गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० असार ६)

१. युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो ?

म्यान्चेस्टर सिटी

इङ्ग्लिस प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्यिन लिग उपाधि जितेको । 

यसअघि म्यान्चेस्टर सिटीले प्रिमियर लिग र एफए कप पनि हात पारेको । म्यान्चेस्टर सिटीले एकै सत्रमा तीन उपाधि जितेर म्यान्चेस्टर युनाइटेडले बनाएको इतिहासको बराबरी गरेको । म्यान्चेस्टर युनाइटेडले सन् १९९९ मा सो दुर्लभ उपाधि हासिल गरेको थियो ।

इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलो पटक यो उपाधि जित्न सफल भएको । 


२. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?

जुन ७

(सन् २०२३ को नारा : खाद्य पदार्थमा मापदण्ड, जीवनरक्षाको आधार स्तम्भ)


३. नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुने व्यक्तित्व को हुनुहुन्छ ?

डा. वैकुण्ठ अर्याल 

विसं २०८० जेठ ३२ को मन्त्रीपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।

यसअघिका मुख्य सचिव शङ्करदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको । वैरागी आगामी असोज १४ गते सेवाबाट 

अवकाश हुँदै हुनुहुन्थ्यो ।

विसं २०४६ माघमा नायब सुब्बा पदबाट निजामती सेवा सुरु गर्नुभएका अर्याल अधिकृत, उपसचिव, सहसचिव हुँदै २०७५ असार ३ गते सचिव पदमा बढुवा 

हुनुभएको थियो ।

डा. अर्यालको सचिव भएको पाँचवर्षे कार्यकाल २०८० असार २ गते सकिन लागेको थियो ।

उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको ।

उहाँ २०८२ साल कात्तिकसम्म मुख्य सचिव पदमा बहाल रहने । 


४. बागमती प्रदेश सरकारद्वारा विसं २०८० जेठ ३२ मा सार्वजनिक बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० अनुसार राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा कति रहेको छ ?

३६.८० प्रतिशत

प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धि १.८ प्रतिशत रहने । 

राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा बागमतीको हिस्सा ३६.८० प्रतिशत हुने अनुमान । 

राष्ट्रिय कृषि उत्पादनमा बागमतीको योगदान १७ प्रतिशत ।


५. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?

विसं २००८ असार १

‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोक सेवा आयोगको विधिवत् 

स्थापना भएको । 

एक विशिष्टीकृत संवैधानिक निकाय, जसको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा नेपालको संविधानको भाग २३ अन्तर्गत धारा २४२ र २४३ मा व्यवस्था गरिएको ।

लोक सेवा आयोगमा अध्यक्ष र अन्य चार जना सदस्य गरी पाँच जना पदाधिकारी रहने । 

अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने, पुनर्नियुक्ति हुन नसक्ने तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न भने सकिने ।

 पहिलो विज्ञापन प्रकाशन : विसं २००८ भदौ १८ 

अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट वस्तुगत बहुउत्तर उत्तर पुस्तिका परीक्षण सुरु : २०६९ भदौ ७

अनलाइन प्रणालीबाट दरखास्त सङ्कलन सुरु : २०७१ चैत २३

सुरक्षा निकाय, सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्राप्त : विसं २०७२

उत्तर पुस्तिकाको दोहोरो परीक्षण सुरु : विसं २०७२ पुस ६

एसेसमेन्ट सेन्टर मेथोडोलोजी (एसिएम) परीक्षण प्रविधिको सुरुवात : विसं २०७३

राप द्वितीय श्रेणी (उपसचिव) अप्रविधिक पदमा ‘इन बास्केट एक्सरसाइज’ परीक्षण सुरुवात : विसं २०७५

नेपालको संविधान अनुसार कार्यविधि व्यवस्थित गरी लोक सेवा आयोग ऐन, २०७९ जारी : २०७९ असार ३१

लोक सेवा आयोगको दोस्रो रणनीतिक योजना (२०७९/८०–२०८२/८४) कार्यान्वयन : विसं २०८०


६. ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका कहिले घोषित भएको हो ?

विसं २०८० जेठ २७

खोप कार्यव्रmम अन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषित गरिएको ।

त्यस्तै बाँकेका चार वटा (कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका) पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका । 


७. इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन कहिले भएको हो ?

सन् २०२३ जुन १२

(उनी चार पटकसम्म इटालीको प्रधानमन्त्री बनेका ।)


८. पुरुष टेनिस इतिहासमा सर्वाधिक २३ पटक ग्रान्डस्लाम विजेता बनी रेकर्ड कायम गर्न सफल खेलाडी को हुन् ?

नोभाक जोकोभिक

जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै २३ औँ पटक सो उपाधि जितेका ।

यस सफलतासँगै पुरुष टेनिस विधामा जोकोभिकलाई सर्वकालीन महान् खेलाडीका रूपमा हेरिएको ।

९. उपप्रधानमन्त्रीले कोसमक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?

राष्ट्रपति 


१०. यु–२० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो ?

