नेपालको विद्यमान निजामती सेवाको कमजोर पक्ष के के हुन् ? लेख्नुहोस् ।

सरकारी राज्यकोषबाट तलब सुविधा पाउने, विशिष्ट ज्ञान, सीप भएका, स्थायी प्रकृतिका कर्मचारीको पेसागत समूह निजामती सेवा हो । नेपालको निजामती सेवालाई व्यवस्थित गर्न निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० लागू गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सेवा समूहसँग सम्बन्धित मन्त्रालयको व्यवस्था छ ।

तीन तहको सङ्घीय प्रणालीअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहसम्म निजामती सेवाको सञ्जाल छ । निजामती सेवा सम्बन्धमा कानुनी र संस्थागत व्यवस्था हुँदाहुँदै पनि नेपालकोे विद्यमान निजामती सेवामा विभिन्न कमजोर पक्ष देखिन्छन्, जसलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ । 

प्रतिस्पर्धाबाट छनोट भएका क्षमतावान कर्मचारी भएर पनि नतिजा दिन नसकेको, 

राजनीतिक दलपिच्छे ट्रेड युनियन स्थापना हुनुले राजनीतिक रूपमा तटस्थता कायम गर्न नसकेको,

नागरिकप्रति भन्दा हाकिमप्रति जवाफदेहिताको अवस्था रहेको,

स्वच्छता, पारदर्शिता, आचरण एवं अनुशासनमा कमजोर हुँदा नागरिकको विश्वास आर्जन गर्न नसकेको,

नतिजामुखीभन्दा प्रक्रियामुखी बढी भएकाले सेवा प्रवाह प्रभावकारी हुन नसकेको, यसबाट राजनीति र नागरिक दुवै तहबाट विश्वास आर्जन गर्न नसकेको,

समयमा निर्णय गर्न नसक्ने, सरल परिस्थितिमा मात्र कार्य गर्न रुचाउने, जोखिम मोल्न नसक्ने,

कर्मचारीको सरुवा, बढुवाजस्ता पक्षहरू सदैव विवादमुक्त हुन नसकेको, अनुमानयोग्य र पारदर्शी हुन नसकेको,

तलब सुविधा समसामयिक हुन नसकेको,

नयाँ प्रतिभा सेवामा आकर्षण गर्न नसकेको,

सबै सेवा समूहमा समानता कायम गर्न नसकिएको,

राजनीति र निजामतीबीच समन्वयमा कार्य हुन नसकेको, एकअर्कामा दोषारोपणको अवस्था रहेको,

सङ्घीय संरचनाअनुरूप कार्य गर्न नसकेको, जनताको अपेक्षा पूरा गर्न नसकेको ।

SHARE

0 Comments

Leave a Reply