गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०८० मंसिर १३)

१. विश्वव्यापी भोकमरी सूचकाङ्क (जिएचआई)–२०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

६९ औँ

जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको । अघिल्लो वर्ष नेपाल ८१ औँ स्थानमा रहेको थियो ।

यस अध्ययनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बालमृत्युदरलाई भोकमरीको सूचक मानिएको ।

नेपालमा १५ प्रतिशत जनसङ्ख्याले पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको ।

सूचीको पहिलो स्थानमा बेलारुस रहेको ।

सबैभन्दा बढी भोकमरी अर्थात् अन्तिम स्थानमा मध्य अफ्रिकी गणतन्त्र रहेको ।

भारत सूचीको १११ औँ स्थानमा रहेको । चीन कम भोकमरीयुक्त देशको चौथो स्थानमा रहेको ।

कम भोकमरी भएका १० राष्ट्र क्रमशः बेलारुस, बोस्निया हर्जगोभिना, चिली, चीन, क्रोएसिया, इस्टोनिया, जर्जिया, हङ्गेरी, कुवेत, लात्भिया ।

बढी भोकमरी भएका राष्ट्र ः मध्य अफ्रिकी गणतन्त्र, मदगास्कर, यमन, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, लेसोथो, नाइजर, चाड, गिनी बिसाउ, लाइबेरिया, हैटी 

२. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाइन्छ ?

नोभेम्बर २५–डिसेम्बर १०

सन् २०२३ को नारा ः लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता –युनाइट ! इन्भेस्ट टु प्रिभेन्ट भायोलेन्स अगेन्स्ट वुमन एन्ड गल्र्स)

सन् १९८० को दशकदेखि विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएका । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यस दिवसलाई अनुमोदन गरेको । 

नेपाल सरकारले हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्ध राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने निर्णय गरेको । 

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को नेपाल पक्ष राष्ट्र हो ।

३. अन्तर्राष्ट्रिय पर्यटन शैक्षिक तथा व्यावसायिक एलायन्स –जिटिटिपी) को आयोजनामा चार दिवसीय अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन कहाँ सम्पन्न भयो ?

दुबई –सन् २०२३ नोभेम्बर)

सम्मेलनमा ब्राजिल, क्यानडा, चीन, फ्रान्स, हङकङ, हङ्गेरी, भारत, आयरल्यान्ड, जमैका, केन्या, नेपाल, न्युजिल्यान्ड, ओमन, फिलिपिन्स, दक्षिण अफ्रिका, तान्जानिया र बेलायत गरी १७ राष्ट्रका करिब दुई सय जनाको सहभागिता रहेको ।

कार्यव्रmममा आ–आफ्नो देशमा भएको नेसनल कन्फरेन्समार्फत हरेक देशबाट विजयी भएका दुई जना विद्यार्थी तथा एक जना शिक्षकसहितको टोलीले आफ्नो देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका ।

४. अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ बाट सम्मानित हुने नेपाली अभियन्ता को हुन् ?

सविता उप्रेती

सामाजिक अभियन्ता एवं शिक्षासेवी उप्रेतीले विगत १३ वर्षदेखि विशेष स्कुुल तथा पुनस्र्थापना केन्द्र –एसएसडीआरसी) स्थापना गरी अटिजम भएका बालबालिकाको सेवामा तल्लीन रहेकी ।

उनी जनसेवाश्री पदक, राष्ट्रिय युवा प्रतिभा पुरस्कारलगायतका पुरस्कारबाट समेत पुरस्कृत भएकी ।

५. राष्ट्रिय कर दिवस–२०८० को अवसरमा आयोजित कर सप्ताह समापन कार्यव्रmममा सर्वाधिक कर (व्यक्तिगत आयतर्फ) तिरी सम्मानित हुने उद्यमी को हुन् ?