उरुग्वे 

उरुग्वे इटलीको यु–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली विश्व च्याम्पियन बनेको ।

खेल आयोजना : अर्जेन्टिना, सन् २०२३ मे २०–जुन ११ 

छ महादेशका २४ राष्ट्रको सहभागिता रहेको ।

सहभागी राष्ट्रलाई छ समूहमा विभाजन गरिएको थियो ।


११. नेपाल एयरलाइन्सको जहाजद्वारा मलेसिया–भैरहवा–काठमाडौँ व्यावसायिक उडान सुरु कहिले भएको हो ?

विसं २०८० जेठ ३० (सन् २०२३ जुन १३)


१२. राजधानी काठमाडौँमा पहिलो राष्ट्रिय कफी सम्मेलनको आयोजना कहिले गरियो ?

विसं २०८० असार २–५ 

नेपाल कफी व्यवसायी महासङ्घको आयोजनामा नेपाली कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्धनका लागि राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी आयोजना भएको ।


१३. महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ निर्माण गरिने भएको छ ?

पाँचखाल (काभ्रे)

५० रोपनी जग्गामा निर्माण हुन लागेको सो औद्योगिक ग्रामको निर्माण लागत ९६ करोड रुपियाँ हुने अनुमान ।

सरकारले आव २०८०÷८१ को बजेटमार्फत पार्क निर्माणका लागि ४१ करोड रुपियाँ विनियोजन गरेको ।

लघु, साना तथा मझौला महिला उद्यमीका ५० वटा उद्योग ग्रामभित्र रहने बनाइएको ।

स्थानीय उत्पादनलाई प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने गरी ग्राम निर्माण गर्न लागिएको ।


१४. आफ्नो नीति तथा कार्यक्रममा एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउने स्थानीय तह कुन हो ?

कालिञ्चोक गाउँपालिका (दोलखा)


१५. ‘हिति प्रणाली’ कृतिका लेखक पद्मसुन्दर जोशी हुन् भने ‘पानी घट्ट’ नामक कृतिका लेखक को हुन् ?

सुरेश प्राञ्जली


१६. परराष्ट्र मन्त्रालयद्वारा पहिलो पटक परराष्ट्र सेवा दिवस कहिले मनाइएको हो ?

विसं २०७८ जेठ १०


१७. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सार्वजनिक सेवा दिवसका रूपमा मनाइन्छ ?

जुन २३


१८. ब्रह्मान्डको पहिलो रङ्गीन तस्बिर कहिले सार्वजनिक गरिएको हो ?

विसं २०२२ जुलाई ११

नासाका वैज्ञानिकहरूले जेम्सवेब स्पेस टेलिस्कोपबाट सो तस्बिर खिचेका ।

नक्सामा ब्रह्माण्डमा रहेका ग्रहहरूबाट निस्किएका प्रकाश पनि तस्बिरमा देख्न सकिने ।


१९. राष्ट्रिय जनगणना, २०७८ अनुसार बौद्ध धर्मावलम्बीको हिस्सा कति रहेको छ ?

८.२१ प्रतिशत

धर्म अनुसार जनसङ्ख्या (प्रमुख १०)


२०. विसं २०८० मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

डा. जयराज आचार्य (पुरस्कार राशि : रु. १ लाख)

(डा. आचार्यलाई भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पु-याएबापत सो पुरस्कार प्रदान गरिएको ।)


२१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म विद्युत्को पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?

९५ प्रतिशत

हालसम्म जडित विद्युत् क्षमता २०७९ असारको तुलनामा २१.७ प्रतिशत बढेर दुई हजार ६६६ मेगावाट पुगेको । 


२२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?

१५.१ प्रतिशत

त्यस्तै बहुआयामिक गरिबीको रेखामुनि १७.४ प्रतिशत जनसङ्ख्या रहेको । बहुआयामिक गरिबी ग्रामीण क्षेत्रमा २८ प्रतिशत र सहरी क्षेत्रमा १२.३ प्रतिशत रहेको । प्रदेशगत रूपमा सबैभन्दा बढी कर्णालीमा ३९.५ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिबीमा छ भने सबैभन्दा कम बागमतीमा मात्र ७ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिबीमा रहेको ।


२३. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विसं २०७९ फागुन मसान्तसम्म देशभर कालोपत्रे सडकको लम्बाइ कति पुगेको छ ?

१७,४८० किलोमिटर

२०७८/७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७,२३२ किमी रहेको थियो ।

आव २०७९/८० को फागुनसम्म देशभर ग्राभेल सडकको लम्बाइ ७,९५६ किमी र कच्ची सडक ८६६४ किमी रहेको ।

कालोपत्रे, ग्राभेल र कच्ची गरी देशभर सडकको लम्बाइ ३४,१०० किमी रहेको । गत असारसम्म कुल सडकको लम्बाइ ३३,९९६ किमी रहेको थियो । 

प्रस्तुतकर्ता : टङ्क केसी

SHARE

0 Comments

Leave a Reply