Lesson : खेलकुद
१९ औं एसियाली खेलकुद प्रतियोगिता
१९ औं एसियाली खेलकुद प्रतियोगिता बारे जानकारी
- प्रतियोगिता अवधि : २३ सेप्टेम्बर २०२३ - ८ अक्टोबर २०२३
- आयोजना स्थल : चीनको ह्वांगझाउ
- एसियाली खेलकुद प्रतियोगितालाई 'एसियाड' नामले समेत चिनिन्छ
- यो प्रतियोगीता हरेक ४/४ बर्षमा आयोजना गरिन्छ
- सन् २०१८ को प्रतियोगिता : इन्डोनेशियाको जाकार्ता र पलेम्बंगमा आयोजना गरिएको
- सन् २०२६ को प्रतियोगिता : जापानको आइची र नगोया मा आयोजना गरिने
खेल बारे थप जानकारी
- एसियाडमा खेलाइने जम्मा खेल : ४०
- खेलाइने खेल विधा : ६१
- इभेन्ट संख्या : ४८२
- सहभागी राष्ट्र : ४५
- मस्कट : कोङकोङ, लियानलियान र चेनचेन (यिनलाई भविष्यमुखी रोबर्ट क्यारेक्टरहरुको रुपमा राखिएको )
- प्रतियोगिताको नारा : Heart to Heart, @future
२०१८ को १८ औं एसियाडको पदक तालिका :
- 1. चीन २८९ पदक
- २. जापान : २०५ पदक
- ३. दक्षिण कोरिया : १७७ पदक
- ४. इन्डोनेसिया : ९८ पदक
- ५. उज्वेकिस्तान : ९० पदक
- नेपाल पदक तालिकाको ३३ औं स्थानमा ,
- नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको
एसियाड २०२३ मा नेपालको सहभागिता
- नेपाल सहभागी खेल : २९
- सहभागी खेलाडी : २५३ जना
- ०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए ।
नेपालको राष्ट्रिय झण्डा बोक्ने खेलाडी : निमा घर्ति मगर (उसु) र बिर बहादुर महरा (तेक्वान्दो)