विजयकुमार शाह

सर्वाधिक आयकर तिर्ने ः नेपाल टेलिकम

निर्यात कारोबारबाट ः डाबर नेपाल प्रालि

विशेष उद्योगबाट ः एसियन पेन्ट्स

कृषि एवं पशुजन्यतर्फ ः ओसिबी फुड्स प्रालि

सहकारी तथा लघुवित्तबाट ः घिमेक लघुवित्त

बैङ्क तथा वित्तीय संस्थाबाट ः ग्लोबल आइएमई बैङ्क 

बिमातर्फ बाट ः लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल

स्वास्थ्य तथा शिक्षाबाट ः नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटल

पर्यटनबाट ः मनकामना दर्शन प्रालि

वस्तु व्यापारबाट ः भाटभटेनी सुपर मार्केट 

मध्यम स्तरीय करदाताबाट ः नेपाल स्टक एक्सचेन्ज

ऊर्जाबाट ः भोटेकोशी पावर कम्पनी

रेमिट्यान्सबाट ः आइएमई लिमिटेड 

व्यक्तिगत आयतर्फ ः विजयकुमार शाह

संस्थागततर्फ ः सूर्य नेपाल प्रालि

६. मुलुकको पहिलो केबुलकार सेवा कुन हो ?

मनकामना केबुलकार 

विसं २०५५ मङ्सिर ८ देखि सञ्चालनमा आएको यो केबुलकार सेवा २५ वर्ष पूरा गरी २६ औँ वर्षमा प्रवेश गरेको । 

केबुलकारले एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने कार्य अघि बढाएको । 

अस्ट्रियाको डोपलमेयर कम्पनीको डि–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने पहिलो चरणको काम सम्पन्न भई बाँकी काम २०८१ भदौ÷असोजमा सम्पन्न हुने जनाइएको ।

७. एसियाली तथा प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन (इफाप्का) को ४६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

विसंं २०८० मङ्सिर ३–७ (सन् २०२३ नोभेम्बर २१–२५), काठमाडौँ

सम्मेलनको नारा ः दिगो पूर्वाधारमा साझेदारी 

उद्घाटन ः राष्ट्रपति रामचन्द्र पौडेल 

स्वदेश तथा विदेशका ४५० भन्दा बढी प्रतिनिधि सहभागी । 

सम्मेलनले १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको ।

प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण एवं भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने घोषणापत्रमा उल्लेख । 

जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाका तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यासलगायतका बुँदा घोषणापत्रमा समेटिएको । 

८. त्रिमूर्ति निकेतनद्वारा लेखनाथ काव्य पुरस्कार (२०८०) कसलाई प्रदान गरियो ?

प्रा मुकुन्दशरण उपाध्याय

बालकृष्ण सम पुरस्कार ः हरिबहादुर थापा

देवकोटा काव्य पुरस्कार ः जय पाण्डे 

पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको ।

९. दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठ 

त्यस्तै दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० बाट पत्रकार धर्मेन्द्र झा सम्मानित भएका ।

पुरस्कार राशि क्रमशः ५१ हजार र २५ हजार रुपियाँ रहेको ।

प्रदान गर्ने ः दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान । 

१०. रमेश विकल साहित्य प्रतिष्ठानद्वारा रमेश विकल वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

प्राडा वासुदेव त्रिपाठी 

रमेश विकल–सुशीला समाज सेवा पुरस्कार ः परोपकार संस्था, काठमाडौँ 

रमेश विकल सिर्जना पुरस्कार ः माधव काफ्ले (रौतहट)

रमेश विकल बाल सहित्य पुरस्कार ः रामबाबु सुवेदी (कास्की)

रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार ः सत्यदेवी खड्का (दैलेख) 

११. चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा कसलाई दिइएको हो ?

ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी

ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी नेपाल र भारतका कम्पनीको संयुक्त उपक्रम रहेको कम्पनी हो । जसमा नेपालको ट्रान्स नेपाल फ्रेट सर्भिस र भारतको टिआरएस लिफ्ट एन्ड सिफ्ट प्रालि रहेका ।

कम्पनीले पाँच वर्षका लागि सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको ।

सुक्खा बन्दरगाह २०७८ चैत २२ देखि नेपाल इन्टर मोडेल यातायात विकास समितिले सञ्चालन तथा व्यवस्थान गर्दै आएको थियो ।

१२. सन् २०२३ नोभेम्बरमा न्युयोर्कमा सम्पन्न ५१ औँ संस्करणको एमी अवार्डमा अन्तर्राष्ट्रिय एमीनिर्देशन अवार्डबाट सम्मानित प्रतिभा को हुन् ?

