Lesson : खेलकुद
श्रीलंकाले जित्यो महिला एसियाकप २०२४ को उपाधि
श्रीलंकाले महिला एसियाकप २०२४ को उपाधि जितेको छ
- फाइनल खेल : २०२४ जुलाई २८
- विजेता : श्रीलंका
- उप विजेता : भारत
- आयोजक : श्रीलंका
- सेमिफाइनलमा पुग्ने टिम : भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश
- भारतले दिएकाे १ सय ६६ रनकाे लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटाएको हो
- श्रीलङ्काले पहिलाे पटक उपाधि जितेकाे हाे ।
- यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेकाे श्रीलङ्का उपविजेतामै सीमित भएकाे थियाे ।
- भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेकाे छ । सन् २००४, २००५–०६, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेकाे थियाे ।
नेपालको सहभागिता :
- नेपाली टोलीको कप्तान : इन्दु वर्मा
- सन् २०२४ को महिला एसियाकपमा नेपाल समूह चरणबाटै बाहिरिएको हो
- समुह चरणमा युएईलाई ६ विकेटले हराउदै एसियाकप इतिहासमा पहिलो जित निकालेको थियो