

– आइसिपीसम्म मालवाहक रेल सेवा सुरु भएपछि व्यवसायीले दोहोरो झन्झट खेप्नु नपर्ने र ढुवानी खर्च पनि घट्ने भएको छ । 


१५. विश्व दुध दिवस कहिले मनाइन्छ ?

 जुन १

– सन् २०३३ को नारा ः दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार 

– विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुधको उपभोग वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २००१ जुन १ देखि यो दिवस मनाउन सुरु गरेको हो । 

– नेपालमा यो दिवस सन् २०११ देखि मनाउन सुरु गरिएको हो । 


१६. रानाथारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ? 

 धनगढीकी जीवन राना

१७. संयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का लागि चयन गरेको ठाउँ कुन हो ? 

 ब्राजिल


SHARE

0 Comments

Leave a Reply