त्रिविका गोल्ड मेडलिस्ट उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ ।  साढे २२ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् । शुक्रवार विशेष अदालतले नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजायसहित जरिवाना हुने फैसला सुनाएको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना तोकेको हो । तर उनलाई घुस दिने बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाई दिएको छ । 

२०७९ साउन १७ गते अपराह्न नागपोखरीस्थित एक होटल परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए ।  प्याराग्लाइडिङ उडान अनुमतिका लागि स्वीकृति दिन सेवाग्राहीसँग घुस मागेका उनलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए ।


SHARE

0 Comments

Leave a Reply