Lesson : अन्तराष्ट्रिय समसामयिक
सी चिनफिङ तेस्रो कार्यकालको लागि चीनको राष्ट्रपति चयन
सी चिनफिङ तेस्रो कार्यकालको लागि चीनको राष्ट्रपति चयन भएका छन्
- कहिले ? : १० मार्च २०२३
- चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी)को अध्यक्षमा चयन गरेको हो ।
- सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो ।
- उनि सन् २०१३ मार्च १४ मा पहिलोपटक चीनको राष्ट्रपति भएका थिए