लोक सेवा पढाउने ५० भन्दा बढी कर्मचारीलाई सामान्यले सोध्यो स्पष्टीकरण

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको तयारी कक्षा पढाउने निजामती कर्मचारीहरूलाई स्पष्टीकरण सोधेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा मन्त्रालयले ५० भन्दा बढी कर्मचारीहरूसँग विवरण मागेको हो 

कर्मचारीहरू कार्यालय समयमा तयारी कक्षा पढाउन गएको र त्यसले सेवा प्रवाहमा असर परेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीका आधारमा ‘यथार्थ छानबिन गर्नू’ भनी मन्त्रालयमा पत्र पठाइएको आयोगले जनाएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजधानीका विभिन्न इष्टिच्युटहरुमा पढाउने ५० जनाभन्दा बढी कर्मचारीलाई पत्र काटेर त्यसबारे सोधेको हो ।

उजुरीका साथ अख्तियारले पठाएको सूचीमा संवैधानिक निकायका बहालवाला पदाधिकारीहरूदेखि सचिव, सहसचिव लगायतका कर्मचारी रहेको मन्त्रालय स्रोतको भनाई छ । 

SHARE

0 Comments

Leave a Reply