नेपालमा २०.२७ प्रतिशत गरिबी रहेको तथ्यांक सार्वजनिक

चौथो जीवनस्तर सर्वेक्षण २०७९/८० को नतिजा सार्वजनिक गरिएको छ 

  • कहिले ? : २०८० माघ २९ 
  • सार्वजनिक गर्ने निकाय : राष्ट्रिय तथ्यांक कार्यालय 
  • नेपाल जीवनस्तर सर्वेक्षण ५/५ बर्षमा गरिने गरिबी मापन गर्ने मुख्य सर्वेक्षण हो 
  • पहिलो जीवनस्तर सर्वेक्षण  आ.व. २०५२/५३ मा गरिएको थियो 

मुख्य नतिजाहरु : 

  • नेपालको गरिबी : २०.२७ प्रतिशत
  • गरिबीको रेखामुनी रहेको जनसंख्या : ५९ लाख ११ हजार ६५९ जना
  • एक वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि राखिएको
  • नेपालको औसत प्रतिव्यक्ति उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको
  • प्रतिदिन प्रतिव्यक्ति २ हजार २३६ किलो क्यालोरी आवश्यक
  • ५३ प्रतिशत खर्च खाद्यान्न र ४७ प्रतिशत खर्च गैरखाद्य उपभोगमा हुने
  • २०६६/६७ मा गरिएको तेस्रो जीवनस्तर सर्वेक्षणमा २५.१६ प्रतिशत गरिबी रहेको थियो 

कुन प्रदेशमा कति प्रतिशत गरिबी ? 

  • कोशी : १७.१९ %
  • मधेश : २२.५३ %
  • बागमती : १२.५९%
  • गण्डकी : ११.८८%
  • लुम्बिनी : २४,३५ %
  • कर्णाली : २६.६९ %
  • सुदूरपश्चिम : ३४.१६%

जीवनस्तर सर्वेक्षणले देखाएको गरिबी इतिहाँस : 

  • पहिलो जीवनस्तर सर्वेक्षण (२०५२/५३ ) : ४१.७६ प्रतिशत
  • दोस्रो जीवनस्तर सर्वेक्षण (२०६०/६१) :  ३०.८५ प्रतिशत
  • तेस्रो जीवनस्तर सर्वेक्षण (२०६६/६७) :  २५.१६ प्रतिशत
  • चौथो जीवनस्तर सर्वेक्षण (२०७९/८०) :   २०.२७ प्रतिशत

नियमित समसामयिक अपडेट प्राप्त गर्न Latest Current Affairs Update नामक कोर्षमा जानुहोला , सम्पर्क : ९८२१९०४९५७ 

SHARE

1 Comments

  1. Gagan Rawat says:

    nice that

Leave a Reply