Lesson : खेलकुद
एरिका गुरुङले करांतेमा जितिन रजत पदक
करांतेकी एरिका गुरुङले जारी एसियाली खेलकुदमा रजत पदक जितेकी छिन
- कहिले ? : २०८० असौज २०
- रजत विजेता खेलाडी : एरिका गुरुङ
- एरिका गुरुङले ६८ केजी तौल समूहको फाइनलमा कजाकस्तानकी खेलाडीसँग पराजित भइ रजत जितेकी हुन्
- नेपालले एसियाली खेलकुदको इतिहासमा तेस्रो पटक रजत जितेको छ ।
- यसअघि १९९८ मा बैंककमा भएको १३औँ एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् ।
- यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदको प्याराग्लाइडिङ नेपाली टिमले रजत पदक जितेको थियो ।
- कराँतेमा रजत जितेको भने यो पहिलो पटक हो ।