Lesson : दिवस र नाराहरु
निजामति सेवा दिवस २०८१
२१ औं निजामति सेवा दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ भाद्र २२
- हरेक बर्ष भाद्र २२ मा निजामति सेवा दिवस मनाउने गरिन्छ !
- २०८१ को नारा : व्यवसायिक र श्रिजनशील प्रशासन : विकास समृद्धि र सुशासन ( २०७८ देखि ५ बर्षको निजामति सेवा दिवसको नारा यहि तय गरिएको छ )
- निजामति सेवा दिवस २०६१ सालदेखि मनाउन थालिएको हो
- २०१३ भदौ २२ मा पहिलोपल्ट निजामति सेवा ऐन जारि भएको दिनको सम्झनामा हरेक बर्षको भाद्र २२ मा यो दिवस मनाउने गरिन्छ !
- दिवसको अवसर पारेर १० जना कर्मचारीलाइ उत्कृस्ट निजामति सेवा पुरस्कार र ३० जनालाइ निजामति सेवा पुरस्कार प्रदान गरिएको थियो ,
- सर्वोकृष्ठ निजामति सेवा पुरस्कार भने कसैलाई वितरण गरिएन।
- पुरस्कार राशि :
- सर्वोत्कृष्ट निजामति पुरस्कार : २ लाख
- उत्कृस्ट निजामति सेवा पुरस्कार १ लाख
- निजामति सेवा पुरस्कार : ५० हजार