कोशी प्रदेश- सहायक महिला विकास निरीक्षक (द्वित्तीय पत्र) २०८०


प्रदेश लोकसेवा आयोग

कोशी प्रदेश, विराटनगर

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तर्फ विविध सेवा, सहायक स्तर चौथो तह सहायक महिला विकास निरीक्षक पदको द्वित्तीय पत्रको खुला प्रतियोगितात्मक लिखित परीक्षा

मिति : २०८०/०५/३०

समय ३ घण्टा पत्र : द्वित्तीय पूर्णङ्क : १००

विषय : सामाजिक अध्ययन, कार्यालय संचालन लैंगिकसमानता तथा महिला विकास

सबै प्रश्नहरु अनिवार्य छन् ! प्रश्नको उत्तर खण्ड अनुसार छुट्टाछुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्नेछ अन्यथा उत्तर पुस्तिका रद्ध हुनेछ

खण्ड क अंक ४० 

निम्न प्रश्नको छोटो उत्तर दिनुहोस 

१. जनसंख्या परिवर्तनका कारण उल्लेख गर्दै जनसंख्या वृद्धिका असरहरु उल्लेख गर्नुहोस ! [२+३]

२. हावापानीको कारणले मानिसको जीवनशैलीमा पार्ने महत्वपूर्ण प्रभावहरु बारे उल्लेख गर्नुहोस ! [५]

३. नेपालको संविधान बमोजिम तीन तहका सरकारहरुको गठन प्रक्रिया बारे उल्लेख गर्नुहोस ! [५]

४. नेपालमा सडक बालबालिकाहरुले भोग्नुपरेका समस्या उल्लेख गर्दै उचित व्यवस्थापनका तरिकाहरु उल्लेख गर्नुहोस ! [५]

निम्न प्रश्नहरुको लामो उत्तर लेख्नुहोस 

५. सन्तुलित भोजन भन्नाले के बुझ्नुहुन्छ ? बालबालिकाको सर्वांगीण विकासमा यसको महत्वबारे उल्लेख गर्नुहोस ! [३+७]

६. नेपाली समाजमा देखिएका सामाजिक द्वन्द उल्लेख गर्दै सामाजिक द्वन्द व्यवस्थापनका लागि नेपालमा हालसम्म अवलम्बन गरिएका उपायहरु उल्लेख गर्नुहोस ! [४+६]

खण्ड ख अंक ४० 

निम्न प्रश्नको छोटो उत्तर दिनुहोस 

७. महिला विकास कार्यक्रमका आयाम र प्राथमिकता बारे उल्लेख गर्नुहोस ! [५]

८. लैङ्गिक हिंसा भनेको के हो ? यसका प्रकारहरु सहित स्पष्ट पार्नुहोस ! [५]

९. बालअधिकार अन्तर्गत के कस्ता अधिकारहरु पर्दछन ? चर्चा गर्नुहोस ! [५]

१०. लैंगिक मूल प्रवाहीकरण भन्नाले के बुझ्नुहुन्छ ? महिला सशक्तिकरणका लागि प्रदेश सरकारले गर्नुपर्ने कार्यहरु उल्लेख गर्नुहोस ! [२+३]


निम्न प्रश्नहरुको लामो उत्तर लेख्नुहोस 

११. बचत भन्नाले के बुझ्नुहुन्छ ?महिला विकास कार्यक्रममा गरिने बचत र बचत परिचालनबारे स्पष्ट पार्नुहोस ! [३+७]

१२. नेपालको राजनीतिमा महिला विरुद्धहुने विभेद हटाउन के कस्ता उपायहरु अपनाउन सकिन्छ उल्लेख गर्नुहोस ! [१०]

खण्ड ग अंक २०

निम्न प्रश्नको छोटो उत्तर दिनुहोस 

१३. अभिलेख व्यवस्थापनको परिचय दिदै यसको आवश्यकता र महत्वमाथि प्रकाश पार्नुहोस ! [५]

१४. व्यक्तिगत घटना दर्ता भन्नाले के बुझ्नुहुन्छ ?जन्म दर्ता गर्दा के कस्ता कागजात आवश्यक पर्दछ ? [५]

१५. नेपालको १५ औं योजनामा समाबेश भएका सम्वृद्धि र सुखका दिर्घकालिन राष्ट्रिय लक्ष्यहरुको सूची बनाउनुहोस् [५]

१६. स्थानीय न्यायिक समिति भनेको के हो ? न्यायिक समितिको गठन प्रक्रियाबारे उल्लेख गर्नुहोस [५]

                                 -------- समाप्त --------


SHARE

0 Comments

Leave a Reply