इरान द्वारा इजरायल माथी आक्रमण

तेहरान । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइलहरू प्रहार गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स(आईआरजीसी) ले यसको जानकारी दिएको छ ।

इजरायलले तेहरानले आक्रमण सुरु गरेको बताएको केही समय पछि इरानले त्यसलाइ स्विकार गरेको हो ।

इजरायलले ड्रोनलाई आफ्नो आकाशमा पुग्न केही घण्टा लाग्ने बताएको छ।

सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि इरानवाट इजरायलमा आक्रमण गरेको हो ।

‘हामीले सिरियामा रहेको इरानी वाणिज्य दूतावासलाई निशाना बनाउने सियोनवादी संस्थाको अपराधको जवाफमा ड्रोन र मिसाइलहरू प्रयोग गरेर अभियान सुरु गर्यौं,’ आईआरजीसीले एक विज्ञप्तिमा भन्यो, ‘अधिग्रहित क्षेत्रहरूमा विशिष्ट लक्ष्यहरू प्रहार गर्न दर्जनौं मिसाइल र ड्रोनहरू प्रयोग गरी अपरेसन गरिएको थियो।’

शनिबार टेलिभिजन सम्बोधनमा बोल्दै इजरायलको सेनाका प्रवक्ता ड्यानियल हगारीले भने, ‘इरानले आफ्नो क्षेत्रबाट इजरायल राज्यको क्षेत्रतर्फ मानवरहित ड्रोनहरू पठाएको छ ।’

वाइडेनले ‘जी ७’ को बैठक बोलाउने

वाइडेनले इरानको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै ‘म यी आक्रमणको कडा शब्दमा निन्दा गर्छु’ भन्ने प्रतिक्रिया दिएका छन । बाइडेनले थप भने, ‘मैले इजरायलको सुरक्षाका लागि प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेको छु।’ राष्ट्रपति वाइडेनले इरानको आक्रमणबारे संयुक्त कूटनीतिक वार्ताका लागि अप्रिल १४ मा जी ७ नेताहरूको बैठक बोलाउने र इजरायली नेतासँग सम्पर्कमा रहने जनाएका छन् ।’

राष्ट्रपति बिडेनले ट्वीटरमा लेखेका छन्, ‘मैले भर्खरै मेरो राष्ट्रिय सुरक्षा टोलीसँग इजरायल विरुद्ध इरानको आक्रमणको अद्यावधिकको लागि भेटेँ। इरान र यसका प्रोक्सीहरूको खतराबाट इजरायललाई जोगाउन हामी इजरायलको साथमा छौं।’ जानकारीका अनुसार बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्ने क्रममा इरानी आक्रमणको प्रतिक्रिया नगर्न इजरायललाई आग्रह गरेका छन् ।

SHARE

1 Comments

  1. kopila gurung says:

    how to note received

Leave a Reply