गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० असौज २४)

१. विश्व बैङ्कद्वारा सन् २०२३ अक्टोबर ३ मा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

३.९ प्रतिशत

अक्टोबर ३ मा सार्वजनिक ‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको ।

विश्व बैङ्कले सन् २०२५ सम्म नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने जनाएको । गत चैतमा विश्व बैङ्कले चालु आवको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

२. बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प कहिले गएको हो ?

विसं २०८० असोज १६

भूकम्पका कारण बझाङ र बैतडीमा दर्जनौँ मानिसको ज्यान जानुका साथै कैयौँ व्यक्ति घाइते भएका । भौतिक संरचनातर्फ पनि थुप्रै क्षति पुगेको ।

सुदूरपश्चिम प्रदेशमा २०७९ कात्तिकदेखि हाल (२०८० असोज १६) सम्म ६ म्याग्निच्युडभन्दा माथिका तीन वटा र चार म्याग्निच्युडभन्दा माथिका झन्डै ५० वटा भूकम्प गएका 

३. इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान–२०८० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

प्रा. विधानाथ उपाध्याय भट्टराई 

त्यस्तै सरस्वती सम्मान नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे र कवि एवं व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा प्रदान गरिएको ।

नारायणगोपाल सङ्गीत सम्मान सङ्गीतकार एवं लोकगायिका झुमा लिम्बूलाई प्रदान गरिएको ।

४. सन् २०२३ मा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?

अमेरिकी वैज्ञानिकद्वय काटालिन कारिको र ड्र्यु वेसम्यान

(कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत)

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० मार्चमा कोभिडलाई महामारी घोषणा गरेको थियो र सोही वर्षको डिसेम्बरमा एमआरएनए खोपलाई कोभिड नियन्त्रणका लागि प्रयोग गर्न स्वीकृति दिइएको थियो ।

५. भौतिकशास्त्रतर्पmको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?

फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिस एनी इलहुइलियर (पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिका लागि ।)

६. रसायनशास्त्रतर्पmको नोबेल पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ?

मुङ््गी बावेन्डी, लुइस ब्रस र एलेक्सी इकिमोभ

(क्वान्टम डट्स भनी चिनिने अर्धचालक नानो क्रिस्टलमा अनुसन्धान गरेबापत ।)

७. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो ? 

क्लाउडिया गोल्डिन

श्रम बजारमा महिलाले पु¥याएको योगदानबारे विशिष्ट अध्ययन गरेबापत । अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी तेस्रो महिला हुन् । 

८. सरकारले कति करोडसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट गर्न सक्ने व्यवस्था गरेको छ ?

रु. ५० करोड 

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसाय गर्न सक्ने व्यवस्था गरेको ।

यसअघि विदेशी लगानीको सीमा दुई करोड रुपियाँ निर्धारण गरिएको थियो ।

स्वचालित मार्गबाट विदेशी लगानी गर्न सक्ने विभिन्न सात क्षेत्रसमेत निर्धारण गरिएको । 

लगानीका लागि निर्धारण गरिएको सात क्षेत्र

१. ऊर्जामूलक उद्योग

२. कृषि तथा वन पैदावारमा आधारित उद्योग

३. पूर्वाधार उद्योग

४. पर्यटन उद्योग

५. सूचना प्रविधिमा आधारित उद्योग

६. सेवामूलक उद्योग र 

७. उत्पादनमूलक उद्योग

९. सन् २०२३ मा अजरवैजानमा आयोजित फिल्म महोत्सवमा स्पेसल मेन्सन अवार्ड उपाधि जित्न सफल वृत्तचित्र कुन हो ?

नो विन्टर होलिडेज

१०. चीनको हाङझाउमा सञ्चालित एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली खेलाडी को हुन् ?

एरिका गुरुङ (कराँते)

एरिका व्यक्तिगत स्पर्धामा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन् । नेपालका लागि एसियाली खेलकुदमा पहिलो रजत सविता राजभण्डारीले सन् १९९८ को बैङ्कक एसियाडमा तेक्वान्दोबाट जितेकी थिइन् ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाडमा नेपालले टिम इभेन्टस्मा रजत पदक जितेको थियो ।

११. नेपालले युरोपेली देश रोमानियासँग श्रम सम्झौता कहिले गरेको हो ?

