Lesson : खेलकुद
एसियन क्रसकन्ट्री च्याम्पियनसिप २०२३ : नेपाललाई पहिलो स्वर्ण
१६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ
- कहिले ? : २०७९ फागुन २३
- आयोजक : नेपाल, गोकर्ण फरेस्ट रिसोर्टमा
- च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गरेका ,
नेपाललाई पहिलोपटक स्वर्ण :
- स्वर्ण नित्ने खेलाडी : दीपक अधिकारी
- उनले जापानी धावकलाई उछिन्दै पुरुष सिनियरमा स्वर्ण जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाएका हुन् ।
- दिपक अधिकारी १९ औं दक्षिण एसियाली खेलकुद (साग २०१९) को कांस्य विजेता समेत हुन्
- एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सातौं संस्करण पनि २२ वर्षअघि नेपालले आयोजना गरेको थियो ।
- सन् २००१ मा भएको च्याम्पियनसिपमा महिला जुनियरको टिम स्पर्धामा नेपालले कांस्यपदक हात पारको थियो ।
- त्यसयता नेपालले एसियन क्रस कन्ट्रीमा यसैपाली पदक जितेको हो ।