आजकै दिन : हिन्द महासागरमा सुनामी
सन् २००४ मा आजकै दिन (डिसेम्बर २६) मा इन्डोनेसियाको सुमात्रा द्वीपको तटीय क्षेत्रमा गएको ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । म्याग्निच्युडका हिसाबले उक्त भूकम्प विश्वकै तेस्रो ठूलो हो । त्यसअघि चिलीमा १९६० मा ९.५ र अलास्कामा १९६४ मा ९.२ म्याग्निच्युडका भूकम्प गएका थिए ।

आजकै दिन : हिन्द महासागरमा सुनामी

सुमात्राको भूकम्पपछि हिन्द महासागरमा भीषण सुनामी आएको थियो । जसका कारण ठूलो विनाश भएको थियो । कतिपय स्थानमा सुनामीका छालहरू करिब ९ मिटरको उचाइसम्म पुगेका बताइएको थियो ।

सुनामीको छालले पूर्वी अफ्रिकासम्म पनि क्षति पुर्‍याएको थियो । सुनामीका कारण इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, श्रीलंका, माल्दिभ्स र भारतमा गरी कम्तीमा २ लाख २५ हजार मानिसको ज्यान गएको थियो ।
सुनामीका कारण इन्डोनेसियामा मात्रै दुई लाख मानिसको ज्यान गएको अधिकारीहरूले जनाएका थिए । इन्डोनेसियामा ज्यान गुमाएकामध्ये अधिकांश आचे प्रान्तका स्थानीय थिए । भारत र श्रीलंकामा दसौं हजारको मुत्यु भएको वा बेपत्ता भएको जनाइएको थियो ।
SHARE

0 Comments

Leave a Reply