गोरखापत्र लोकसेवा सामाग्री : २०८० पुष २५

१. पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या कति प्रतिशत पुगेको छ ?

२७.०७ प्रतिशत

ग्रामीण तथा सहरी क्षेत्रको जनसङ्ख्या

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८० पुस १७ मा सार्वजनिक नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या बढेर कुल जनसङ्ख्याको २७.०७ प्रतिशत पुगेको छ । 

सहरी जनसङ्ख्या ः २७.०७ प्रतिशत

१० वर्षअघि ः २२.३१ प्रतिशत

सहरोन्मुख जनसङ्ख्या ः ३९.७५ प्रतिशत

१० वर्षअघि ः ३९.१९ प्रतिशत

ग्रामीण जनसङ्ख्या ः ३३.१९ प्रतिशत

१० वर्षअघि ः ३८.५ प्रतिशत

प्रदेशगत आधारमा सहरी र सहरोन्मुख जनसङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा १९.९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.२ प्रतिशत रहेको छ । 

जिल्ला अनुसार ग्रामीण तथा सहरी क्षेत्रको वर्गीकरणमा काठमाडौँ जिल्लामा सबैभन्दा बढी ९३.५१ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गर्छन् । 

सहरी जनसङ्ख्या नदेखिएका जिल्ला कोशी प्रदेशको सङ्खुवासभा र तेह्रथुम, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली प्रदेशको डोल्पा र हुम्ला रहेका छन् ।

महानगरपालिकामा सहरी विशेषताका क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८०.७ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः १७ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या २.३ प्रतिशत रहेका छन् ।

त्यस्तै उपमहानगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५३ प्रतिशत, सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३९ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८ प्रतिशत रहेका छन् । 

नगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २८.४ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ४६ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २५.४ प्रतिशत रहेका छन् ।

गाउँपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५.९ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३६.१ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५८ प्रतिशत रहेका छन् ।

सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको सङ्ख्या धेरै (३६८५) छ, जसमा कुल जनसङ्ख्याको ३३ प्रतिशत अर्थात् एक तिहाइ जनसङ्ख्या बसोबास गर्ने देखिएको छ । 

राष्ट्रिय तथ्याङ्क दिवसका अवसरका प्रकाशित तथ्याङ्क अनुसार हाल नेपालका नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कुल जनसङ्ख्याको ६६.१७ प्रतिशत रहेको तर सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या भने २७.०७ प्रतिशत मात्र छ । 

नयाँ विधि अनुसारको वर्गीकरणअघि ६६.१७ प्रतिशत सहरी क्षेत्र मानिएको थियो, जसमा अर्धसहरी र सहरोन्मुख क्षेत्रसमेत गणना गरिएको थियो तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुनर्वर्गीकरण गर्नु परेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

२. सन् २०२४ मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाइटको नाम के हो ?

मुनाल 

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) मार्पmत सो स्याटेलाइट प्रक्षेपण गरिने छ । 

विसं २०८० पुस १९ मा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका व्रmममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ कै मोडेल, डाटा र सूचना प्रयोग गरेर ‘मुनाल’ बनाइएको हो, जसको नेतृत्व नास्टले गरेको छ ।

प्रक्षेपणपछि स्याटेलाइटसँग कम्युनिकेसनको कार्य नास्टकै ‘ग्राउन्ड स्टेसन’ बाट गरिने छ । 

सन् २०२३ अगस्त २३ मा भारत चन्द्रमाको दक्षिणी धु्रवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बनेको थियो । सूर्यको अन्वेषणका निम्ति इसरोले पठाएको ‘आदित्य एल १’ समेत प्रक्षेपणको चार महिनापछि सन् २०२४ जनवरी ६ मा सफलतापूर्वक लक्ष्यमा पुगेको छ । 

३. ८१ औँ गोल्डेन ग्लोभ्स अवार्ड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ?

ओपनहाइमर 

ओपनहाइमरले ‘ड्रामा’ विधामा उत्कृष्ट चलचित्रको उपाधि जितेको छ । 

क्यालिफोर्नियाको बिभेर्ली हिल्सस्थित बिभेर्ली हिल्टनमा आयोजित गोल्डेन ग्लोभ्स अवार्डमा हलिउड चलचित्र ओपनहाइमरले पाँच वटा अवार्ड जित्न सफल भयो । 

उत्कृष्ट चलचित्र – ओपनहाइमर (ड्रामा)

उत्कृष्ट अभिनेता ः किलियन मर्फी (ओपनहाइमर) 

उत्कृष्ट अभिनेतृ ः लिली ग्ल्याडस्टोन (किलर्स अफ द फ्लावर मुन)

उत्कृष्ट निर्देशक ः व्रिmस्टोफर नोलन (ओपनहाइमर)

बेस्ट अ‍ेरिजिनल स्कोर ः लुडविग गोरानसन (ओपनहाइमर)

४. उत्कृष्ट डिजिटल बैङ्किङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेबापत प्रतिष्ठित ‘पेमेन्टस् एक्सिलेन्स अवार्डस् २०२३’ प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो ?

