गोरखापत्र लोकसेवा सामाग्री : वस्तुगत प्रश्नोत्तर (२०८० कार्तिक १ )

१. सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? 

विसं २०८० असोज ३०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको । 

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको । 

२०८० कात्तिक १ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने । 

२. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने प्रक्षेपण गरेको छ ?

०.८ प्रतिशत

आइएमएफले गत अप्रिलमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । आइएमएफले सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको ।

सन् २०२३ मा नेपालमा मूल्य वृद्धि ७.८ प्रतिशत रहने आइएमएफले जनाएको ।

सन् २०२३ अक्टोबरमा आइएमएफद्वारा गरिएको नयाँ प्रक्षेपण अनुसार सन् २०२३ मा एसियाको आर्थिक वृद्धि ४ प्रतिशत रहने । त्यसै गरी सन् २०२४ मा ४.२ प्रतिशत हुने आइएमएफले जनाएको ।

३. विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ ?

अक्टोबर १०

सन् २०२३ को नारा – मानसिक स्वास्थ्य ः विश्वव्यापी मानव अधिकार 

४. सेवाग्राहीहरूको सर्वोपरि हितका लागि नागरिक बडापत्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?

बेलायतका प्रम जोन मेजर 

विश्वमा नागरिक बडापत्रको सुरुवात सन् १९९१ जुलाई २२ मा बेलायतबाट भएको । 

नेपालमा नागरिक बडापत्रको प्रयोग विसं २०५६ देखि सुरु भएको ।

नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको सुरुवात विसं २०७० वैशाख २ देखि भएको ।

५. एटिएम मेसिनको आविष्कार कसले गरेका हुन् ?

जोन सेफर्ड बारोन

एटिएम मेसिनको सुरुवात सन् १९६७ देखि भएको हो ।

बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलो पटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको थियो । 

सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा चार अङ्कको पिन नं. प्रचलनमा रहेको छ । 

नेपालमा पहिलो पटक एभरेस्ट बैङ्कले एटिएम प्रयोगमा ल्याएको हो । 

६. इतिहासमै पहिलो पटक प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता कहिले गरियो ?

विसं २०७६ साउन १५

नेपालको राजनीतिक तहमा इतिहासमै पहिलो पटक प्रधानमन्त्री र मन्त्रीबिच कार्यसम्पादन सम्झौता भएको ।

दिगो विकासको लक्ष्य पूरा गरी सन् २०३० भित्र देशलाई मध्यम आय भएको मुलुकका रूपमा रूपान्तरण गर्न सो खालको सम्झौता भएको बताइएको ।

सम्झौता अनुरूप कार्यप्रगति भए, नभएको प्रधानमन्त्री कार्यालयले हेर्ने साथै कार्यसम्पादनका आधारमा पुरस्कृत र दण्डित गर्न सकिने प्रावधानसमेत रहेको ।

७. राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?

बडाकाजी

(राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, पहिदार र नौसिन्दा रहेका ।)

८. प्राचीन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलको सुरुवात कहाँबाट भएको हो ?

ग्रिसकै एथेन्सबाट 

९. संयुक्त राष्ट्रसङ्घीय खगोल युनियनद्वारा आफ्नो सयौँ वार्षिकोत्सवका अवसरमा सौर्यमण्डलबाहिर रहेको एक तारालाई के नामकरण गरिएको छ ?

सगरमाथा (सन् २०१९ डिसेम्बर १७ मा)

ज्म्ज्ञण्ण्ठठठ सङ्केतयुक्त सो तारा सूर्य जस्तै आकृतिको रहेको ।

१७२ प्रकाश वर्ष टाढा रहेको सो तारा १.२ अर्ब वर्ष पुरानो रहेको अनुमान ।

त्यसै गरी राष्ट्रसङ्घीय खगोल युनियनले ज्म्ज्ञण्ण्ठठठ ुद्यु सङ्केतयुक्त एक ग्रहलाई लालीगुराँस नामकरण गरेको ।

सो ग्रह वृहस्पतिभन्दा १.१६ गुना ठुलो रहेको ।

उक्त ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३८४ दिन लाग्ने ।

सो ग्रहमा जीवको सम्भावना नरहेको ।

१०. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

किलिमञ्जरो

अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटीय गन्तव्य पनि हो ।

यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको ।

यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने ।

११. प्राचीन युद्ध अभ्यासको अभिनयका रूपमा पञ्चेबाजाको तालमा हतियार देखाई नाचिने नाच कुन हो ?

