Lesson : साहित्य, पुरस्कार र सम्मान
डा. सन्दुक रुइतलाई इसा अवार्ड प्रदान
डा. सन्दुक रुइतलाई इसा अवार्ड प्रदान
- कहिले ? : २०७९ पुष ३ (१७ जनवरी २०२३)
- पुरस्कार राशि : १० लाख अमेरिकी डलर
- पुरस्कार प्रदान गर्ने निकाय : बहराइन सरकार
- पुरस्कारको नाम : इसा अवार्ड
- बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बन्नुभएको हो ,
- बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्ने यो अवार्ड विपद् रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिन्छ ।
- डाक्टर रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरेको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल हुनुभएको छ ।
डा. सन्दुक रुइतलाई प्राप्त अवार्डहरु :
- रोमन मागासेसे अवार्ड ( सन् २००६)
- अर्डर अफ अष्ट्रेलिया (सन् २००७)
- पद्यश्री अवार्ड, भारत (२०१८)
- राष्ट्रिय प्रतिभा पुरस्कार (वि.स. २०७६)
- सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) (वि.स. २०७७)