गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० श्रावण ४ )

Accordion in HTML5

इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? चित्तधर नेपाली (राशि : दुई लाख रुपियाँ)
त्यस्तै आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार (राशि : एक लाख रुपियाँ) पोषराज पौडेललाई प्रदान गरिएको छ।

भगत सर्वजित मानव मर्यादा पुरस्कार मैना अछामी, नवराज लम्साल र चक्रमान विश्वकर्मालाई प्रदान गरिएको छ।

युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार (राशि : एक लाख रुपियाँ) मोहन सिटौला तथा शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार (राशि ः एक लाख रुपियाँ) गोविन्द आचार्यलाई प्रदान गरिएको छ ।
सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिग, २०८० को उपाधि कसले जित्यो ? पुरुषतर्फ : हेल्प नेपाल र महिला तर्पm : नेपाल पुलिस
  • हेल्प नेपालले फाइनलमा नेपाल पुलिसको टोलीलाई हराउँदै उपाधि जित्न सफल भएको हो।
  • त्यस्तै महिलातर्फ पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा हराउँदै उपाधि उचालेको हो।
  • विजेता दुवै टोलीले समान छ लाख रुपियाँ एवं उपविजेता टोलीले समान तीन लाख रुपियाँ प्राप्त गरेका छन्।
  • पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ न्यु डायमन्ड तेस्रो भएका छन्। दुवैले समान एक लाख ५० हजार रुपियाँ प्राप्त गरेका छन्।
  • नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगमा पुरुषतर्फ एमल खान (हेल्प नेपाल) र महिलातर्फ पुनम चन्द (पुलिस क्लब) उत्कृष्ट खेलाडी घोषित भएका छन्।
  • SHARE

    0 Comments

    Leave a Reply