Lesson : राष्ट्रिय समसामयिक
नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ
- कहिले ? : २०७९ चैत्र २३
- चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
- ‘नेपाल डेभलपमेन्ट अपटेड (अप्रिल २०२३) : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भारोमेन्ट’ प्रतिवेदन मार्फत विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो
- आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रको पुनरारम्भ, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।
- एसियाली विकास बैंक (एडीबी) ले पनि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