सरायँ नाच

खुँडा, खुकुरी, भाला, तरबारलगायतका विभिन्न घरेलु, हतियार देखाएर नाच्ने गरिएको सरायँ नाच सुरक्षाको दृष्टिकोणले हाल काठका हतियार, रुमाल, मयुरका प्वाँख र पूmलका साथ नाच्न थालिएको ।

यो नाच विशेष गरी गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङलगायतका पहाडी जिल्लामा प्रचलनमा रहेको । यो क्षेत्रमा विशेष गरी विजयादशमीदेखि पूर्णिमासम्म सरायँ नाच आयोजना गर्ने गरिएको । 

१२. ग्लोबल हङ्गर इन्डेक्स २०२३ अनुसार विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

६९ औँ

भोकमरी सूचकाङ्क सूचीमा पहिलो स्थानमा बेलारुस रहेको ।

कुल १२५ देशको तथ्याङ्क रहेको सो सूचकाङ्कको अन्तिम स्थानमा मध्यअफ्रिकी गणतन्त्र रहेको ।

सन् २०२२ मा ८१ औँ स्थानमा रहेको नेपालले सुधार गर्दै यस वर्ष ६९ औँ स्थानमा आइपुगेको ।

विश्वमा सबैभन्दा कम भोकमरी भएको देश ः बेलारुस

विश्वमा सबैभन्दा बढी भोकमरी भएको देश ः मध्य अफ्रिकी गणतन्त्र

१३. नेपाल–चीनबिच अन्तरसंसदीय सहयोग सम्झौता कहिले भएको हो ?

विसं २०७९ भदौ २६ 

१४. विश्वको सबैभन्दा ठुलो सौर्य टेलिस्कोप सेट बनाउने मुलुक कुन हो ?

चीन 

१५. अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२३ मार्च ५–९, दोहा, कतार

१६. थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?

सन् १८४७ फेब्रुअरी ११ 

उनको जन्म अमेरिकाको ओहायो राज्यमा भएको । 

ग्रामोफोन, विद्युत् बल्ब, चलचित्र क्यामेरा, प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक थोमस अल्भा एडिसन हुन् । 

टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग गर्ने वैज्ञानिक एडिसन हुन् । 

हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिकका रूपमा एडिसनलाई चिनिन्छ । 

थोमस अल्भा एडिसनको मृत्यु सन् १९३१ अक्टोबर १८ मा भएको । 

१७. नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले भएको हो ?

विसं २०७५ फागुन १

१८. फोहोर शून्य अभियान सञ्चालन गरिएको राष्ट्रिय निकुञ्ज कुन हो ?

चितवन राष्ट्रिय निकुञ्ज

१९. ‘मैले देखेको नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?

हर्क गुरुङ

२०. पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले भएको हो ?

सन् १९३०

पहिलो विश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा भएको ।

सो प्रतियोगितामा १३ राष्ट्रको सहभागिता रहेको । 

फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पु¥याइएको । 

सन् २०२६ को वल्र्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या ः ४८ । 

२१. नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च नेपालद्वारा नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण कहिले गर्ने भएको हो ?

सन् २०२३ डिसेम्बर २३

नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सन् २०२२ मा सम्पन्न भएको ।

२२. १०/१०/१० अभियान केसँग सम्बन्धित रहेको छ ?

जलवायु परिवर्तन

२३. नेपालमा वन्यजन्तुको डिएनए परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?

खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोेगशाला

नेपालमा वन्यजन्तुको डिएनए परीक्षणको सुरुवात विसं २०७४ पुस ४ देखि भएको ।

मान्छे र वन्यजन्तुको डिएनए परीक्षण गरिने (एउटै प्रयोगशालामा) यो दक्षिण एसियामै पहिलो प्रयोगशालाका रूपमा रहेको ।

२४. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

सन् १९९८ 

संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।

हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

२५. संयुक्त राष्ट्रसङ्घको कति औँ महासभाबाट नेपाल पहिलो पटक राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा निर्वाचित भएको हो ?

७२ औँ 

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित अफगानिस्तान, कतार र पाकिस्तान निर्वाचित भएका ।

नेपाल सर्वाधिक १६६ मतका साथ चयन हुन सफल भएको । 

निर्वाचित सदस्य राष्ट्रहरूको कार्यावधि सन् २०१८ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म (तीन वर्ष) रहेको ।

मानव अधिकार परिषद्मा ४७ सदस्य राष्ट्र रहने प्रावधान ।

२६. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

सतार

(बिसखेला पर्व चौर वा खेल मैदान वरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आपूmतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आपूmतिर तानेर विष झार्न सक्छ, त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ । सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेष गरी झापा जिल्लामा प्रचलनमा छ ।)

प्रस्तुतकर्ता : टङ्क केसी

SHARE

1 Comments

  1. BIDHYARAJ BUDHA says:

    good n be continious

Leave a Reply