Lesson : अन्तराष्ट्रिय समसामयिक
के हो जीन एडिटिङ थेरापी ?
जीन एडिटिङ थेरापीले अमेरिकामा मान्यता प्राप्त गरेको छ
- कहिले ? : २०२३ डिसेम्बर ८
- अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले इतिहासमै पहिलोपटक मानवमा गरिने 'जीन एडिटिङ थेरापी'लाई अनुमोदन गरेको हो
- एफडीएले सिकल सेल नामक रगतको वंशाणुगत रोगको उपचारका लागि यसको स्वीकृति दिएको हो ।
- यसले सिकल सेल एनिमियाका साथै बेटा थालसिमिया भएका बिरामीको उपचारमा नयाँ आयाम थपेको छ ।
- थालसिमिया र सिकल सेल एनिमिया रोग अन्य मुलुकसँगै नेपालमा विषेश गरी पश्चिमका थारु समुदायमा व्याप्त छ ।