Lesson : अन्तराष्ट्रिय समसामयिक
Loss & Damage कोषमा पहिलो निर्देशक नियुक्त
Loss & Damage कोषमा पहिलो निर्देशक नियुक्त
- नियुक्त निर्देशक : इब्राहिमा चेख डिओङ (सेनेगल)
- कार्यकाल : ४ बर्षको (२०२४ नोभेम्बर १ बाट सुरु)
- कोषको प्रधान कार्यालय : फिलिपिन्स
- यो कोष इजिप्टमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सन २०२२ (कोप २७) का दौरान ल्याइएको थियो
- यसमा विकसित देशले (ग्रिनहाउस ग्यास उत्सर्जनकर्ता) अन्य देश (न्यून ग्रिनहाउस ग्यास उत्सर्जनकर्ता) लाई जलवायु जन्य जोखिमको लागि रकम उपलब्ध गराउने अवधारणा रहेको छ
- दुबइ मा भएको कोप २८ को दौरान उक्त कोषमा ८०० मिलियन अमेरिकी डलर रकम विभिन्न देशले प्रतिवद्दता गरेका थिए
- निर्देशक नियुक्ती भए संगै उक्त कोषको रकम वितरण हुने अपेक्षा गरिएको छ
- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सन २०२४ (कोप २९) नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म अजरबैजानको बाकुमा आयोजना हुदैछ