एनआइसी एसिया बैङ्क

अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट सम्मानित गरेको छ । 

बैङ्कले ‘डिजिटल फस्र्ट बैङ्क’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैङ्किङको प्रवर्धन गरिरहेको छ । 

५. प्रधानमन्त्री कप महिला राष्ट्रिय व्रिmकेट प्रतियोगिता–२०८० को उपाधि कसले जित्यो ?

एपिएफ क्लब

कीर्तिपुरस्थित त्रिवि व्र्रिmकेट मैदानमा २०८० पुस १८ मा भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाँचौँ पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय व्रिmकेट प्रतियोगिताको उपाधि जितेको छ । 

फाइनलमा एपिएफले पहिलो ब्याटिङ गर्दै ११४ रनको लक्ष्य प्रस्तुत गरेको, प्रत्युत्तरमा कोशीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर मात्र १०३ रन जोड्यो । 

कोशी प्रदेशकी रुविना क्षेत्री प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । 

एपिएफले ट्रफीसँगै पाँच लाख रुपियाँ हात पा¥यो भने कोशीले तीन लाख रुपियाँ प्राप्त ग¥यो । 

६. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?

द्रविड 

७. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

मल्ल कालमा 

८. गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

डा. कृष्णराज सर्वहारी (थारू भाषाका उपन्यासकार)

उपन्यास विधामा प्रदान गरिने गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार थारू भाषाका उपन्यासकार डा. सर्वहारीलाई प्रदान गरिएको हो ।

गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषामा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ ।

धुस्वाँ सायमी सिर्जना पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ ।

दुवै पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । 

९. रावलपिन्डी रिजोलुसन नामक कार्यव्रmम केसँग सम्बन्धित छ ?

बाल मजदुरी उन्मूलन

१०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

मेकियाबेली

११. नेपालको इतिहासमा पिस्कर काण्डका रूपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ?

विसं २०४० माघ १

१२. भारतले आगामी १० वर्षमा नेपालबाट न्यूनतम १० हजार मेगावाट विद्युत् खरिद गर्ने गरी दुई देशबिच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौता कहिले भएको हो ?

विसं २०८० पुस १९

हस्ताक्षर भएका थप तीन सम्झौता 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) बिच मुनाल भूउपग्रहसम्बन्धी सम्झौता

नवीकरणीय ऊर्जा विकासका लागि विद्युत् प्राधिकरण र भारतको एनटिपिसीबिच सम्झौता 

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान 

सहायतासम्बन्धी सम्झौता अन्तरदेशीय प्रसारण लाइन उद्घाटन 

रक्सौल–परवानीपुर लाइनको सेकेन्ड सर्किट 

कटैया–कुसाहा लाइनको सेकेन्ड सर्किट 

नौतनवा–मैनाहिया नयाँ लाइन

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका व्रmममा मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापार गर्ने गरी द्विपक्षीय समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । 

१३. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको नयाँ वर्गीकरण अनुसार सुदूरपश्चिमका कति पालिका सुगम क्षेत्रमा परेका छन् ?

चार 

सुदूरपश्चिमका ८८ पालिकामध्ये चार पालिका मात्रै सुगम अर्थात् ‘घ’ वर्गीकरणमा परेका । 

सुगम क्षेत्र अन्तर्गत अर्थात् ‘घ’ वर्गीकरणमा परेका पालिका ः कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिका एवं कञ्चनपुरको भीमदत्त नगरपालिका । 

नयाँ वर्गीकरण अनुसार मध्यम अर्थात् ‘ग’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः २५ ।

त्यसै गरी दुर्गम अर्थात् ‘ख’ वर्गीकरणमा परेका पालिका १३ र अति दुर्गम अर्थात् ‘क’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः ४६ रहेका छन् ।

१४. नेपाल सुपर लिग (एनएसएल)– २०८० को उपाधि जित्ने टिम कुन हो ? 

ललितपुर सिटी एफसी (उपविजेता ः धनगढी एफसी)

१५. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

भीमशमशेर

१६. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?

विसं २०७४ भदौ ५

१७. नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटमध्ये डिसिपीको लाइसेन्स पाउन सफल पाइलट को हुन् ?

दीपु ज्वार्चन

नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट ज्वार्चन न्यारोबडी जहाज ए ३२० मोडेलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डिसिपी) को लाइसेन्स पाउन सफल हुनुभएको छ । 

यससँगै अब ज्वार्चनले नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ए ३२० का पाइलटको परीक्षा लिन र त्यसको जाँच गर्न पाउनु हुन्छ । उहाँ प्रशिक्षक पाइलटसमेत हुनुहुन्छ । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ । परीक्षा लिन र त्यसको परीक्षणको काम गर्न डिसिपी नै हुनु पर्दछ । नेपालमा डिसिपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउँदै आइएको थियो ।

१८. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?

विसं २०७७ फागुन २२ 

SHARE

0 Comments

Leave a Reply