सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने वर्ष : आईईए

सन् २०२३ कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ ।

सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न विश्व ‘जीवाश्म इन्धनको प्रयोगबाट क्रमश फिर्ता हुने’ भन्दै संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी सम्मेलन (कोप–२८) मा झन्डै दुई सय वटा देशले सम्झौता गरेपछि आईईएको पछिल्लो पूर्वानुमान आएको हो । 

कोइला कार्बनडाइअक्साइड उत्सर्जनको सबैभन्दा ठूलो ऊर्जा–सम्बन्धित स्रोत हो जुन विश्वव्यापी तापमान वृद्धिका लागि अन्य हरितगृह ग्याँसहरूजस्तै जिम्मेवार छ ।

unn.prixa.net

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा यस पहिले नै पूर्व–औद्योगिक स्तरभन्दा १ दशमलव २ डिग्री सेल्सियसले तातो भइसकेको छ र सन् २०२३ विश्वमा आँधीबेहरी, खडेरी र घातक डढेलोको विस्तारको रूपमा रेकर्डमा सबैभन्दा गर्मी वर्ष हुने अनुमान गरिएको छ ।

चीन, भारत र इन्डोनेसियामा भएको वृद्धिले युरोप र अमेरिकामा बढ्दो मागलाई उछिनेपछि सन् २०२३ मा सबैभन्दा दूषित जीवाश्म इन्धनको खपत १ दशमलव ४ प्रतिशतले बढेर ८ दशमलव ५ अर्ब टन पुगेको आईईएले जनाएको छ ।

‘सन् २०२४ देखि विश्वव्यापीरूपमा कोइलाको माग घट्ने प्रवृत्ति देखा पर्ने अपेक्षा गरेका छौँ’, पेरिसमा रहेकाे उर्जा निकाय आईईएले उल्लेख गरेको छ ।

आईईएका अनुसार सन् २०२३ मा चीनमा मात्रै २२ करोड टन अर्थात् ४ दशमलव ९ प्रतिशतले कोइला खपत बढेको छ भने भारतमा ८ प्रतिशत र इन्डोनेसियामा ११ प्रतिशतले बढेको छ ।

युरोपमा खपत २३ प्रतिशत वा १० करोड ७० लाख टनले घटेको छ भने अमेरिकामा ९ करोड ५० लाख टन वा २१ प्रतिशतले घटेको छ जसको मुख्य कारण कमजोर औद्योगिक गतिविधि र कोइलाबाट निकालिएको उत्पादनबाट नवीकरणीय ऊर्जातर्फको यात्रा हो ।

आईईएले युक्रेनमा जारी द्वन्द्वका कारण अहिले कोइलाको चौथो ठूलो उपभोक्ता रहेको रुसमा मागको पूर्वानुमान गर्न कठिन भएको बताएको छ ।

SHARE

0 Comments

Leave a Reply