‘रायसिना डायलग’ के हो ?

पछिल्लो समय एसियाली क्षेत्रमा महत्वपूर्ण बहुपक्षीय संवाद सम्मेलनको रुपमा परिचित ‘रायसिना डाइलग’ (रायसिना संवाद) यस पटक पनि हुने भएको छ । विश्वभरबाट चिरपरिचत व्यक्तित्वहरु आउने उक्त संवाद बहुपक्षीय संवाद सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउने भएका छन् । फागुन ९ देखि ११ सम्म हुने उक्त बहुपक्षीय सम्मेलन नयाँ दिल्लीमा हुँदैछ ।

‘रायसिना डायलग’ मा परराष्ट्रमन्त्री साउदले सहभागिता जनाउने

logo1

गत वर्ष पनि सो सम्मेलनमा सहभागी हुनको लागि तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई निम्तो आएको थियो । तर खड्काले भने सम्मेलनमा सहभागता जनाएनन् । त्यसअघि पनि संवाद सम्मेलनमा तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेललाई निम्तो आएको थियो । तर उनी गएनन् ।

यसवर्ष भने परराष्ट्रमन्त्री साउद आफैँ जाने तयारीमा छन् । अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउद नेपाल आएर भारत जाने परराष्ट्र स्रोतले बतायो । ‘एक्काईसौं शताब्दी, एसियाको शताब्दी’ नारामाथि बहस भइरहेको बेलामा दक्षिण एसियाको एक शक्तिशाली मुलुक भारतले आफूलाई भूराजनीतिक संवादको हबको रुपमा प्रस्तुत गरिरहेको छ ।

भारतले सन् २०१६ देखि रायसिना संवाद अघि बढाएको हो । तर पछिल्लो समय उक्त संवादलाई भारतले आफ्नो शक्ति बढ्ने आर्थिक र सामरिक शक्ति प्रर्दशकको मन्चको रुपमा पनि प्रस्तुत गरिरहेको छ । कुनै समयमा यस्ता संवादका लागि एसिया, अफ्रिका, दक्षिण अमेरिका र यूरोपका नेताहरु वासिङ्टन डीसी, डाभोस, लन्डन वा अन्य पश्चिमा शहरमा जानु पर्ने हुन्थ्यो । तर अहिले परिवर्तन भूराजनीतिक अवस्थामा अन्य मुलुकका चर्चित नेता र व्यक्तित्वहरु नयाँ दिल्ली ओइरिन थालेका छन् ।

गत संस्करणमा बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेर, अमेरिकाका पूर्व रक्षामन्त्री जेम्स माटिस, क्वाडका परराष्ट्र मन्त्रीहरु, सबै नयाँ दिल्लीमा जम्मा भएर भूराजनीतिक छलफल गरिरहेका थिए ।

छिमेकी भारतमा भूराजनीतिलाई लिएर यस्तो चर्चा र परिचर्चा भइरहँदा नेपालले पनि आफ्नो धारणा राख्न पाउने भएको छ । यस पटकको संवादमा को-को आउँछन् भन्ने बारेमा पनि हालसम्म सार्वजनिक गरिएको छैन ।

सन् २०१६ देखि रायसिना संवाद सुरु भएको हो । यो भारतको नयाँ दिल्लीमा हरेक वर्ष आयोजना हुने बहुपक्षीय सम्मेलन हो । यसको स्थापना भएदेखि नै भूराजनीति र भूअर्थशास्त्र मा भारतको प्रमुख सम्मेलनको रूपमा रहेको छ ।

उक्त संवाद कार्यक्रम भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा एक स्वतन्त्र थिंक ट्यांक ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ आयोजना गर्दै आइरहेको छ ।

SHARE

0 Comments

Leave a Reply