Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय जैविक विविधता दिवस २०२४
अन्तराष्ट्रिय जैविक विविधता दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ मे २२ (२०८१ जेठ ९)
- हरेक बर्षको मे २२ मा अन्तराष्ट्रिय जैविक विविधता दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा : “Be part of the Plan”
- सन् २०२३ को नारा : “From Agreement to Action: Building Back Biodiversity.
पृष्ठभूमि :
-
- सन् १९९२ मे २२ माब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो ।
- पहिलो अन्तराष्ट्रिय जैविक विविधता दिवस 1993, 29 December (जैविक विविधता महासन्धि कार्यान्वनमा आएको दिन ) मा मनाइएको हो
- नेपाल २१ फेब्रुअरी १९९४ मा यो महासन्धिको पक्ष राष्ट्र भएको थियो !
- सन् २००० बाट भने यो दिवस हरेक बर्षको मे २२ मा मनाउन थालिएको हो