विसं २०८० असोज १९ (सन् २०२३ अक्टोबर ६)

असोज १९ मा नेपाल र रोमानियाका श्रममन्त्रीहरूबिच सम्झौतामा हस्ताक्षर भएको ।

नेपालले श्रम सम्झौता गरेको रोमानिया पहिलो युरोपेली देश हो । त्यस्तै असोज २३ मा युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता भएको ।

श्रमिकका हकअधिकारलाई व्यवस्थित गर्न सम्झौताले सघाउने विश्वास लिइएको ।

१२. चन्दननाथ बाबाको तपोभूमि कहाँ हो ?

जुम्ला

१३. प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भिषण आक्रमण कहिले गरेको हो ?

सन् २०२३ अक्टोबर ७

अक्टोबर ७ मा इजरायल र प्यालेस्टिनी लडाकु समूहबिच लडाइँ सुरु भएको । 

इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरायलले जबाफी हमला सुरु गरेको थियो ।

हमासले इजरायलको गाजा क्षेत्रमा २० मिनेट अवधिमै पाँच हजारभन्दा बढी रकेट आक्रमण गरिएको दाबी गरेको छ । उसले यो कारबाहीलाई ‘अपरेसन अल अक्सा फ्लड’ नाम दिएको । हमासका लडाकुहरूले गाजा क्षेत्रबाट सीमामा प्रवेश गरी सर्वसाधारणलाई आव्रmमण गर्दै बन्दीसमेत बनाएको । 

१४. अमेरिकी पत्रिका फोब्र्सका अनुसार सन् २०२३ मा विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा पहिलो नम्बरमा पर्न सफल धनाढ्य को हुन् ?

बनार्ड अर्नाल्ट (फ्रान्स)

अर्नाल्ड फेसन ग्रुप एलभिएचएमको संस्थापक, अध्यक्ष तथा सबैभन्दा ठुला सेयर होल्डर पनि हुन् । अमेरिकी अर्बपति व्यापारी तथा विश्वप्रसिद्ध कार निर्माता कम्पनी टेस्लाका सोइओ एलन मस्क यो वर्ष दोस्रो नम्बरमा झरेका । मस्कको नेटवर्थ १८० विलियन डलरमा झरेको । मस्क २०२२ मा विश्वकै धनी थिए । 


१५. चीनको हाङझोङमा सम्पन्न १९ औँ एसियाडमा प्रथम द्वितीय र तृतीय हुने राष्ट्र कुन कुन हुन् ?

क्रमशः चीन (२०१ स्वर्ण, १११ रजत, र ७१ कांस्यसहित ३८३), जापान (५२ स्वर्ण, ६७ रजत, ६९ कांस्यसहित १८८), दक्षिण कोरिया (४२ स्वर्ण, ५९ रजत र ८९ कांस्यसहित १९०)

कोरोना महामारीका कारणले एक वर्ष ढिला भएको हाङझाउ एसियाड सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन भई सम्पन्न भएको । 

हाङझाउ एसियाडमा ४५ राष्ट्रका १२,४१७ खेलाडीले ४० खेलमा सहभागिता जनाएका । 

नेपालका २५३ खेलाडी (१२७ महिला र १२६ पुरुष) विभिन्न २९ खेलमा सहभागी भएका ।

१९ औँ एसियाडमा नेपालले एक रजत र एक कांस्य पदक प्राप्त गरेको । 

कराँते खेलाडी एरिका गुरुङले ऐतिहासिक रजत पदक र पहिलो पटक सहभागी भएको महिला कबड्डी टिमले कांस्य पदक जितेको । 

नेपाल सन् १९५१ देखि एसियाली खेलकुदमा सहभागी हुँदै आएको । 

नेपालले एसियाडमा हालसम्म तीन रजत र २२ कांस्य पदक हासिल गरेको । 

१९ औँ एसियाडमा नेपाल पदक तालिकाको ३३ औँ स्थानमा रहेको । १८ औँ एसियाडमा पनि नेपाल ३३ औँ स्थानमै रहेको थियो । 




SHARE

0 Comments

Leave a Reply