Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२
- कहिले ? ः १८ डिसेम्बर २०२२ (२०७९ पुष ३ गते)
- नारा :
राष्ट्रिय ः ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान – उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान
अन्तराष्ट्रिय ः Integrating migrants into primary health care - सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
- नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहेको छ ।
- आर्थिक वर्ष २०६५÷६६ देखि २०७८÷७९ सम्म झण्डै ६० लाखले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् ।
- वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७८÷७९ सम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९ सय ३२ जनाको रोजगारीकै क्रममा ज्यान गएको छ
- दुई हजार १ सय २५ जना गम्भीर बिरामी तथा अंगभंग भएर भएर स्वदेश फर्किएका छन् ।