Lesson : राष्ट्रिय समसामयिक
रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित
रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ
- निर्वाचित मिति : २०७९ फागुन २५
- सपथ तथा पदभार ग्रहण : २०७९ फागुन २९
- कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्
- प्राप्त मत : ३३,८०२
- प्रतिद्वन्दी : सुवासचन्द्र नेम्वाङ (१५,५१८ मत)
- वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि २०७९ फागुन २८ गते सकिएको छ
- पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ
- २००१ साल असोज २९ गते तनहुँको व्यसमा जम्मनुभएका पौडेल नेपाली कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुनुहुन्छ ।
राष्ट्रपति निर्वाचन :
- राष्ट्रपति निर्वाचनका मतदाता : सम्पूर्ण संघीय संसद र प्रदेश सभाका सदस्यहरु
- सङ्घीय सांसदको मतभार = ७९
- प्रदेश सभा सदस्यको मतभार = ४८