Lesson : राष्ट्रिय समसामयिक
नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक सम्पन्न
नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक सम्पन्न भएको छ
- कहिले ? : २०८० पुष १९
- कहाँ : काठमाडौँ, नेपाल
- नेपाली पक्षको नेतृत्व : परराष्ट्रमन्त्रि एनपी साउद
- भारतीय पक्षको नेतृत्व : विदेशमन्त्री एस जयशंकर
- छैठौ बैठक : २०७७ माघ २ मा नयाँ दिल्लीमा बसेको थियो
द्विपक्षबीच भएका सम्झौताहरु
- उच्च प्रभाव सामुदायिक विकास परियोजना : उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौता
- दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौता : यस सम्झौताअनुसार आउँदाे १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पाेरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
- मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौता : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यु स्पेस इन्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
- अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन : १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यु नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको