Lesson : राष्ट्रिय समसामयिक
सुदूरपश्चिममा मनाइयो ओल्के पर्व
सुदूरपश्चिममा ओल्के पर्व मनाइएको छ
- कहिले ? : २०८० भदौ १
- यो पर्व भाद्र सङ्क्रान्तिका दिन मनाइने गरिन्छ
- ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर–छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौैँदेखि कायम छ ।