Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना
सरकारले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गरेको छ
- कहिले ? : २०८० मंसिर १४
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहनेगरी विकास समिति गठन भएको हो ।
- समितिमा श्रम सचिवको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ
- यो बिकास समितिले बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी बजारको आवश्यकता परिपूर्ति गर्नेछ । समितिले दिएको प्रमाणपत्रले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।