नेपाल र प्रदेशहरुको जनसंख्या दोब्बर हुन लाग्ने बर्ष
नेपालको बार्षिक जनसंख्या वृद्धिदर अहिलेकै अवस्था ०.९२% कायम रहे कतिवर्ष पछि दोब्बर होला ?  
जनसंख्या वृद्धिको यस्तै अवस्था कायम रहेमा नेपालको जनसंख्या अहिलेको भन्दा दोब्बर हुन ७५ वर्ष लाग्दछ । प्रादेशिक रुपमा गण्डकी प्रदेशमा सबैभन्दा लामो समय अर्थात २७७ वर्ष र सुदुरपश्चिम प्रदेशका १३३ वर्षपछि मात्र जनसंख्या दोब्बर हुन्छ । यसैगरी कर्णाली प्रदेशमा ९९ वर्षपछि, कोशी प्रदेशमा ८१ वर्षपछि ,बागमतिमा ७१ वर्ष, मधेसमा ५८ वर्ष र लुम्बिनीमा ५६ वर्षमा जनसंख्या दोब्बर हुने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार प्रादेशिक रुपमा रहेको जनसंख्या वृद्धिदर र जनसंख्या दोब्बर हुन लाग्ने समयलाई तलको तालिकाबाट अझ प्रष्ट गरिएको छ ।

भौगोलिक क्षेत्र जनसंख्या दोब्बर हुन लाग्ने अवधि (बर्ष)जनसंख्या वृद्धिदर (प्रतिशत)
नेपाल ७५ ०.९२
कोशी ८१ ०.८६ 
मधेश ५८ १.१९ 
वागमती ७१ ०.९७ 
गण्डकी २७७ ०.२५ 
लुम्बिनी ५६ १.२४ 
कर्णाली ९९ ०.७ 
सुदुरपश्चिम १३३ ०.५२


SHARE

0 Comments

Leave a Reply