Lesson : राष्ट्रिय समसामयिक
पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन
पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ
- कहिले ? : २०८० भदौ २६
- हृदयघातको कारण उहाँको ७१ बर्षको उमेरमा निधन भएको हो,
- उहा हाल नेकपा एमालेको उपाध्यक्ष र प्रतिनिधि सभाको सांसद (इलाम - २ बाट निर्वाचित) हुनुहुन्थ्यो
- उहाँ नेपालको संविधान जारी हुदा संविधान सभाका अध्यक्ष रहनुभएको थियो
जीवन र राजनीति :
- जन्म : २००९ साल फागुन २८, इलाम
- राष्ट्रियसभाको सदस्य निर्वाचित : २०४८ र २०५२
- २०५२ मा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री
- विसं २०५६ को संसदीय निर्वाचन जितेर सार्वजनिक लेखा समिति सभापति
- जनआन्दोलन विसं २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख
- विसं २०६४ र २०७० मा इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष
- चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत हुन् सफल