निर्मात्री तथा निर्देशक एकताकपुर (भारत)

यो सम्मानबाट सम्मानित हुने एकता पहिलो भारतीय महिला हुन् । 

एमी अवार्ड २०२३

उत्कृष्ट अभिनेता ः मार्टिन फ्रिम्यान (रिस्पान्डर)

उत्कृष्ट अभिनेत्री ः मेक्सिकन अभिनेत्री कार्जासुजा (ला कौडा)

उत्कृष्ट निर्देशक ः एकताकपुर

उत्कृष्ट टेलिभिजन मुभी मिनी सिरिज ः ला कौडा

उत्कृष्ट टेलिनोभेला ः फ्यामिली सिवे्रmट

उत्कृष्ट डकुमेन्ट्री ः मेरियोपोल ः द पिपुल स्टोरी

उत्कृष्ट लाइभएक्सन ः हार्ट ब्रेक

उत्कृष्ट फ्याक्चुअल तथा मनोरञ्जन ः बिल्ट टु सर्भाइब

उत्कृष्ट सर्ट फिल्मसिरिज ः डेस जेन्स बिएन आर्डिनेयर्स 

उत्कृष्ट नन स्व्रिmप्टेड इन्टरटेनमेन्ट ः ए पोइन्ट–द ब्रिजब्रासी

उत्कृष्ट स्पोर्ट्स डकुमेन्ट्री ः हार्ले रकाता

उत्कृष्ट आर्ट प्रोग्रामिङ ः बफी सेन्ट–म्यारी क्यारी इट अन 

उत्कृष्ट कमेडियन अवार्ड ः वीर दास (ल्यान्डिङ)

उत्कृष्ट ड्रामा सिरिज ः द इम्प्रेस 

१३. हालै अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित हुने राजनीतिज्ञ को हुन् ?

जेभियर मिलेई

१४. ओस्कार अवार्डका लागि पठाइएको नेपाली फिल्म कुन हो ?

हल्कारा 

१५. मिस युनिभर्स–२०२३ मा पहिलो प्लस साइज मोडेलको कीर्तिमान रच्ने सुन्दरी को हुन् ?

जेन दीपिका गारेट (नेपाल)

१६. सात राजनीतिक दल र नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता कहिले भएको हो ?

विसं २०६३ मङ्सिर ५

१७. राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो ?

विसं २०८० मङ्सिर (काठमाडौँ)

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा अनुकूलन योजना २०२१–२०५० र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना लोकार्पण गरिएको ।

१८. राष्ट्रिय सभामा २०८० फागुन २० मा अध्यक्षसहित कति सांसदको कार्यकाल सकिने भएको छ ?

२०

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल २० फागुनमा सकिने । पद रिक्त हुनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार १५ माघभित्र रिक्त सदस्यको पदपूर्तिका लागि निर्वाचन सम्पन्न गरिसक्नुपर्ने ।

कार्यकाल सकिन लागेका २० जना सांसद २०७४ मा निर्वाचन भई गोलाप्रथाबाट छ वर्ष पदावधि प्राप्त गरेकाहरू हुन् । 

निर्वाचनका लागि २०७८ को जनगणना अनुसार नयाँ मतभार कायम गरिएको । जस अनुसार एक प्रदेश सांसदको ५३ र एक पालिका प्रमुख उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको १९ मतभार कायम । 

यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार रहेको ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद, नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने ।

१९. नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

विसं २०८० मङ्सिर १०–११, काठमाडौँ

२०. शङ्कर कोइराला आख्यान पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

नारायण ढकाल

त्यस्तै कुमार सरस्वती पुरस्कार–२०८० प्राडा दयाराम श्रेष्ठलाई प्रदान गरिएको ।

यसै वर्षबाट प्रदान गर्न थालिएको ‘चूडामणि व्याकरण कोश पुरस्कार’ भाषाविद् शरच्चन्द्र वस्तीलाई प्रदान गरिएको ।

SHARE

0 Comments

Leave a Reply