Lesson : राष्ट्रिय समसामयिक
लोकसेवा आयोगको ७३औँ वार्षिकोत्सव
लोकसेवा आयोगको ७३औँ वार्षिकोत्सव सम्पन्न भएको छ
- कहिले ? : २०८० असार १
- लोकसेवा आयोगको स्थापना : वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.)
- स्थापनाको उद्देश्य : निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने
- गठनसम्बन्धी व्यवस्था : नेपालको संविधानको भाग २३ को धारा २४२ को उपधारा (१)
- रहने पदाधिकारी : अध्यक्ष र अन्य चार सदस्य गरी ५ जना
लोकसेवा आयोगका केहि प्रमुख घटनाक्रम :
- २००८ असार १ : लोकसेवा आयोगको स्थापना
- २००८ भाद्र १८ : पहिलोपल्ट विज्ञापन प्रकाशन (६ वटा पदको लागि)
- २०१२ : पोस्ट ग्राजुयट / ग्राजुयट छनोट सुरु
- २०१६ : पहिलो बार्षिक प्रतिवेदन प्रकाशित
- २०१७ : लोकसेवा आयोग निलम्बन (१०१७ माघ २५ देखि २०१८ जेठ मसान्त सम्म)
- २०२३ : संगठित संस्थाको पदपूर्तिको जिम्मेवारी
- २०४७ : लोकसेवा आयोगको अधिकार क्षेत्र निजामति सेवामा मात्र सिमित
- २०६९ भदौ ७ : अप्टिकल मार्क रिडर (OMR) मार्फत वस्तुगत परीक्षाको उत्तरपुस्तिका परिक्षण
- २०७१ भदौ २३ : विद्युतीय प्रणालीबाट दरखास्त संकलन आरम्भ
- २०७२ पुष ६ : उत्तरपुस्तिकाको दोहोरो परिक्षण सुरु
- २०७३ : एसेस्मेन्ट सेन्टर मेथेडोलोजी (ACM) परिक्षण प्रविधिको सुरुवात
- २०७५ : In basket exercise को सुरुवात
- २०७९ असार ३१ : संघीय व्यवस्था बमोजिमको लोकसेवा आयोग ऐन २०७९ जारी