Lesson : राष्ट्रिय समसामयिक
बिम्स्टेक बडापत्र प्रतिनिधिसभाबाट अनुमोदन
बिम्स्टेक बडापत्र प्रतिनिधिसभाबाट अनुमोदन भएको छ
- कहिले ? : २०८० चैत्र २०
- ३० मार्च २०२२ मा श्रीलंकाको कोलम्बोमा भएको पाँचौ शिखर सम्मेलनले बडापत्रमा हस्ताक्षर गरेको थियो
- सम्बन्धित देशको संसदले पारीत गरेपछि बडापत्र लागु हुनेछ
- नेपालको संविधानको धारा, २७९ को (१) मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ ।
- नेपालको सन्धि ऐन, २०२७ को दफा ४ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
- सरकारले सोही व्यवस्थाअनुसार बिम्स्टेक बडापत्र अनुमोदनका लागि संसद्मा पेस गरेको हो ।